रगत अभाव भएकै कारण कसैले ज्यान गुमाउन नपरोस भनि नेपाली काग्रेंस इटहरी वडा नम्वर २ ले शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रम इटहरी २ को देबीथान चौकमा नेपाली काग्रेंस २ नम्बर वडाका कार्यबाहक सभापतीको अध्यक्षतामा भएको थियो । नेपाल रेडक्रस सोसाइटि धरानको सम्वन्यमा भएको कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको नेपाली काग्रेंस २ नम्वर वडा समिती सचिब निराजन पाण्डेले जानकारी दिनुभयो । ३०० जनाको सहभागीतामा भएको कार्यक्रममा १ सय ५८ जनाले रगत जाँच गराएका थिए । रक्तदान कार्यक्रममा नेपाली काग्रेंस इटहरी वडा नम्वर २ का पुर्व सभापती पुष्प बहादुर गुरुङ, टंक थापा, केशव मगर, वर्तमान सभापती जितेन्द्र घिमिरे, नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, २ नम्वर वडाका समितीहरु, टोल समिती, साथै विभिन्न वडाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।


