बिराटनगर, नेपाल राष्ट्र बैङ्क कर्मचारी संघद्वारा  प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । खेलकुदलाई विषेश प्रथामिक्ता दिदै अन्तर बैक ब्याडमिन्टन हुन लागेको हो । विराटनगर रोडशेष स्थित बिराट ब्याडमिन्टन क्लबको कभर्ड हलमा  संचालन हुने छ ।कोरोनाको समयमा खेल क्षेत्र सुस्ताएको अवस्थामा खेल क्षेत्रलाई उजागर गर्न समत यो खेल आयोजना गरेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई नगद पुरस्कार र ट्रफीको ब्यबस्था छ । उक्त खेल प्रतियोगिता २०७८ पुष १६ र १७ गते दुई दिन सम्म सञ्चालन हुनेछ।

269089538_626830525431750_8162188252146505641_n