बिपद र जोखिम न्युनिकरणका सन्दर्भमा इटहरीमा अभिमुखिकरण तालिम सम्पन्न भएको छ । सुनसरीमा हुने सम्भाबित जोखिम र त्यसको क्षतिबाट बच्नका लगी सुनसरीका १२ वटै स्थानिय तहका युवाहरुको सहभागीतामा अभिमुखिकण तालिम सम्पन्न भएको हो । येवा बिकास केन्द्र इटहरी को आयोजना र एसिया प्यासेफिक लायन्स फर डिजस्टर म्यानेजमेन्टको सहकार्यमा भएको कार्यक्रममा सुनसरीमा रहृका सबै स्थानिय तहका युवाहरूको सहभागितामा सम्पन्न भएको कार्यत्रममा बिपद जोखिम तथा न्यनिकरण तथा प्रतिकार्य सम्बन्धि स्वयमसेवक अभिमुखि कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रशिक्षकमा सोनू जयन्ति , अतिथ गुरागाई , निराजन खड्का र संञ्जय चौधरीले बिपदका बेलामा आफु र आफ्नो समाज लाई जोखिम बाट कसरी बचाउने र क्षति न्युनिकरण कसरी गर्ने भन्ने सन्दर्भमा तालिम दिनुभएको थियो । 278035266_640936360302421_6830355897123333357_n

कार्यक्रममा एक जनाले भन्दा पनि जोखिम न्युनिकरण गर्न समूह निर्माण गरि काम गरेमा मात्र जोखिम न्युनिकरण हुने युवा विकास केन्द्रका अध्यक्ष निराजन खड्काले बताउनु भएको छ । 

कार्यत्रममा सहभागिहरूले बिपदका बेलामा हामी कसरी काम गर्ने भन्ने कुरा अन्यवलमा भएको र यो कार्यक्रमबाट जोखिम न्युनिकरण गर्ने कुरामा धेरै ज्ञान भएको बताएका छन् ।