लेटाङमा १० शैय्याको आधारभुत अस्पताल शिलान्यास " निकै प्रयासका बाबजुद अस्पताल निर्माण सुरु भएकोले समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह : लेटाङ नगरपालिकाका प्रमुख शंकर राई"

alt


    लेटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एकैपटक देशभरका ३९६ स्थानीय तहमा निर्माण गर्ने भनि घोषणा गरिएका अस्पतालमध्ये शनिबार मोरङको लेटाङ नगरपालिकामा पनि आधारभुत अस्पताल शिलान्यास गरिएको छ । शनिबार लेटाङ नगरपालिकाद्वारा आयोजित एक कार्यक्रमका बीच मोरङ क्षेत्र नम्बर १ का सांसद् घनश्याम खतिवडाले अस्पतालको शिलान्यास गर्नुभयो । धेरै स्थानीय तहमा गत आर्थिक वर्षमा नै अस्पताल निर्माण शुरु भएपनि लेटाङ नगरपालिकामा अस्पतालका लागि आवश्यक जग्गा व्यवस्थापन हुन नसक्दा केही ढिलो हुन पुगको सांसद् खतिवडाले जानकारी दिनुभयो । ढीलै भएपनि सबैको प्रयत्नमा अस्पताल निर्माण सुरु भएको भन्दै उहाँले यसबाट लेटाङ मात्र नभइ सिंगो उत्तरी मोरङका जनता लाभान्वित हुने बताउनुभयो ।

    यस्तै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले निकै प्रयासका बाबजुद अस्पताल निर्माण सुरु भएको भन्दै समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । उहाँले यसका साथै नगरपालिकाको पहलमा विभिन्न विकास निर्माणका काम अघि बढेको समेत जानकारी दिनुभयो । यस्तै उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङ नगरमै सुविधा सम्पन्न अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिदिएकोमा तत्कालिन संघीय सरकारलाई धन्यवाद दिंदै समयमै निर्माण सम्पन्न गर्नेतर्फ नगरपालिका लागि पर्ने बताउनुभयो । ९ करोड ९९ लाख ३६ हजारको लागत रहेको अस्पताल आगमी वर्षको फागुन मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्यूतप्रसाद दाहालले जानकारी दिनुभयो । १० शैय्याको अस्पतालमा सुविधा सम्पन्न ल्याव, चमेना गृह तथा पोर्टमार्टमको समेत सुविधा रहने उहाँले जानकारी दिनुभयो । लेटाङ नगरपालिका वडा नम्बर ५ मा रहेको ऐलेनी जग्गामा बन्न लागेको अस्पतालको ठेक्का प्रेररा एच एम कन्ट्रक्सन जेभी ललितपुरले पारेको छ ।

    अघिल्लो सरकारले एकैपटक देशभरका विभिन्न स्थानीय तहमा नगर अस्पताल बनाउने भनि घोषणा गरे बमोजिम लेटाङ नगरपालिकामा पनि नगर अस्पताल निर्माणका लागि शिलान्यास गरिएको हो । त्यसबेला सरकारले अस्पताल निर्माणको घोषणा मात्रै गर्ने तर काम नगर्ने भन्दै आलोचना भएकोमा यतिबेल अधिकांश स्थानीय तहमा अस्पताल निर्माणको काम निकै अघि बढिसकेको छ । लेटाङ नगरपालिकामा भने जग्गा व्यवस्थापनमा ढिलाइ हुँदा एकवर्ष पछि मात्र शिलान्यास भएको हो ।

    घाइते राष्ट्रिय खेलाडी आशिष राई थाइल्याण्डको अस्पतालबाट गुहार्दै– ‘अप्ठ्यारोमा देशले बिर्सिने हो?’ घाइते राष्ट्रिय खेलाडी आशिष राई थाइल्याण्डको अस्पतालबाट गुहार्दै– ‘अप्ठ्यारोमा देशले बिर्सिने हो?’

    इटहरी । नेपाल यू–२३ राष्ट्रिय टोलीका प्रतिभावान फुटबल खेलाडी इटहरी–२ शान्ति ...

     चैते सामुदायिक वनको आमभेलाबाट महत्वपूर्ण निर्णय ः कारखाना उपभोक्ताकै जिम्मामा, केबलकार निर्माणमा सहमति चैते सामुदायिक वनको आमभेलाबाट महत्वपूर्ण निर्णय ः कारखाना उपभोक्ताकै जिम्मामा, केबलकार निर्माणमा सहमति

    इटहरी । चैते सामुदायिक वन उपभोक्ता समूहको आम भेला आज लालिगुराँस नगरपालिका–१ ...

    इटहरीमा फिसिङ टुर्नामेन्ट, सञ्चालनको तयारीमा हुकट एन्ड कुक्ड फिसिङ पार्क एन्ड बीबीक्यू इटहरीमा फिसिङ टुर्नामेन्ट, सञ्चालनको तयारीमा हुकट एन्ड कुक्ड फिसिङ पार्क एन्ड बीबीक्यू

    इटहरी । इटहरी उपमहानगरपालिका–२ स्थित हुकट एन्ड कुक्ड फिसिङ पार्क एन्ड बीबीक ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]