मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१२ का राजकुमार कामत र २० वर्षीय प्रविन मण्डल छन् ।मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार कामत र मण्डलले गत शनिबार साँझ ६ बजेतिर विराटनगर–९ मा पार्किङ गरेर राखेको को २० प ५०१० नम्बरको मोटरसाइकल चोरी गरेको खुलेको छ । 

चोरी भएको मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेकाविरुद्ध चोरी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।