पछिल्लो समय प्रदेश १ का स्थानिय सरकारहरुले पाठ्यपुस्तक र पाठ्यक्रम निमाणर्लाई तिब्रता दिन थालेका छन् । स्थानीय आवश्यकता स्थानीय तहबाट नै पहिचान गरी यहाँका धार्मिक, ऐतिहासिक, सांस्कृतिक,प्राकृतिक तथा पर्यटकीय महत्त्व बोकेका स्थलहरुको संरक्षण र संवद्धन गर्ने उदेश्यका साथ पालिकाहरुले पाठ्यक्रमको ढाचाँ समेत सम्पन्न गरिसकेका छन् ।
यसलाई बहुआयामिक, समयानुकूल, व्यावहारिक र प्रयोगात्मक रुपमा प्रस्तुत गरेर विद्यार्थीहरुका लागि अझ उपयोगी बनाउने तयारी गरिएको पाठ्यक्रम तथा लेखन समिति सदस्य डा. इस्वर राइले बताउनु भयो ।
भोलिको समाजको सचित्र छवि बिजारोपण गर्न सकियोस् , देशका संवाहकका रुपमा रहेका जनशक्ति उत्पादन गर्न टेवा पुगोस भन्ने हेतुले पालिकाभित्र रहेका विभिन्न विद्यालय, बालबालिका, सामाजिक अगुवा, उद्यमी, व्यवसायी, शैक्षिक तथा प्राज्ञिक व्यक्तित्वहरुसँग प्रत्यक्ष र परोक्ष रुपमा भेट तथा सुझाव सङ्कलन गरी स्थानीयतहको आवश्यकताको केन्द्रमा पुगी आधारभूत तहका लागि १०० पूणर्ङ्कको पाठ्यक्रम निर्माण गर्न स्थानीय तहका बिज्ञ हरुको समूह बनाइ काम अगाडी बढाइएको सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकाल ले बताउनु भयो /
शिक्षालाई व्यावहारिक र जीविकोपार्जन गराउने, स्थानीय आवश्यकताको पहिचान र संरक्षण गर्ने मूल उद्देश्यका साथमा शैक्षिक, प्राज्ञिक, बौद्धिक तथा सरोकारवालाहरुसँगबाट रचनात्मक र सिर्जनात्मक सुझावहरुलाई आधार मानी तयार गरिएको यो पाठ्यक्रम वालबालिकाका लागी उपयोगी भएको सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद भट्टराईले बताउनु भएको छ ।
आधारभूत तथा माध्यमिक शिक्षाको जग गुणस्तरीय शिक्षाको माध्यमबाट बलियो बनाउदै नगरपालिकाको शैक्षिक विकास मार्फत राष्ट्र निर्माणको गतिलाई अगाडी बढाउन सक्षम एवं प्रतिस्पर्धी जनशक्ति तयार गर्न उक्त पाठ्यक्रम तयार पारी आउदो शैक्षिक सत्र बाट लागु हुने उपप्रमुख धना तामांग ले बताउनु भयो ।


