मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका ६ जुलबी चोकका ३५ वर्षीय मणिकुमार तामाङलाई छिमेकी हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कुटपिट गरेर स्थानीय ४० वर्षीय मानबहादुर तामाङको हत्या गरेको आरोपमा मणिकुमारलाई पक्राउ गरिएको हो ।जग्गाको विषयमा आफ्ना बुवा ६४ वर्षीय देवीप्रसाद तामाङसँग झगडा गरेको भन्दै मणिकुमारले चिर्पट दाउराले टाउकोमा हानेर मानबहादुरलाई घाइते बनाएको डीएसपी श्रेष्ठले बताए ।
मानबहादुरलाई गत चैत ३० गते राति ९ बजेतिर कुटपिट गरेको प्रहरीले जनाएको छ । उपचारको क्रममा मानबहादुरको विराटनगरको न्यूरो अस्पतालमा शुक्रबार मृत्यु भएको हो । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने भएको छ ।
मणिकुमारलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।


