काठमाडौं । सुर्खेतस्थित प्रदेश अस्पताल देशभरकै उत्कृष्टमा छनोट भएको छ ।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा प्रदेश अस्पताल उत्कृष्ट छनोट भएको हो । निक साइमन इन्स्टिच्युटको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक महाशाखाले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी देशभरका प्रदेशस्तरीय अस्पतालको अध्ययन गरेको थियो ।सोही अध्ययन प्रतिवेदनका आधारमा प्रदेश अस्पतालले ७९ प्रतिशत अङ्कभार प्राप्त गरी देशभरकै उत्कृष्ट घोषित भएको हो ।

यता, प्रदेश अस्पतालमा आठ महिनाअघिको तुलनामा सेवाग्राहीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । हाल दैनिक अनुपातमा १ हजार बिरामीले सेवा लिइरहेका छन ।

अस्पतालको सेवा सञ्चालनका लागि ४४ जना विशेषज्ञ डाक्टरबाट १७ प्रकारका सेवा प्रदान भएको छ ।