इटहरी । जिल्ला प्याब्सन सुनसरीको आयोजनामा शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै आधुनिक कृत्रिम बौद्धिकता (AI) प्रणालीसँग जोड्ने उद्देश्यले आयोजित दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका २०० भन्दा बढी प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि सहभागी भएका थिए। प्रशिक्षणमा ChatGPT तथा Generative AI, पाठयोजना तथा शिक्षण सामग्री निर्माण, प्रश्नपत्र तथा मूल्याङ्कन, विद्यालय प्रशासन, प्रतिवेदन तथा प्रस्तुतीकरण निर्माण, विद्यार्थी सिकाइ विश्लेषण, समय व्यवस्थापन तथा AI को सुरक्षित र नैतिक प्रयोगलगायत विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो।कार्यक्रमको अध्यक
इटहरी । धरान–१५ स्थित युएन–नवोदय कलेजको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कक्षा–११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो। कक्षा–१२ का विज्ञानतर्फ प्रशन्न श्रेष्ठ, कम्प्युटर साइन्सतर्फ रेसिका शर्मा, होटल म्यानेजमेन्टतर्फ सलिना राई र म्यानेजमेन्टतर्फ देवीका राईलाई सम्मान गरिएको थियो। यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पनि सम्मान गरियो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत बीएचएममा उत्कृष्ट हुने सन्ध्या थेगिम, अलिश राई र मनोज राईलाई सम
इटहरी । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।उहाँ आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आउनुभएको थियो । गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुनुहुन्छ र श्रीमान्÷श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । विद्यालयका प्रधा
धनकुटा, पाख्रिबास — कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज (CNRM), पाख्रिबासको आयोजनामा तेस्रो स्नातक LEE (Learning for Entrepreneurial Experience) Symposium शुक्रबार सम्पन्न भएको छ।"Advancing Sustainable Agriculture through Experiential Learning, Research, and Entrepreneurship" भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव पशुपति ढुङ्गानाले प्रमुख अतिथिका रूपमा गर्नुभएको थियो।कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका पशु प्रजनन विषयका प्राध्यापक डा. निराजन भट्टराई तथा कीट विज्ञान विष
सुनसरी। भोक्राहा नरसिंह गाउँपालिकाको आयोजना तथा शिक्षा शाखाको समन्वयमा “विद्यार्थीहरूको व्यक्तित्व विकास सम्बन्धी एकदिने क्षमता अभिवृद्धि तालिम” सम्पन्न भएको छ। गाउँपालिकाभित्रका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा आयोजना गरिएको तालिमले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, प्रभावकारी सञ्चार सीप तथा सकारात्मक सोचको विकास गर्ने लक्ष्य राखेको थियो।तालिममा गाउँपालिकाको शिक्षा शाखाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले
धनकुटा / कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) को १६औँ स्थापना दिवसको अवसरमा धनकुटाको पाख्रिबासस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेज (CNRM) ले विभिन्न सामाजिक, शैक्षिक तथा वातावरणीय कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा पाख्रिबास नगरपालिकाका कृषकहरूलाई लक्षित गरी एकदिने कन्ये च्याउ खेती तालिम सञ्चालन गरिएको कलेजले जनाएको छ। तालिममा आधुनिक च्याउ खेती प्रविधि, उत्पादन व्यवस्थापन तथा व्यावसायिक सम्भावनाबारे जानकारी प्रदान गरिएको थियो।त्यसैगरी, पाख्रिबास नगरपालिकाभित्रका विभिन्न विद्यालयहरूमा “नेपालको कृषि तथा कृषि शिक्षा” विषयक अन्तरक्रियात्मक सचेतना कार्यक्रम स
इटहरी । इटहरी उपमहानगरपालिका–३ स्थित खोर्सानेखापमा समुदायको पहलमा स्थापना गरिएको समुदायमा आधारीत प्रगती बाल विकास केन्द्रले वर्षौंदेखि गाउँका बालबालिकालाई प्रारम्भिक शिक्षा प्रदान गर्दै आएको छ। सीमित स्रोत–साधनका बाबजुद स्थानीय बासिन्दाको सहयोग र समर्पणले विद्यालयलाई निरन्तर सञ्चालनमा राखेको छ। वि.सं. २०६२ सालमा खोर्सानेखापका समाजसेवी तथा स्थानीय अगुवाहरूको पहलमा पराल, काठ र बाँसको अस्थायी संरचनाबाट सुरु गरिएको उक्त विद्यालय अहिले तीन कोठे भवनमा सञ्चालन भइरहेको छ। हाल विद्यालयमा दैनिक १२ देखि ३० जनासम्म बालबालिकाले अध्ययन गरिरहेका छन्।विद्यालयकी प्रधानाध्यापक सरिता राई स्थापना कालदेखि नै विद्य
इटहरी । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान गरिएको छ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतना फैलाउने उद्देश्यले स्थापित संस्था होप फर अल ताप्लेजुङले विश्व बाल श्रमिक दिवसको अवसरमा विद्यार्थीलाई केन्द्रिकृत गरि सचेतना प्रदान गरेको हो । लागू औषधको बढ्दो प्रयोगलाई रोक्ने भूमिका, यसले स्वास्थ्य, परिवार अनि समाजमा पार्ने नकरात्मक प्रभावका विषयमा विद्यार्थीलाई सचेत गराइएको होप फर अल ताप्लेजुङका अध्यक्ष मौसम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी विद्यार्थीहरूलाई लागू औषधबाट टाढा रहन, गलत संगतबाट बच्न तथा कुनै पनि शङ्कास्पद
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको वडा नम्बर ६ लाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ। बालबालिकाको अधिकार संरक्षण, सहभागिता, शिक्षा, स्वास्थ्य तथा सुरक्षित वातावरण सुनिश्चित गर्ने उद्देश्यले विभिन्न सूचकहरू पूरा गरेपछि वडालाई औपचारिक रूपमा घोषणा गरिएको हो।उर्लाबारी नगरपालिका वडा नम्बर ६ को आयोजनामा सम्पन्न घोषणा समारोह वडा अध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता तथा नगर प्रमुख गंगा प्रसाद खरेलको प्रमुख अतिथ्यता रहेको थियो।कार्यक्रममा नगर उपप्रमुख मीना कुमारी खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले तथा नगरपालिकाका
धनकुटा / कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU), कृषि संकाय अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज (CNRM), पाख्रिबास, धनकुटाले आयोजना गरेको पाँचदिने " तथ्याङ्कीय विश्लेषण तथा जर्नल लेखन" विषयक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोग (UGC), सानोठिमी, भक्तपुरको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिम जेठ २३ देखि २७ गतेसम्म पाख्रिबासमा आयोजना गरिएको थियो।तालिममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र मधेश कृषि विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पस तथा अनुसन्धान संस्थामा कार्यरत प्राध्यापक, अनुसन्धानकर्ता तथा प्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.