इटहरी / इटहरी उपमहानगरपालिकाले मंगलबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गाईजात्राको अवसरमा भदौ ४ गते मंगलबार पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गाईजात्रा पर्वको अवसरमा उपमहानगरले आफ्नो पालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।सूचनाअनुसार नेवार समुदायले मनाउने गाईजात्रा महत्त्वपूर्ण पर्व रहेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । यहाँका नेवार समुदायको सम्मानको लागि स्थानीय बिदा दिने उपमहानगरले जनाएको छ ।
मोरङ / मोरंग ग्रामथान गाउँपालिका वडा -७ नेताचोक मुख्य बजारको सडक छेउमा अत्याधिक तापक्रम वृद्धि तथा वातावरणीय समस्यालाई मध्यनजर गर्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। शनिबार सम्भावित ग्रामथान जेसिजको आयोजनामा सामाजिक उतरदायित्व वहन गर्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सब- डिभिजन वन कार्यालय बेलबारी र सलकपुर मार्फत वृक्षारोपण सम्पन्न गरेको हो ।बिरुवा संरक्षणलाई मुख्य प्राथमिकतामा राखी घेराबेरा सहित करिब ३ सय वृक्षारोपण गरेको सो वडाका अध्यक्ष तथा स.ग्रामथान जेसिज अध्यक्ष बिरेन्द्र चौधरीले बताए । विश्वव्यापी तापमान वृद्धि, व
बिराटनगर / मोरङको विराटचोकमा नगर स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) सुन्दरहरैचाको आयोजनामा भएको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा सिनियर तर्फ हिमालय एङ्ग्लिस स्कुलका असुतोष लिम्बु प्रथम भएका छन।पाठ शाला बोर्डिङ स्कुलका सोनु लिम्बु द्वितीय भएका छन् भने हिमालय एङ्ग्लिस स्कुलकै सिजन लिम्बु तृतीय भएका छन्। जुनियर रतिओनल एकेडेमीकी सिवानी कार्की प्रथम भएकी छन्। यस्तै पाठ शाला बोर्डिङ स्कुलका सुफल भट्टराई द्वितीय छन् भने हिमालय एङ्ग्लिस स्कुलका अमृत लिम्बु तृतीय भएका छन्।आधारभूत तर्फ कसमस एकेडेमीकी इशुकला लिम्बु प्
इटहरी / नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सुनसरी अन्तर्गतको महिका बिभागको संयोजकमा चण्डिका निरौला चयन भएकि छिन् । चण्डिका नेपाल शिक्षक संघ सुनसरीकि महिला उपाध्यक्ष समेत हुन् । शुक्रबार इटहरी स्थित जनता माध्यमिक बिद्यालयको सभाहलमा आयोजना भएको कार्यक्रमले महिला बिभाग गठन गरेको हो । बिभागको सचिवमा सरिता नेपाल ,अर्थ सचिबमा गोमा खत्री चयन भएका छन् । सरिता नेपाल शिक्षक संघको जिल्ला सह- सचिब हुन् । गोमा संघको जिल्ला सदस्य हुन् ।त्यस्तै सदस्यहरुमा टीका अधिकारी, सुनिता गिरि , कन्चनदेबी यादब सहित नगर समितिका महिला उपाध्यक्ष बिभागको सदस्य रहने छन् । बिभागको ५ सदस
इटहरी / इटहरीको राष्ट्रिय माध्यमिक विद्यालयले पहिलो पटक नीति कार्यक्रम तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । राष्ट्रिय माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कोबित जंग कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले प्रमुख आतिथ्यतामा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कोबित जंग कार्कीले नीति कार्यक्रम तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेका थिए ।आर्थिक वर्ष २०८१/८२ का लागि विद्यालयले तय गरेका कार्यक्रम पूरा गर्न सात करोड बजेट आवश्यक नीति तथा कार्यक्रम बिहीबार इटहरीका मेयर हेमकर्ण पौडेलले सार्वजनिक गरेका हुन् ।विद्यालयले तय गरेको वार्षिक नीति तथा कार्यक्
अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको विवादमा नेकपा एमालेले बाटो खुल्ला गरेको छ ।मङ्गलवार एमाले सुनसरीको पार्टी कार्यालयमा उज्ज्वल सिग्देल नेतृत्वको कमिटीलाई शपथग्रहण गराए सँगै पार्टीले वैधानिकता दिएको हो ।बहुमत प्रतिनिधि र अध्यक्ष मण्डलले सहमति भएको भन्दै एमालेले सिग्देल अध्यक्ष रहेको कमिटीलाई कार्यसम्पादन गर्न बाटो खुल्ला गरेको छ ।एमालेका केन्द्र तथा जिल्ला स्तरका नेताहरूको उपस्थितिमा सिग्देल लगायत ३४ जना सदस्यले शपथग्रहण गरेका हुन् ।प्रदेश अध्यक्ष तथा अध्यक्ष मण्डलका अध्यक्ष गङ्गाबहादुर खड्का (जीवी गजल) ले सिग्देलको नाममा सहमति भएको भन्दै कमिटी चयन गरेपछि पुनः अर्को कमिटीको लिस्ट बाहिर आएको थि
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ११ को नव निर्मित भवन उद्घाटन गरिएको छ । इटहरी वडा नम्बर ११ को वडा कार्यालयको दुई तले भवन १ करोड ३ लाख लागतमा बनेको हो । भवन उद्घाटन इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले गर्नुभयो । इटहरी ११ नम्बर वडाका वडा अध्यक्ष केशव प्रसाद कोइरालाको अध्यक्षता र इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलकोे प्रमुख आतिथ्यतामा तथा स्थानीयहरूको बाक्लो सहभागीतामा भवन उद्घाटन गरि सञ्चालनमा आएको छ । इटहरी उपमहानगरपालिका र वडा नम्बर ११ को महत्त्वपूर्ण जिम्मेवारीमा भवन निर्माण भएकोमा स्थानीयहरु खुसी भएका छन् । नयाँ भवन निर्माण भएपछि वडा नम्बर ११ का ज
इटहरी / सयपत्री गु्रप सुखःदुखको साथि द्वारा संकलित सहयोग हस्तान्तरण गर्नुका साथै इटहरीको माया घर नेपालका १४३ जना असहाय नागरिक लाई खाना खुवाइएको छ । इटहरी २ मा रहेको माया घरमा परिवार बिहिन तथा परिवार बाट पृथक रहेका १४३ जना बृद्ध, बालबालिका तथा युवा,युवती लाई सोमबार बेलुकाको १ छाक खाना सहित पाँच बोरा चामल ,दाल २५ केजी ,पाँच काटुन चाउचाउ ,१ काटुन विस्कुट , १ काटुन तेल ,३० केजी मटर ,५० केजी नुन ,५० केजी आलु ,२५ केजी प्याज , सोयाबिन ३ बोरा १५ केजी,सरफ १ बोरा ,लुगा धुने साबुन दुई काटुन ,भाडा माज्ने साबुन दुई काटुन वितरण गरिएको हो । सयपत्री गु्रप सुखःदुखको साथिले सामाजिक सञ्जाल
इटहरी / इटहरीमा रहेर विद्यार्थीहरूलाई शिक्षा दिदै आएको हाम्रो इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीसँग ज्येष्ठ नागरिक कार्यक्रम गरेको छ । हाम्रो इङ्लिस बोर्डिङ स्कुललका प्रधानाध्यापक तेजबहादुर निरौलाको अध्यक्षता तथा हाम्रो इङ्लिस बोर्डिङ स्कुलकी अध्यक्ष अमृता सुब्बाको प्रमुख आतिथ्यमा हाम्रो बोर्डिङ स्कुलमा पहिलो पटक विद्यार्थीहरू सँग जेष्ठ नागरिक कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरु सँग विद्यार्थीहरुले पहिले पहिले पहाडबाट मानिसहरु मधेस झर्न डराउँथे, बाल्यकालका बारेमा, स्कुल र कलेज जीवनका बारेमा , कुन पेशामा आबद्ध, काम गर्दा कस्ता कस्ता चुनौतिहरु, जीवनकालमा गरेका म
संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिकाद्वारा तुम्लिङटार विमानस्थलमा सूचना केन्द्र तथा काेशेली घर स्थापना गरि संचालनमा ल्याएकाे छ । जिल्लाकाे एक मात्रै खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा रहेकाे विमानस्थलमा सुचना केन्द्र तथा काेशेली घर संचालन गरेकाे हाे ।खाँदबारी नगरपालिकाले सुचना केन्द्र तथा काेशेली घर संचालन गर्ने जिम्मेवारी मिस यु रिसाेट पार्कका संचालक सञ्जय देवानलाई अार्थिक बर्ष २०८१ साउन देखि ०८२ असारसम्म एक बर्षका लागि जिम्मेवारी दिएकाे खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाका स्वकीय सचिव गाेकुल खनालले बताए । उनले खाँदबारी नगरपालिका र मिस यु हाेटलसँग एकबर्षका लागि संम्झाैता गरिएकाे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.