खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ वडा कार्यालय र त्रिभुवन माबिको कार्यालय तोडफोड भएको छ । बिहीबार राति वडा कार्यालय ऐसेलुखर्क र त्रिभुवन माविको कार्यालय तोडफोड भएको हो । वडा कार्यालय र विद्यालय तोडफोड गर्नेको पहिचान हुन सकेको छैन । वडा कार्यालयको घेराबारको तालाचाबी, अध्यक्षको कार्यकक्ष, वडा सचिवको कोठा र सभाहलको चाबी तोडिएको छ । ढोका फाेडेर भित्र प्रवेश गरेर कार्यालयभित्रका सबै घर्रा खोलेको पाइएको छ । क्षतिको बारेमा अनुसन्धान भइरहेको वडाध्यक्ष राजेशकुमार राजभण्डारीले बताए । वडा कार्यालयले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएको छ ।विद्यालयको मूल ढोका र तीनवटा दरा
कोरोनाको संक्रमण बढ्दै गएपछि बन्द रहेको विद्यालय खोल्नका लागि निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) ले सरकारलाई दबाव दिएको छ । प्याब्सनले माग २३ गतेदेखि विद्यालय खोल्नु पर्ने भन्दै शिक्षा मन्त्रालयसँग माग राखेको छ ।बुधबार प्याब्सनका अध्यक्ष टीकाराम पुरीसहित केन्द्रीय कार्य समितिले शिक्षा, विज्ञान तथा प्रविधिा मन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग राखेको हो । उनीहरुले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न भनेका छन् ।आउने सप्ताह १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप दिनुपर्ने
झापा/ युवाहरुलाई आत्मानिर्भर र सक्षम बनाउने उदेश्यले झापा कमल गाउँपालिकामा युवा रोजगारका विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइएको छ । युवाहरु रोजगार भएमा मात्र गाउँपालिकाको विकास हुनेछ भन्ने उदेश्यका साथ २ महिने फ्रिज, एसी मर्मत तालिम सञ्चालनमा ल्याएको हो । स्वदेशमै युवाहरुलाई आत्मानिर्भर गराउन प्रत्यक वडाका तिन तिन जना युवाहरुको सहभागितामा तालिम सञ्चालनमा ल्याएको हो । सुनसरीमा रहेको स्वरोजगार ट्रेनिङ सेन्टरले तालिम सञ्चालन गरिरहेको छ भने यसको व्यबस्थापन गाउँपालिकाले नै गरेको छ । प्रत्यक वडामा रहेका युवाहरु बेरोजगारी भएर समय विताई रहेकाहरुलाई एसी फ्रिज मर्मत तालिममा सञ्चालनमा ल्याएको हो । स्वदे
पछिल्लो समय प्रदेश १ का स्थानिय सरकारहरुले पाठ्यपुस्तक र पाठ्यक्रम निमाणर्लाई तिब्रता दिन थालेका छन् । स्थानीय आवश्यकता स्थानीय तहबाट नै पहिचान गरी यहाँका धार्मिक, ऐतिहासिक, सांस्कृतिक,प्राकृतिक तथा पर्यटकीय महत्त्व बोकेका स्थलहरुको संरक्षण र संवद्धन गर्ने उदेश्यका साथ पालिकाहरुले पाठ्यक्रमको ढाचाँ समेत सम्पन्न गरिसकेका छन् । यसलाई बहुआयामिक, समयानुकूल, व्यावहारिक र प्रयोगात्मक रुपमा प्रस्तुत गरेर विद्यार्थीहरुका लागि अझ उपयोगी बनाउने तयारी गरिएको पाठ्यक्रम तथा लेखन समिति सदस्य डा. इस्वर राइले बताउनु भयो । भोलिको समाजको सचित्र छवि बिजारोपण गर्न सकियोस् , देशका संवाहकका रुपमा
सुन्दरहरैँचा । नोबेल मेडिकल र के.एम.सी लगायत मेडिकल कलेजहरुमा चलिरहेको बिध्यार्थी आन्दोलनमा नागरिक समाज ,अभिभावकहरु लगायतको ऐक्यवद्धताका निम्ति बिध्यार्थी संगठनले अपिल जारी गरेको छ ।मंगलवार संयुक्त बिध्यार्थी संगठनका जारी बिज्ञप्तिमा देशभरका मेडिकल बिध्यार्थी, अभिभावक,पत्रकार नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागी अपिल गर्दै बिज्ञप्ति जारी गरेको हो । नेबिसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन बैध्य निकट अखिल(क्रान्तिकारी)का हरिकृष्ण गजुरेल ,
सुन्दरहरैंचा। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ । कोभिड सङ्क्रमण तीव्र गतिमा फैलिरहेको परीक्षार्थीहरूको सङ्ख्या पनि बढी भएकोले परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक कृष्ण केसीले जानकारी दिए । परिषद्ले यही १५ गते बायो मेडिकल तर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो । परिषद्ले आउँदो २७ गतेदेखि वार्षिक प्रणाली र सेमेस्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्त्रगतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । तत्कालको लागि अर्को निर्णय नभएसम्
काठमाडौं । सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने उल्लेख गरेका छन् ।
काठमाडौं: काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिलकुमार शर्मा अमेरिका प्रस्थान गरेका छन् । यता कलेज प्रशासनविरुद्ध विद्यार्थीहरु आन्दोलित रहेको अवस्थामा शर्मा भने अमेरिका पुगेका छन् ।उनी हिजै विहान अमेरिकाको लागि उडेका हुन् । हिजोमात्रै विद्यार्थीहरुले कलेजमा ताला लगाएका थिए । पछिल्लो समय कलेजले तोकिएको भन्दा महँगो शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् ।यो बीचमा सरकारले पनि कलेज सञ्चालकसँग छलफल गरिसकेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले त गृहमन्त्री बालकृष्ण खाँणलाई कलेजलाई कारबाहीको लागि आग्रह गरेका छन् ।
इटहरी । कोरोना भाइरसको तेस्रो लहर फैलिरहेको समयमा रोकथाम नियन्त्रण र न्युनिकरणमा सबैको भुमिका महत्वपुर्ण हुने संदेश सहित सुनसरीको इटहरीमा सार्वजनिक सवारीमा सेनिटाइजर गर्ने तथा मास्क वितरण अभियान सुरु गरिएको छ । सामाजिक कार्यका क्षेत्रमा सक्रिय रहदै आएको बुल्स इलेभेनको अगुवाईमा प्रदेस नम्बर १ ट्राफिक कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीले संयुक्त रुपमा सार्वजनिक सवारी साधनमा सेनिटाइजर गर्ने तथा सडक प्रयोगकर्ताहरुलाई मास्क वितरण गर्ने अभियान सुरु गरिएको हो । इटहरीमो धरान लाइनमा सार्वजनिक सवारी साधनहरु रोकेर सेनिटाइजर गर्ने साथै सडक प्रयोगकर्ताहरुलाई तपाईको मास्क ख
सुनसरी/ सुनसरीको इटहरी उपमहानगरपालिकाले क्याम्पस तहमा अध्ययनरत दलित समूदायका बिद्यार्थीलाई दलित बिद्यार्थी शैक्षिक प्रोत्साहन (छात्रबृत्ति)प्रदान गरेको छ। आईतबार इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रति बिद्यार्थी २४ सयका दरले आज ३८जना बिद्यार्थीलाई प्रोत्साहन प्रदान गर्नुभएको हो।उपमहानगरपालिकाले ६१जना दलित बिद्यार्थीका लागि एक लाख पचास हजार प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम अन्र्तगत आज आईतबार ३८ जनालाई प्रदान गरिएको हो। अन्यलाई अर्को दिन प्रदान गरिने बताइएको छ।दलित समूदायका बिद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन प्रदान गरिने उपप्रमुख गौतमले बताउनुभयो। यो बर्ष
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.