इटहरी / इटहरीमा स्कुल बसले पैदलयात्रुलाइ ठक्कर दिदाँ एक महिलाकाे घटनास्थलमै मृत्यू भएकाे छ । इटहरी उपमहानगरपालिका ५ मा रहेकाे बेबिलाेन बाेडिङ स्कुलकाे काे १ क १८६६ बसले अन्दाजी ३५, ४० बर्षकाे महिलालाइ इटहरी १८ कान्छिचाेक चतरा सडकखण्ड नयाँटाेलमा ठक्कर दिँदा महिलाकाे घटनास्थलमै मृत्यू भएकाे इलाका प्रहरी कार्यालय पकलीले बताएकाे छ । महिलाकाे सनाखत हुन वाँकी रहेकाे तथा बस र सबारीचालक दुबै प्रहरी नियन्त्रणमा रेहेकाे इलाका प्रहरी कार्यालयका प्रहरी असही सुबास खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेकाे र शव पाेस्टमाटर्मका लागगी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरिएकाे खड्काले बताएका छन् । घटनाबारे थप बिवरण प्राप्त हुन वाँकी रहेकाे छ ।

साभार : पुर्वेली न्यूज