सुनसरी,उदयपुर र धनकुटामा सञ्चार सामाग्री हस्तान्तरण

alt
सुनसरी/ प्रदेश एकका विभिन्न जिल्लामा विपद पूर्व तयारीका लागी आवश्यक सञ्चार सामाग्री हस्तान्तरण गरिएको छ ।
प्रदेश एक का मुख्य जोखिममा रहेका जिल्ला सुनसरी, उदयपुर र धनकुटामा जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र लाई जोखिम न्यूनिकरण तथा व्यवस्थापनका  लागी आवश्यक सामाग्री हस्तातरण गरेको हो । एशिया प्यासिफिक एलाइन्स फर डिजास्टर म्यानेजमेन्ट र राष्ट्रिय व्यवसायिक पहलको साझेदारितामा सम्भावित मुख्य क्षेत्रहरूमा भि एच एफ सेट, एच एफ सेट , भि एच एफ हान्डहेल्ड सेट, डिस्प्ले मनिटर , सोलार पि .भि प्यानल, ब्याट्री, सोलार हाइब्रिड, यु पि एस , प्रिन्टर, लागाएत इन्टरनेट सेवा र अपरेटिङ कम्प्युटर समेत प्रदान गरिएको थियो ।

नेपाल भौगोलिक हिसाबले विपदको उच्च जोखिममा पर्ने भएकाले विपदका बेला सूचना प्रवाह गर्न छिटो र प्रभावकारी हुन नसक्दा ठुलो जनधनको क्षेति बेहोेर्नु परेको हुनाले त्यो क्षतिबाट रोकथाम गर्न सामाग्री हस्तान्तरण गरिएको राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुश कुमार जोशीले बताउनु भएको छ ।

 त्यस्तैगरी प्रदेश न १ को आन्तरिक मामिला मन्त्रालयको प्रदेश विपद व्यबस्थापन समितिलाई समेत सञ्चार सामाग्री प्रदान गरिएको थियो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई विपद जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन सम्बन्धी सञ्चार सामाग्री प्रदान गरि विपदका बेलामा सूचना प्रणालीलाई व्यवस्थित बनाउन समेत सामाग्री हस्तान्तरण गरिएको थियो । प्रदेश एक का यि सम्भावित जोखिम जिल्लाहरूमा बर्षेनि ठुलो जन भनको क्षति हुने गरको छ यसको मुख्य कारण भनेको जिल्लामा आवश्यक विपद रोकथाम तथा नियन्त्रणका लागी सुरक्षा निकाय र सरोकार वाला निकाय विच आवश्यक सामाग्री नहुनु हो । यसरी सरकारी वा गैर सरकारी संस्थाबाट आवश्यक सामाग्री जिल्लामा आउनु विपद रोकथाम तथा व्यवस्थापनका सहयोग भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताउनु भएको छ ।

एशिया प्यासिफिक एलाइन्स फर डिजास्टर म्यानेजमेन्ट र राष्ट्रिय व्यवसायिक पहलले विगत लामो समयबाट बाढि पहिलो , भुकम्प, आगलागी जस्ता विपदका बेलामा कामहरू गदै आएको छ ।
278837251_1421757628255468_119801773192533551_n

278575780_1155075691974307_4164638578667626594_n
278837251_1421757628255468_119801773192533551_n

278612889_530297855272378_8777890296779935500_n

278734961_685291519405978_431706333789025691_n

278831227_1139263283533749_3198141351584091161_n
 278788740_320149840188401_8757632775043747843_n
278719489_1402405500201199_21869158309808100_n


    झापामा लाखौं मूल्यका भारतीय सयपत्री फूल बरामद, स्वदेशी कृषकलाई राहत झापामा लाखौं मूल्यका भारतीय सयपत्री फूल बरामद, स्वदेशी कृषकलाई राहत

    इटहरी। भारतबाट नेपाल भित्रिएको लाखौं मूल्य बराबरको सयपत्री फूलको माला नेपाल ...

     स्वर्णिम साहित्य समाजद्वारा महाकवि देवकोटाको ११८ औँ जन्मजयन्ती भव्य रूपमा मनाइयो स्वर्णिम साहित्य समाजद्वारा महाकवि देवकोटाको ११८ औँ जन्मजयन्ती भव्य रूपमा मनाइयो

    इटहरी । स्वर्णिम साहित्य समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मज ...

    प्रथम टुटे देउराली कप–२०८३ सम्पन्न, डाफे मुनाल युथ क्लब मुसाङ्खेल बन्यो च्याम्पियन प्रथम टुटे देउराली कप–२०८३ सम्पन्न, डाफे मुनाल युथ क्लब मुसाङ्खेल बन्यो च्याम्पियन

    इटहरी । खेलकुद मार्फत एकता, सद्भाव र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]