समाज

    Showing ५४१-५५० of ११,०१४ items.
  • भाले गैँडा नहुँदा वंश विस्तार बाधा

    इटहरी । पूर्वी नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षमा चितवन राष्ट्रिय निकुञ्जबाट तीन वर्षअघि स्थानान्तरण गरी ल्याइएका पुष्पा र अञ्जली नामका दुई वटा बच्चा गैँडा अहिले बयस्क भएका छन् । एकसिङे पोथी गैँडा बिहान घाँसे मैदानमा हात्तीसँगै चर्दै रमाउने र साँझ आफैँ खोरनजिकै आएर बास बस्ने गरेका छन् । पुष्पा र अञ्जली अब आमा बन्ने उमेरका भइसकेका छन् तर भालेको अभावमा अहिले दुवै थारै रहेको आरक्षका प्रमुख संरक्षक अधिकृत भूपेन्दप्रसाद्र यादवले बताउनुभयो । उहाँका अनुसार भाले गैँडाको अभावले प्रजनन प्रव्रिmया नै नभएपछि कोशीटप्पुमा गैँडाको वंश विस्तार गर्ने सरकारी योजना अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । च

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • ५१ पटक पढिएको
  • प्रदेश सरकार सञ्चालनका लागि दुई दलको साझा कार्यक्रम

    इटहरी। नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सरकार गठनसम्बन्धी केन्द्रमा तीन बुँदे सहमति भएपछि प्रदेशमा सरकार सञ्चालनसम्बन्धी न्यूनतम साझा कार्यक्रम तयार गरिएको छ। नेपाली कम्युनिस्ट पार्टी संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा बनेको कार्यदलले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको हो। न्यूनतम साझा कार्यक्रममा २८ बुँदा रहेका छन्।

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • १६४ पटक पढिएको
  • प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप असोज २३ देखि, विजेतालाई सवा दुई लाख बढी पुरस्कार

    इटहरी । “स्मृतिलाई सम्मान, युवालाई अवसर, खेलकुदलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ सुनसरीको बराहक्षेत्र–१०, प्रकाशपुरमा ‘प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप–२०८३’ रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रकाशपुर युवा जमातको आयोजना तथा प्रकाशपुर फुटबल क्लबको प्राविधिक सहयोगमा आगामी असोज २३ गतेदेखि प्रतियोगिता सुरु हुन लागेको हो। वडा कार्यालयको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको उद्देश्य, तयारी र खेल व्यवस्थापनबारे जानकारी दिइएको छ । आयोजक संस्थाका अध्यक्ष मनिस मगरको सभापतित्व तथा बराहक्षेत्र–१० का वडा अध्यक्ष तेजबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनक

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • १६० पटक पढिएको
  • इटहरी जेसीजको ‘जेसीज सप्ताह २०२६’ भदौ २५ देखि, सातवटा कार्यक्रम गरिने

    इटहरी । युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने उद्देश्यका साथ इटहरी जेसीजले आगामी भदौ २५ देखि ३१ गतेसम्म ‘जेसीज सप्ताह २०२६’ आयोजना गर्ने भएको छ। ‘डेभलोपिङ लिडर्स फर अ चेन्जिङ वल्र्ड’ भन्ने मूल नाराका साथ साताव्यापी रूपमा विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्य सम्बन्धी सातवटा कार्यक्रमहरू सञ्चालन गर्न लागिएको हो। इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुली, महासचिव जेसी टंकमणि न्यौपाने (रोबिन) र प्रमुख सह–समन्वयक जेसी प्रमोद घिमिरे (भञ्जिया)का अनुसार साताव्यापी अभियानले युवामा नेतृत्व क्षमता अभिवृद्धि गर्दै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • २७८ पटक पढिएको
  • राति मन्दिर छिरेर दानपेटिका र मूर्ति चोरी गरेको आरोपमा युवक पक्राउ

    इटहरी। रतुवामाई नगरपालिका–९, भौडाहास्थित सर्वेश्वर शिव मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–८ का २३ वर्षीय रोहित सहनी रहेका छन्। सहनीले २०८३ साल असार २४ गते राति करिब १२ बजे मन्दिरमा प्रवेश गरी दानपेटिका तथा पित्तलका मूर्ति चोरी गरेको आरोप छ। घटनाबारे अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक कैलाश लिम्बुको नेतृत्वमा खटिएको प्रहरी टोलीले सहनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।स्थानीयका अनुसार उक्त मन्दिरमा यसअघि पनि पटक–पटक चोरीका घटना हुने गरेका थिए। पक्राउ परेका सहनीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • १२६ पटक पढिएको
  • ‘सिफारिस’को मञ्चनबाट बाढीपीडितलाई सहयोग जुटाउँदै विराटनगर

    इटहरी। भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित परिवारको सहयोगार्थ विराटनगरमा नाटकमार्फत मानवीय अभियान सुरु गरिएको छ।आरोहण गुरुकुल विराटनगरमा साहित्यकार धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ मञ्चन भइरहेको छ। भदौ २१ गतेदेखि २४ गतेसम्म हरेक साँझ ५ बजे नाटक प्रदर्शन गरिने आयोजकले जनाएको छ। नाटकबाट संकलित सम्पूर्ण रकम नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरिने कार्यक्रम संयोजक देवेन्द्र यादव ‘आरोग्य’ले जानकारी दिए। मृत्यु दर्तासँग जोडिएको संवेदनशील घटनालाई मुख्य विषयवस्तु बनाइएको ‘सिफारिस’ले मधेसी सामाजिक परिवेश, महिला हिंसा, दाइजो प्रथा र सामाजिक जालझेलजस्ता विषयलाई प

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • १६१ पटक पढिएको
  • पाँच स्रष्टा सम्मानित

    इटहरी। सुनसरीको धरानमा नेपाली साहित्य तथा समावेशी बहुभाषिक साहित्यमा योगदान पुर्‍याउने पाँच जना स्रष्टा तथा साहित्यप्रेमी व्यक्तित्व सम्मानित भएका छन्।जनसांस्कृतिक महासङ्घ, नेपाल कोशी प्रदेश समितिको आयोजनामा विमलस्मृति पुस्तकालयमा आयोजित स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा शङ्कर सुनुवार, शकुन्तला त्रिखत्री, नेत्रप्रसाद काफ्ले, देव सुब्बा इजम र टङ्क राजवंशी सम्मानित हुनुभएको हो। सम्मानित स्रष्टाहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको आयोजक जनसांस्कृतिक महासङ्घ, नेपाल कोशी प्रदेश समितिले जनाएको छ। कार्यक्रम प्राज्ञ चेतनाथ धमलाको प्रमुख आतिथ्यता तथा कार्यक्रम संयोजक प्रा।डा। खेमराज खनालको

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • १८३ पटक पढिएको
  • खोटाङमा द्वन्द्वकालीन नेपोलाइट भेटियो, सेनाले गर्‍यो डिस्पोज

    इटहरी । खोटाङमा भेटिएको द्वन्द्वकालीन विस्फोटक पदार्थ ‘नेपोलाइट’ नेपाली सेनाले डिस्पोज गरेको छ। जिल्ला सदरमुकामस्थित बेसक्याम्पमा आइतबार साँझ विस्फोटक पदार्थ भेटिएको थियो।द्वन्द्वकालमा उक्त बेसक्याम्पमा सुरक्षा फौजको क्याम्प रहेको थियो। सोही समयमा राखिएको विस्फोटक पदार्थ स्थानीयले जमिन खन्ने क्रममा आइतबार साँझ फेला पारेका हुन्। व्यक्तिको जग्गामा रहेको उक्त बेसक्याम्पमा सशस्त्र द्वन्द्वका बेला नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा फौज राखिएको थियो। उक्त स्थानबाट क्याम्प सारिएको लामो समय भइसके पनि बेलाबेला विस्फोटक पदार्थ भेटिने गरेको छ।आइतबार स्थानीयले फुटसल ग्राउन्डको पर

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • ११० पटक पढिएको
  • विपत् व्यवस्थापन सिकाउँदै राष्ट्रिय सेवा दल

    इटहरी। विद्यालय तहको पढाइसँगै विद्यार्थीलाई अनुशासित, जिम्मेवार र असल नागरिकका रूपमा विकास गर्ने उद्देश्यले पूर्वी नेपालका विद्यालयमा राष्ट्रिय सेवा दल ९एनसिसी० तालिम सञ्चालन हुँदै आएको छ । नेपाली सेनाले राष्ट्रिय सेवा दलमार्फत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई जुनियर र सिनियर डिभिजन अन्तर्गत तालिम दिँदै आएको हो । तालिममा विद्यार्थीलाई अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता, समय व्यवस्थापन, आत्मरक्षा, विपत् व्यवस्थापन तथा सामाजिक जिम्मेवारीलगायतका विषयमा व्यावहारिक ज्ञान र सिप प्रदान गरिँदै आएको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय केराबारी, मोरङका शिक्षा अधिकृत तथा प्रमुख सेनानी सुरे

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • ८८ पटक पढिएको
  • झापामा प्रशासनिक सेवा सुधारको तयारी, केही दिनमै न्यूनतम सेवा मापदण्ड सार्वजनिक गरिने

    इटहरी स्  झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएका आधारभूत सेवाको स्तरमा सुधार गरी नागरिकले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माण गर्ने तयारी अघि बढाएका छन्।सरकारले अघि सारेको शासकीय सुधारको मर्मअनुसार प्रशासनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने उद्देश्यले विद्यमान सेवा प्रणालीको पुनर्संरचना ९रि–इन्जिनियरिङ० को गृहकार्य भइरहेको पोखरेलले बताएका छन्। उनका अनुसार सेवा प्रणाली सुधारका लागि गठन गरिएको ‘रिफर्म टिम  झापा’ सार्वजनिक बिदाका दिनसमेत काममा खटिएको छ। सेवा लिन आउने नागरिकले अनावश्यक झन्झट, लामो प्र

    • प्रकाशित मितिः भदौ २२, २०८३
    • ९० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]