मोरङको सुन्दरहरैचा नगरपालिका वडा न ४ मा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था सेवा केन्द्र बलियाको वार्षिक उत्सव सम्पन्न भएको छ । सुन्दरहरैचा नगरपालिकमा रहेर सहकारीका क्षेत्रमा काम गर्दै आएको साहारा नेपालले २७ औ स्थापना दिवसको अवसरमा सदस्यहरुलाई सम्मान समेत गरेको थियो । यस सहकारीले स्थापना दिवसको अवसरमा तिन जना महिला सदस्यहरुलाई सम्मान गर्नुका साथै मृतक परिवारलाई ५ लाख ५० हजार बराबरको ऋण समेत मिनाहा गरिएको सेवा केन्द्र बलिया कार्यलय प्रमुख शान्ता काफ्लेले जानकारी दिनु भएको छ । साथै काफ्लेले यस सस्थाले गरेको आर्थिक कारोवारका विषयमा समेत जानकारी दिनु भएको थियो । कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा न ४ का अध्यक्ष शैलन्द्र श्रेष्ठको प्रमुख अतिथियता रहेको थियो भने निरा गुरुङले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो ।IMG-20220404-WA0005