इटहरी । धनकुटाका निजी तथा आवासीय विद्यालयले बाढीपीडितका लागि आठ लाख ७६ हजार २१ रुपियाँ सहयोग संकलन गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन धनकुटाको पहलमा जिल्लाका १४ वटा विद्यालयबाट उक्त रकम संकलन गरिएको हो। प्याब्सन केन्द्रीय कार्यसमितिको सूचनाअनुसार बाढीपीडितका लागि राहत रकम संकलन गरी पठाइएको प्याब्सन धनकुटाका अध्यक्ष प्रेमप्रसाद लिम्बूले जानकारी दिनुभयो। संकलित रकममध्ये मदरल्यान्ड सेकेन्डरी बोर्डिङ स्कुलले सबैभन्दा बढी एक लाख १५ हजार २०० रुपियाँ सहयोग गरेको छ। शीतला देवी माध्यमिक विद्यालयले एक लाख एक हजार ५५ रुपियाँ, दीप इङ्लिस बोर्डिङ स्कुलले एक ला
इटहरी । देश बाढी–पहिरोको विपद्बाट गुज्रिरहेका बेला सुनसरी जिल्ला अदालत, इनरुवाले निजामती सेवा दिवसका पूर्वनिर्धारित सबै मनोरञ्जनात्मक कार्यक्रम स्थगित गरी रक्तदान कार्यक्रम आयोजना गरेको छ।रसुवागढी क्षेत्रको भीषण बाढीपछि सरकारले दिवसका औपचारिक कार्यक्रम रद्द गरी विनियोजित बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत तथा उद्धारमा प्रयोग गर्ने निर्णय गरेसँगै अदालतले पनि पूर्वघोषित कार्यक्रम परिवर्तन गरेको हो। अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार दिवसका अवसरमा कर्मचारीहरूबीच सहकार्य र आपसी सम्बन्ध सुधार गर्न फुटबल, ब्याडमिन्टन र चेस जस्ता प्रतियोगिताको तयारी गरिएको थियो। सोही
इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० झापाले ६०औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ। ‘मानव, पृथ्वी र समृद्धिका लागि साक्षरता’ भन्ने नारासहित शिवसताक्षी नगरपालिका–स्थित वाटर किङडम रिसोर्ट, झिलझिलेमा प्रतियोगिता आयोजना गरिएको हो।प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा ९रोशन०को प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले स्वागत गरेका थिए। कार्यक्रममा प्याब्सन कोशी प्रदेशका उपाध्यक्ष
इटहरी स् सीमावर्ती जिल्ला झापा पछिल्ला दिनमा लागूऔषध ओसारपसारको दबाबमा परेको छ। भारतबाट नेपाल भित्र्याइने ब्राउन सुगरको कारोबार नियन्त्रण गर्न प्रहरी र सशस्त्र प्रहरीको निगरानी बढिरहे पनि पक्राउ पर्ने क्रम रोकिएको छैन। पछिल्ला तीन दिनमा मात्रै झापाका विभिन्न स्थानबाट ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा झापाका युवादेखि भारतीय नागरिकसम्म छन्। कसैले शरीरमा लुकाएर, कसैले साइकलको सिटमुनि त कसैले पैदल सीमापार गर्दै लागूऔषध भित्र्याउने प्रयास गरेका छन्। यसले लागूऔषधको सञ्जाल कति गहिरोसम्म फैलिएको छ भन्ने संकेत गरेको प्रहरीको बुझाइ छ। पछिल्लो घटनामा अर्जुनधारा नगरपालिका–११ दे
इटहरी स् भद्रपुरमा निर्माणाधीन भवनमा मार्बल अनलोड गर्ने क्रममा थिचिएर एक जना कामदारको मृत्यु भएको छ।मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरस्थित राममन्दिर बस्ने ३१ वर्षीय राजेन्द्र खड्का रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार दिउँसो करिब १२ः४५ बजे भद्रपुर नगरपालिका–५ स्थित सूर्य प्लाइउड फ्याक्ट्रीमा निर्माण भइरहेको नयाँ भवनमा मार्बल अनलोड गर्ने क्रममा दुर्घटना भएको हो। भवनमा प्रयोगका लागि ल्याइएको मे १ ज २२१८ नम्बरको बोलेरो पिकअपबाट मार्बल झार्ने क्रममा खड्कालाई मार्बलले थिचेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि ओमसाई पाथिभरा अ
इटहरी स् जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनाका साथ दुहबीमा दीप प्रज्वलन गरिएको छ।जेनजी युवा समूह दुहबी र विश्व हिन्दु परिषद् युवा विभाग दुहबीको संयुक्त आयोजनामा दुहबी बजारस्थित डाँगा चोकमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित युवाहरूले १ मिनेट मौन धारण गर्नुका साथै मैनबत्ती बालेर दिवंगत आत्माको शान्तिको प्रार्थना गरेका थिए।उक्त कार्यक्रमबारेमा दुहबी जेनजी समूहका चन्दन बैठा र रीतेश हलुवाई र विश्वव हिन्दु युवा विभागका परतिनिधि पंकज हालुवाई जानकारी गराउनुभएको हो।
इटहरी स् दाँत दुखेपछि उपचारका लागि धरानस्थित भारतीय सेनाको फुस्रे अस्पतालतर्फ निस्किएका इटहरी–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको सवारी दुर्घटनामा मृत्यु भएको छ ।मंगलबार दिउँसो घरबाट उपचारका लागि निस्किएका घिमिरे धरान उपमहानगरपालिका–८ स्थित गुराँस चोकमा मोटरसाइकल दुर्घटनामा परेका थिए । कोशी राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ को ८ प ३३३३ नम्बरको मोटरसाइकलमा सवार घिमिरेले आफ्नै साइडमा रोकिराखिएको प्रदेश १–०२–००४ ह ३५०४ नम्बरको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका घिमिरेलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्
इटहरी। धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । कोशी लोकमार्गमा चेकजाँचका क्रममा ट्रकभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले १ हजार २४० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो ।मंगलबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना ४ ख ५२७ नम्बरको ट्रकलाई फेदीमा चेकजाँचका लागि रोक्न खोजेको थियो । प्रहरीले ट्रक रोक्न संकेत गरेपछि चालक ट्रकबाट हाम फालेर फरार भएको जनाएको छ । चालक फरार भएपछि ट्रक शंकास्पद लागेर प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा गाँ
इटहरी । मोरङको बूढीगंगा गाउँपालिकामा ग्यास लिक भएर शरीरमा आगो लाग्दा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका–४ प्रगति टोलकी ४६ वर्षीया सुष्मा भण्डारी रहेकी छन्। उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ७ः५० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। प्रहरीका अनुसार भदौ १५ गते बिहान करिब ६ बजे सुष्मा घरको भान्सामा चिया पकाउन ग्यास बाल्ने क्रममा अचानक ग्यास लिक भएको थियो। ग्यास लिक भएपछि सल्किएको आगोले उनको शरीरमा आगो लागेको थियो।आगलागीबाट सुष्माको टाउको, अनुहार, बाँया हात तथा दुवै खु
इटहरी स् सुनसरीका अलग(अलग स्थानमा मंगलबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ ।दुहबी नगरपालिका–११ स्थित सिमरबना पुलको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा सुनसरीको गढी गाउँपालिका–२ का ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको हो । शुक्रबारेबाट नहरतर्फ जाँदै गरेको बा ७५ प ३११० नम्बरको मोटरसाइकल मंगलबार साँझ करिब ७ः१० बजे दुर्घटनामा परेको थियो । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकलसहित चालक थान्दार सिमरबना पुलबाट करिब १५ मिटर तल खसेका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि मोरङको बूढीगंगा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.