सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा नेपाल खेलकुद महासंघको नगर कमिटी गठन गरिएको छ । स्थानीय एकता युवा क्लवका अध्यक्ष विक्रम साम्पाङको अध्यक्षतामा ३६ सदस्यीय नगर कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा प्रशान्त राई, सचिवमा सुरज प्रधान, उपसचिवमा राजन थापामगर र आषिश वन चयन हुनु भएको छ ।
यसैगरि सदस्यहरुमा चन्द्र लिम्बू, भीम लिम्बू, विवेश गुरुङ, इव्राहिम मियाँ, दिवस थापा, नरुस आलम, निश्चल सिग्देल, सुरज राई, रविन राजधामी, विजय राई, उमेश आलेमगर, सौरभ कार्की, कुसल राई, राजिव कुमार खवास, सन्तोष चौधरी, काजीहाङ लिम्बू, विनय राई, सुजन चौधरी, आशिष चौधरी, मनाङ लिम्बू, कमल धिमाल, नरेन राई, विवेक राई, जयनारायण चौधरी, कमल गुरुङ, भरत सरदार, मुकेश चौधरी, सिर्जन राई र हस्तवबहादुर लिम्बू रहेका छन् ।
नेकपा एमालेको जनवर्गिय संगठनको रुपमा रहेको नेपाल खेलकुद संघको सुन्दरहरैंचामा पहिलो पटक नगर कमिटी गठन गरिएको नवनिर्वाचित अध्यक्ष विक्रम साम्पाङले जानकारी दिनुभयो । नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा नेकपा एमाले मोरङका जिल्ला कमिटी सदस्य सन्तोष वान्तवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सन्तोषि श्रेष्ठ, सितल राय, मोरङ जिल्ला अध्यक्ष सुरज श्रेष्ठ, नेकपा एमाले मोरङका जिल्ला कमिटी सदस्य भक्तकिरण राई, रोशन प्रसाद ढकाल, नेकपा एमाले सुन्दरहरैंचाका अध्यक्ष मातृका प्रसाद ढकाल, उपसचिव डिल्लीप्रसाद ढकाल, राष्ट्रिय युवा संघ सुन्दरहरैंचाका अध्यक्ष जयप्रकाश रायमाझी, सचिव आनन्द बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
यस्तै नेपाल खेलकुद महासंघ जिल्ला सचिव विरोज मगर, सदस्य कृष्ण गुप्ता, विराटनगर महानगर कमिटी सदस्य अभिशेक शाह, डोरितानका नगर कमिटी अध्यक्ष केशव वास्तोला लगायतको पनि उपस्थिति रहेको थियो । नवनिर्वाचित कमिटीले अब चाँडै पहिलो बैठक बसि नगरको खेलकुदको विकासका लागि कार्ययोजना बनाएर अघि बढ्ने बताइएको छ ।



