लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ स्थित जनसेवा युव क्लवको नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार भएको तेश्रो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनले अस्मिता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । अधिवेशनले समितिको उपाध्यक्षमा सन्देश राई, सचिवमा प्रनिका राई, सहसचिवमा चाहाना राई र कोषध्यक्षमा दुर्गा घिमिरेलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा मेरिका श्रेष्ठ, सौराज श्रेष्ठ, करिना तामाङ, सञ्जिव राई, निशान राई र कपिल नेपालीलाई चयन गरेको छ ।
सोही अवसरमा क्लवले गत वर्षको एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने क्लवमा आवद्ध २ जना सदस्यलाई सम्मान समेत गरेको छ । छात्रातर्फ प्रनिका राई र छात्रतर्फ स्वागत आचार्यलाई कार्यक्रमकी प्रमुख अतिथि लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौलाले सम्मानपत्र सहति सम्मान गर्नुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख निरौलाले संस्थाको विकासका लागि नगरपालिकाको तर्फबाट २ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । उहाँले क्लवहरुमा संलग्न भएमा युवायुवातीहरुमा सामाजिक भावनाको विकास हुनुका साथै व्यक्तित्व विकासमा समेत मद्दत पुग्ने बताउनुभयो । उहाँले यस क्लवले अघिल्ला वर्षहरुमा समेत उदाहरणिय काम गर्दै आएको भन्दै नगरपालिकाले थप सहयोग उपलब्ध गराउँदै जाने प्रतिवद्धता पनि जनाउनुभयो । कार्यक्रममा लेटाङ ५ का वडासदस्य रामप्रसाद ज्ञावा, त्रिवेणी सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष उदय पौडेल लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।


