इटहरी । इटहरी नमुना कलेजले आज १६ औं विश्व सामाजिक कार्य दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कलेजको समाज कार्य विभागले सुनसरी रेडक्रस सोसाइटीसँगको समन्वयनमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

275749693_1095766584335693_4503880718028473008_n

 आज कलेज परिसरमा आयोजित कार्यक्रममा शिक्षक र विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको सहभागिताबाट ६० पिन्ट रगत संकलन गरिए ६० पिन्ट रगत संकलन गरिएको समाज कार्य विभागका प्रमुख शैलेन्द्र राईले जानकारी दिनुभयो । साथै उहाँले मार्च महिना सामाजिक कार्यकर्ताहरुका लागि विशेष रहेको र विगतदेखि नै कलेजले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनु भयो । कार्यक्रमले विद्यार्थीबीच आपसी सहकार्य र उनीहरुको नेतृत्व विकासमा समेत सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।आगामी योजनाबारे जानकारी दिँदै समाज कार्य विभागका कोअर्डिनेटर निराजन पाण्डेले मार्च महिनामै समाज कार्य अध्ययनरत विद्यार्थीहरुको सक्रिय सहभागितामा अन्य सामाजिक कामहरु समेत गर्दै यस दिवसलाई सार्थकता दिइने बताउनु भयो । पूर्वमै पहिलोपटक समाज कार्य विषय अध्यापन गराउन सुरु गरेको यस कलेजले आफ्नो स्थापना कालदेखि नै विभिन्न क्षेत्रमा सामाजिक कामहरु गर्दै आएको छ ।

 “सबैलाई समेटौँ : नवीन पर्यावरणीय सामाजिक विश्वको सहनिर्माण गरौँ” भन्ने अन्तराष्ट्रिय नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाइदैछ ।275678282_246742654249817_5710975325521726273_n-300x169