सुनसरी मोरङ झापा मात्र नभएर प्रदेश १ कै विभिन्न सहरबाट असाहाय बृद्धहरुलाई सुनसरीको इटहरीमा भएको माया घर नेपालमा ल्याउने गरिन्छ । यहाँ रहेका बृद्ध बृद्धा र वालवालिकाहरुलाई दैनिक रुपमा आवश्यक पर्ने खाध्यन्न तथा लत्ता कपडाहरु विभिन्न संघ सस्थाको सहयोगबाट ल्याउने गरिन्छ । जन्म दिनको उत्सव र पितृहरूको स्मरणमा प्राप्त अन्नबाट अहिले माया घरमा आश्रितहरूको जीवनयापन चलिरहेको छ । त्यसबाट अपुग पैसा समितिले अन्य दाताको सहयोग र ऋण काढेरै व्यवस्था गर्दै आएको छ । दैनिक रूपमा मानसिक रोगको औषधि खुवाउनु पर्ने आश्रितको सङ्ख्या पनि झण्डै दुई दर्जनको हाराहारीमा रहेको संस्थाले जनाएको छ ।  यसै अवसरमा माया घर नेपालमा जन्म दिनको अवसरमा सामुहिक भोजन गराइएको छ । माया घर नेपालमा रहेका करिव एक सयलाई सुन्दरहरैचा ७ बस्ने आयान उप्रेतीको जन्म दिनको अवसरमा सामुहिक रुपमा खाना खुवाइएको थियो । स्थापित भइसकेको माया घर नेपालमा सिन्धुलीदेखि ताप्लेजुङसम्मका हिंसा पीडित तथा मानसिक रोगी प्रहरीले पठाइदिने गरेको छ । पूर्वाधारमा लायन्स क्लबदेखि स्थानीय तथा सरकारसँग समन्वय गरेर स्थापित भइरहेका छन् ।