सुबास घिमिरे। इटहरी /सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेलामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष भृकुटि मण्डप, काठमाडौंको आयोजना, नेपाल निजामती कर्मचारी संगठन र ग्रामिण महिला उत्सुक्ता विकास मञ्च फर्वाड सुनसरीको समन्वयमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको हो । शुक्रबार इनरुवा नगरपालिका ७ को हरी आधारभुत विद्यालयको प्राङ्गणमा भएको निःशुल्क स्वास्थ्य जाँच शिविरमा २४० बढीलाई सेवा दिएको आयोजकले जनाएको छ । शिविरको उद्घाटन गर्नुहुदै पूर्व मन्त्री तथा संघीय सासद प्रतिनिधि सभा सदस्य भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा समाज कल्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महंगो मानिन्छ । साथै, यो औषधी सहज उपलब्ध हुन कठिन छ । अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ । पक्षघातबाट हरेक वर्ष झण्डै आठ सयजनाले ज्यान गुमाइरहेको सरकारी तथ्यांक छ । रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ । थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा स
कहिलेकाहीं दाँत दुख्नु साधारण समस्या हो तर कुनै बेला यसको दुखाइ असह्य हुन्छ । दाँत दुख्दा कतिपय अवस्थामा अनुहार सुन्निने, टाउको दुख्ने लगायत समस्या पनि निम्तिने गर्छ । साधारणतया अत्यधिक तातो, चिसो तथा दाँतमा टाँसिने खानेकुरा खाँदा, दाँत नमाझ्दा, ब्याक्टेरियल संक्रमण हुँदा वा दाँतको जरा कमजोर हुँदा दाँत दुख्ने गर्छ । कहिलेकाहीं दाँत दुख्दा अस्पताल पुगिहाल्ने अवस्था पनि सम्भव नहुन सक्छ । यस्तोमा केही घरेलु उपाय अपनाएर दाँत दुखाइबाट आराम पाउन सकिन्छ ।नुनपानीले कुल्ला गर्नेमुखमा हुने हानिकारक ब्याक्टेरिया हटाउन मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्न सकिन्छ । यसले मौखिक स्वच्छता कायम राख्छ र दाँ
मोरङ । सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती पुलनजिकै चारवटा सिलिन्डर बम फेला परेको छ ।बम रहेको खबर सार्वजनिक भएपछि नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा परिचालित भएको थियो । खोजतलासका क्रममा मालती पुलबाट करिब १० मिटर पश्चिमतर्फ सुरुङभित्र गाडिएको अवस्थामा बिहीबार दिउँसो ती बम फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार, ती बम माओवादी द्वन्द्वकालमै राखिएको आशंका गरिएको छ । बमको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घटनास्थल आसपास करिब दुई किलोमिटर क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । स्थानीय प्रशासनले बमका कारण राजमार्ग विस्तार कार्यमा चुनौती देखा परेप
मोरङ | घृत कौशिक गोत्र सुतार कार्की कुल पुजा समाज इटहरी सुनसरी द्वारा कुल पूजा भवनको शिलान्यास गरिएको छ । सोमबार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७, ठडिया स्थित ८ सय वर्ग फिट क्षेत्रमा निर्माण गरिने भवनको शिलान्यास संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार कृष्ण बहादुर कार्कीले गर्नुभएको हो । संस्थापक कार्कीले आफ्ना बुबा आमा देवीप्रसाद र ललिता कार्कीका नाममा उक्त भवन निर्माण गर्ने हुनु भएको छ । शिलान्यास कार्यक्रममा समाजका अध्यक्ष दिपक कार्कीले भवन निर्माणको उद्देश्यबारे जानकारी गराउँदै यसले परम्परागत मूल्य, धार्मिक सम्पदा, र सामुदायिक एकतालाई सुदृढ बनाउने बताउनुभयो । उहाँका अनुसार यो भवन
इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ ले शनिवार आपगाछिदेखि हलगडासम्मको क्षेत्रलाई फोहोर मुक्त बनाउन बृहत् सरसफाइ गरेको छ ।यो अभियानले स्थानीय समुदायको सहभागितामा क्षेत्रको सौन्दर्य बढाउनुका साथै सफा र हराभरा इटहरी बनाउने लक्ष्य राखेको छ । इटहरी वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश)को नेतृत्वमा कार्यक्रममा कोशी राजमार्गको इटहरीको आपगाछि देखि हलगडा सम्म इटहरी युथ ओपन क्यु, विभिन्न संघसंस्था, आमा समूह, युथ क्लब र स्थानीय टोलवासीहरूको उल्लेखनीय योगदानमा सरसफाइ गरिएको थियो । आगामी दिनमा पनि सरसफाइ कार्यक्रम निरन्तरता हुन आवश्यक रहेको इटहरी युथ ओपन क्यु की स्काउटर मास्टर पुष्पा क
भोजपुर | नेपाल तरुण दल अरुण गाउँ कार्यसमितिको आयोजनामा यहीँ २४ देखि २६ गतेसम्म अरुण गाउँपालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ।नेपाल तरुण दलका सभापति ललित कुमार राईका अनुसार, फुटबल प्रतियोगितामा पहिलो पुरस्कार रु. ५०,०००, शिल्ड, मेडल र प्रमाणपत्र सहित दिइनेछ भने दोस्रो पुरस्कार रु. २५,०००, शिल्ड, मेडल र प्रमाणपत्र सहित प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क मात्र रु.१ तोकिएको छ, र पुस २२ गते, दिउँसो १ बजे सम्म दर्ता गर्नुपर्नेछ।साथै, पुस २६ गते सांगीतिक साझ कार्यक्रम पनि आयोजना गरिनेछ, जसमा राष्ट्रिय कलाकारहरू गायक धिरज राई, गा
इटहरी । पूर्वकै सवैभन्दा ठूलो अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक वर्ष भन्दा बढी एक जना बिरामी एनआइसियू कक्षमा उपचार गरि रहेका छन् ।अस्पताल प्रशासनले बिरामी निकालेर लगि दिए हुने सोचमा भएतापनि बिरामीका परिवारले उपचार गर्दाको औषधीको पैसा तिर्न नसक्दा घर ल्याउन पनि सकेका छैनन् ।कहलिएका चिकित्सकहरुबाट उपचार पाइने र निजी भन्दा धेरै कम खर्चमा उपचार हुने आसले भर्ना गरेका इटहरी वडा नं. १ का ४५ वर्षे सन्तोष बजगाईंको अवस्थामा कुनै सुधार आउन सकेको छैन् । उनी अचेत अवस्थामा छन् ।चिकित्सकले ‘पर्ख र हेर’ नीति अनुसार अघि बढेको प्रतिक्रिया दिने गरेका छन् । बजगाईका परिवारका सदस्यले
इटहरी / इटहरीस्थित एकआपस बहुउद्धेश्यीय सहकारी संस्थाले आफ्नो २० औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यमा तथा एकआपस बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष सुनिल कार्कीको अध्यक्षतामा साधारणसभा गरिएको हो ।संस्थाले ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिनुका साथै ४ जना सहकारीका कर्मचारीलाई सम्मान गरिएको थियोे । संस्थाको कुल सम्पत्ति २ करोड ११ लाख ९ सय ३० रहेको छ ।यसै सहकारीका सेयर सदस्य भएकाले संस्थाको हक हितका काममा अग्रसर भएर काम गर्ने कार्यक्रमका विशिष्ट अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले
इटहरी / इटहरी वडा नं. १ मा एक दिने निःशुल्क आँखा शिविरबाट १ सय २६ जना बढीले जनाले सेवा लिएका छन् ।लायन्स क्लव अफ ईटहरी स्मार्टसिटी र वडा नं. १ कार्यालयको सहकार्यमा आयोजित यस शिविरमा रामलाल गोल्छा आई हस्पिटल फाउण्डेशन विराटनगरका दक्ष चिकित्सकहरूको टोलीद्वारा आँखा सम्बन्धी विभिन्न सेवाहरू प्रदान गरिनेछ। आँखा शिविरबाट १ सय २६ जना बढीले सेवा लिएका छन् ।स्थानियवासीहरूलाई आफ्नो आँखा जाँच गराउन र शिविरमा प्रदान गरिने सेवाहरूको लाभ उठाउन कार्यक्रम आयोजना गरिएको लायन्स क्लव अफ ईटहरी स्मार्टसिटीका अध्यक्ष शिव प्रसाद भट्टराईले बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर १ का
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.