काठमाडौं । बुद्ध पूर्णिमाको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् ।

 

भारतीय सरकारले जेठ दुईभन्दा अगाडि नै मोदीको नेपाल भ्रमणको योजना बनाइरहेको  भारतीय पत्रिका द हिन्दुले  जनाएको छ । हिन्दुका अनुसार सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ।

 

बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजना हुने समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावना रहेको छ। यस पटको भ्रमणमा द्विपक्षीय कुराकानी नहुने बताइएको छ । अहिले नेपाल र भारतीय अधिकारीहरु मोदीको भ्रमणको तयारी मिलाइरहेका छन् । सन् २०१८ को नेपाल भ्रमणमा समय अभावका कारण मोदी लुम्बिनी घुम्न पाएका थिएनन् ।

 

मोदी अहिले युरोप भ्रमणमा छन् । नेपाल भ्रमण पश्चात् उनी जापान जाने कार्यतालिका रहेको छ ।