इटहरी/ अभिनेता पल शाह प्रकरणमा पिडित भनिएकी गायिकाले आफ्नो बयान फेरेको खबर सार्बजनिक भएको छ । पिडक भनिएका शाह पुर्पक्षका लागि कारागारमा छन् ।पीडित गायिकाले तनहुँ जिल्ला अदालतमा बकपत्र दिने क्रममा बयान फेरेकी हुन् । अरुको उक्साहटमा लागेर जाहेरी दिन पुगेको भन्दै जाहेरीमा उल्लेखीत विवरणहरु सत्य नभएको कुरा बताईएको पिडितको तर्फबाट मुद्दा लडिरहेका एक कानुन ब्यवसायीको भनाई छ ।पल सत्य छन, सत्यको जित हुन्छ भन्दै पलको पक्षमा उभिएकी अभिनेत्री पुजा शर्माले पनि यसै बिषयलाई लक्षित गर्दै ‘थ्यान्कु गड’ भन्दै भगवानलाई धन्यवाद दिएको स्ट्याटस सामाजिक संजालमा पोस्ट्याएकी छन् । यस्तै पिडितकि बुवाले समेत बयान फेरेका छन् । बयानमा उनका पिताले अरुको प्रभाव र दबाबमा परेर उजुरी दिएको भनेको खबर सार्बजनिक भएको छ ।