मोरङ । कोरोना कहरका कारण लामो समय सम्म सञ्चालन हुन नसकेर समस्या झेलेका पुर्वी नेपालका पयर्टन व्यवसायीहरु बैंकहरुबाट ऋण नपाउदा थप सेवा सहित सौन्दर्यकरण गर्न कठिनाई भई रहेको गुनासो गर्दछन ।

     लामो समयपछि पयर्टकीय क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरुको चहलपहल बढ्न थालेपनि पयर्टकहरुलाई अझ आकर्षित गर्न थप सेवा र सौन्दर्यकरण गर्नका लागि बैंकहरुले ऋण दिन नसक्दा समस्यामा परेको पयर्टन व्यवसायीहरुले गुनासो गर्न थालेका हुन ।

    केही समय यता देखि बैंकहरुले ऋण दिन छोडेकाले पयर्टकहरुका लागि थप सेवा सुविधा वढाउने योजना पुरा गर्न नसकिएको मोरङको लेटाङ ६ मा रहेको लेटाङ भ्यु टावरकी सञ्चालिका मिना श्रेष्ठ लिम्बु वताउछिन । लेटाङ नगरपालिकाको वडा नम्बर ६मा पर्ने गुवावारीको डाँडामा नीजि लगानीमा लिम्बु परिवारले होटल सहित भ्यु टावर सञ्चालन गर्दै आएका छन ।चिसो हावासंगै भ्यु टावरबाट लेटाङ तथा तराई क्षेत्रको दृष्यावलोकन समेत गर्न सकिने भएका कारण आन्तरिक पर्यटकहरुको आकर्षण दिन प्रतिदिन वढी रहेको छ ।

    भ्यु टावरबाट दृष्यावलोकनका लागि झापाबाट आएका आन्तरिक पयर्टक बाल उद्यान सहितका अन्य सामाग्रीहरु समेत थप्नु पर्ने सुझाव दिन्छन । त्यसै गरी इटहरीबाट आएकी रञ्जना पौडेल पनि भ्यु टावरले आन्तरिक तथा वाह्य पयर्टकहरुलाई आकर्षित गरिरहेपनि चिल्डे«न पार्क लगायतका अन्य आकर्षण थप गरिए अझ पयर्टकहरुलाई आकर्षित गर्न सकिने वताउछिन ।यता भ्यु टावरकी सञ्चालिका लिम्बु भने कोरोना कहरपछि केही मात्रमा पयर्टकीय गतिविधि बढेपनि थप सेवा सुविधा वढाउन बैकले ऋण नदिएका कारण गर्न नसकिरहेको वताउछिन । उनी बैकले ऋण दिए अझ भ्यु टावर क्षेत्रलाई आकर्षक वनाउने योजना रहेको समेत सुनाउछिन ।

 पुर्वी नेपालका केही वर्ष यता देखि आन्तरिक तथा वाह्य पयर्टकहरुलाई आकर्षित गर्न विभिन्न किसिमका पार्कहरु सञ्चालन गर्ने क्रम बढी रहेका छन ।