श्रीमानको कुटपिटले श्रीमतीको हात भाँचियो

alt

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ९ कमलाबारीकी ३० वर्षीया कविता राई २९ वर्षीय पति अनिल राईको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । घटना वैशाख १५ गते बिहीबार दिउँसोको हो ।  उनको श्रीमानको कुटाइबाट दाहिने हात भाँचिएको छ । 

श्रीमान अनिलले  कवितालाई मादक पदार्थ सेवन गरेर बिहीबार आफ्नै घरमा श्रीमतीको हात भाँचिने गरी कुटपिट गरेको खुलेको छ । सामान्य घरायसी विवादका क्रममा कवितालाई अनिलले निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले बताए । पतिको कुटपिटले पत्नीको दाहिने हात भाँचिएको र अनुहारमा चोट लागेको छ । पीडितको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

श्रीमान् अनिल विरुद्ध कविताले वैशाख १५ गते बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एसपी अधिकारीले बताए । धनकुटा नगरपालिका वडा नं ९ स्थित कमलाबारी स्थायी घर भए पनि राई परिवार गुठिटार बसोबास गर्दै आएका थिए । घटना पछि  श्रीमती फारार भएको प्रहरीले जनाएको छ । कवितालाई अनिलले फलामको रडले हान्दा त्यसको प्रतिकार गर्दा उनको दायाँ हातको कुइनो खुस्किएर  टुक्रिएको छ । 

श्रीमानको कुटाइबाट गम्भीर घाइते राईको अप्रेसन गरी स्टील हाल्नु पर्ने अवस्था देखिएकोले जिल्ला अस्पताल धनकुटामा प्राथमिक उपचार पछि थप उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा पठाउने बताइएको छ । उनको धनकुटा जिल्लामा रहेको लैङ्गिक हिंसा निवारण तथा आपतकालीन उपचारका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मार्फत उपचारका लागि पहल गरिएको छ । 

उनलाई जिल्ला अस्पतालले थप उपचार गर्दा लाग्ने खर्च निःशुल्क गराइएको अधिकारकर्मी गीता अधिकारीले बताएकी छिन् । उनले घाइते कविताको थप उपचारका लागी कोशी अञ्चल अस्पतालमा समेत एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मार्फत गर्ने व्यवस्था मिलाइएको छ । साथमा नाबालक छोरा समेत रहेको कविताको यस अघि पनि श्रीमान् अनिलले बियरको बोतल प्रहार गरी अनुहारमा गहिरो चोट लागेको थियो  । 

 कविताले बच्चा चेपेर घरमा काम गरिरहेको अवस्थामा आफ्नै श्रीमानबाट हात भाँचिने गरी कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दर्ता गराएकी छन् । घटना पछि फरार रहेका राईको व्यापक खोजी भइरहेको प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताएका छन्। फरार रहेका राई चाँडै पक्राउ पर्ने उनले बताए ।

    झापामा लाखौं मूल्यका भारतीय सयपत्री फूल बरामद, स्वदेशी कृषकलाई राहत झापामा लाखौं मूल्यका भारतीय सयपत्री फूल बरामद, स्वदेशी कृषकलाई राहत

    इटहरी। भारतबाट नेपाल भित्रिएको लाखौं मूल्य बराबरको सयपत्री फूलको माला नेपाल ...

     स्वर्णिम साहित्य समाजद्वारा महाकवि देवकोटाको ११८ औँ जन्मजयन्ती भव्य रूपमा मनाइयो स्वर्णिम साहित्य समाजद्वारा महाकवि देवकोटाको ११८ औँ जन्मजयन्ती भव्य रूपमा मनाइयो

    इटहरी । स्वर्णिम साहित्य समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मज ...

    प्रथम टुटे देउराली कप–२०८३ सम्पन्न, डाफे मुनाल युथ क्लब मुसाङ्खेल बन्यो च्याम्पियन प्रथम टुटे देउराली कप–२०८३ सम्पन्न, डाफे मुनाल युथ क्लब मुसाङ्खेल बन्यो च्याम्पियन

    इटहरी । खेलकुद मार्फत एकता, सद्भाव र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]