सुनसरीको रामधुनी मन्दिर क्षेत्रमा बाहिरबाट ल्याएर छाडिएका बाँदरका कारण अहिले रामधुनी मन्दिर अस्तव्यस्त छ । मन्दिर क्षेत्रमा रहेका पुराना बादरको समूह र नयाँ आएका बादरका समूहबिच झडप हुन थालेपछि मन्दिर क्षेत्रमा यस्तो अवस्था आएको हो ।
रामधुनी नगरपालिकाको ४ नं. वडामा पर्ने यो धार्मिक स्थल त्रेतायुगमा रामचन्द्रले बासबस्दा बालेको धुनी निरन्तर आजसम्म जलिरहेको अचम्मलाग्दो किम्बदन्तीमा आधारित यो स्थान नेपालकै प्रशिद्ध तीर्थस्थल मानिन्छ ।
प्रशिद्ध तीर्थस्थलसगै यसको अर्को रोचक पक्ष हो यहाँ रहेका बादर हेर्न आउने पर्यटकहरु । मन्दिर स्थापना भएपछि मन्दिरमा चढाइने फलफुल, सतबिज जस्ता खाने कुराहरु प्रसस्त पाइन थालेपछि बादरहरुको वथाननै यहाँ बस्न थालेको बताइन्छ । त्यस अलावा यो जंगल भित्र लिचि, आप जस्ता फलहरु समेत पाइने गरेका कारण यहाँ बादरको बथानले, स्थाइ बसोबास गर्न थालेको जानकारहरु बताउछन् ।
तर अहिले रामधुनीको जंगलमा अन्य क्षेत्रबाट ल्याएर छाडिएका बादरका कारण बादरहरु बिच हुने झगडाका घटना बढेका छन् भने मन्दिर दर्शन गर्न आउने धर्मोलम्बीहरुमाथि आक्रमण हुन थालेको छ ।
पछिल्लो दुई बर्ष भित्र रामधुनी मन्दिर आसपासको जंगलमा ट्रकमा लोड गरि ल्याइएका बादरहरु छाड्ने क्रम बढेपछि यहाँ बादरहरुको संख्या ह्वातै बढेको छ । जसको परिणाम बादरहरुबिच द्धन्द बढेको छ भने मानिषहरुमाथि लुटपाट हुनेदेखि आक्रमण भएका घटनाहरु बाहिर आउन थालेका छन् ।
रामधुनी मन्दिरमा आउने धर्मोलम्बीहरुमाथि बादरको टोकाइबाट धेरै जना घाइते भएका छन् । बादरको टोकाइले मानिषमा कुकुरको भन्दा बढी रेविजको मात्रा फैलाउने गर्दछ ।
अहिले रामधुनी मन्दिर क्षेत्रको जंगलमा दुई प्रजातीको बादरहरु रहेको अनुमान गरिएको छ । एक खैरो रंङको सानो प्रजातिको बादर जो पहिले देखिनै मन्दिर आसपास थिए भने अहिले ३ देखि ४ फिट सम्मका अग्ला काला बादरहरु देखिन थालेको स्थानियहरु बताउछन् । नयाँ प्रजातिका बादरहरुले बाटोमा हिड्ने स्थानियहरुमाथि झुण्ड बनाएर आक्रमण गर्ने गरेको अवस्था छ ।
यता बादरकै कारण रामधुनी मन्दिर आसपास चिया नास्ता पसल सञ्चालन गर्ने व्यवसायीहरु समेत बादरको कारण आजित बन्दै आएका छन् । पसलमा आउने ग्राहकमाथि बादरले आक्रमण गर्ने, खाने कुराहरु चोर्ने र खानेकुराहरुमा जुठो लगाउने व्यवसायीको दुखेसो छ ।
अर्को तर्फ रामधुनी मन्दिरमा रहेका बादरलाई हेर्नकै लागि पर्यटकहरु आउने गरेका छन् । जंगलको बिच भागमा पर्ने मन्दिरमा आएर पर्यटकहरु बादरसँग रमाउने गरेका छन् ।
अहिले रामधुनी मन्दिर क्षेत्रमा बादरहरुको संख्या बढेको अवस्था छ । अन्य क्षेत्रबाट ल्याएर छाडिएका बादरको यकिन तथ्याङ छैन । यसले यहाँको धार्मिक स्थलको पहिचान त बढाएकै छ तर बादरलाई आबश्यक खानेकुराहरु पर्याप्त नहुदा यहाँका बादरहरुले बष्ती आसपासका खेतहरुमा लगाएका अन्न बाली नष्ट गर्न थालेका छन् ।
रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिले पनि बादरको व्यवस्थापन गर्ने योजना नबनाउदा अहिले यस मन्दिर क्षेत्र अस्तव्यस्त बनिरहेको छ । तसर्थ, मन्दिर समितिले बादरको उचित संरक्षण गदै बादरबाट हुने जोखिम न्यूनिकरण गर्न तर्फ ध्यान दिन जरुरी देखिन्छ ।।


