इटहरी। केही समयअघिसम्म स्तूप, गुम्बा वा बौद्धमार्गीका घरआँगनमा मात्र देखिने ‘लुङ्दर’ पछिल्लो समय हिमाली क्षेत्रका पर्यटकीय स्थलमा समेत प्रशस्त देखिन थालेको छ । रङ्गीचङ्गी कपडामा बौद्ध धर्मका मन्त्र तथा प्रार्थना अङ्कित लुङ्दर हावाको वेगसँगै फहराउँदा धार्मिक आस्थासँगै पर्यटकीय क्षेत्रको सौन्दर्यसमेत बढ्छ । हिमाली जिल्ला ताप्लेजुङका विभिन्न पर्यटकीय क्षेत्रमा पछिल्लो समय लुङ्दर राख्ने व्रmम बढेको छ । विशेष गरी शेर्पा तथा अन्य बौद्धमार्गी समुदायको धार्मिक तथा सांस्कृतिक अभ्यासका रूपमा रहेको लुङ्दर अहिले गुम्बा, स्तूप र घरको शिरमा मात्र सीमित नरही अग्ला डाँडा, पर्यटकीय स्थल, होटेल तथा सार्वजन
इटहरी । बराहक्षेत्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा चक्रघट्टीस्थित जनहित क्लबको सभाहलमा माध्यमिक विद्यालय (कक्षा ११–१२) स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।नगरभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय सहभागी प्रतियोगितामा जीवन ज्योति इङ्लिस स्कुल प्रथम भएको छ। प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने जीवन ज्योतिका बिकेश राउत र कल्पना भट्टराईले नगद ८ हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी राधाकृष्ण संस्कृत माध्यमिक गुरुकुलमका मुकुन्द बस्ती र रोशिश दाहाल द्वितीय भई ६ हजार, जडेज माध्यमिक विद्यालयका जुना बस्नेत र प्रवेश कटुवाल तृतीय भई
इटहरी । चाडपर्व तथा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै सुनसरीको सदरमुकाम इनरुवास्थित बजारमा सोमबार सघन अनुगमन गरिएको छ । अखाद्य तथा म्याद गुज्रेका सामग्री बिक्री भइरहेको जनगुनासो बढेपछि प्रशासन र स्थानीय निकायको संयुक्त टोलीले यो कदम चालेको हो। अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत राकेश मण्डल, जिल्ला प्रशासन कार्यालय सुनसरीका ठकिन्द्र राज दाहाल, ईनरुवा नगरपालिकाका तर्फबाट कुमारी भट्टराई र गीता सुवेदीको उपस्थिति रहेको थियो। त्यसैगरी निजी क्षेत्र र उपभोक्ता अधिकारको प्रतिनिधित्व गर्दै ईनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिराज अटल, कोष
इटहरी । कोशी प्रदेशका विवाहित महिलाहरू लक्षित प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जित्नुभएको छ । असोज १९ गते सोमबार इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजित ग्रान्ड फिनालेमा प्रदेशभरका १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै पेशाले शिक्षिका तथा सञ्चारकर्मी राउतले उपाधि चुम्नुभएको हो । मुख्य उपाधिसँगै उहाँले ‘मिसेस ट्यालेन्ट’को सब–टाइटल समेत हात पार्नुभएको छ । प्रतियोगितामा जमुना दाहाल फस्ट रनरअप, यमुना महत सेकेन्ड रनरअप, सोनी थापा थर्ड रनरअप, मनिका चौधरी अर्गनाइजर च्वाइस र धुर्व कुमारी गुरुङ पब्लिक च्वाइस घोषित हुनुभयो । मुख्य व
इटहरी । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुनसरीको इटहरीमा सञ्चालन भइरहेको ‘सीप तथा रोजगार मेला’ अन्तर्गत सामाजिक सुरक्षा सुनिश्चिततामा सरकार, श्रमिक र रोजगारदाताको भूमिकाका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको मेलामा श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना तथा श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको छ।अन्तरक्रियामा सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपाल, रघुपति जुटमिलका निर्देशक सोमनाथ अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी
इटहरी । थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व जितियाको अवसरमा बर्जु गाउँपालिका–५ मा विशेष कार्यक्रम सम्पन्न भएको छ। महिला संस्कृति संरक्षण समिति बर्जु–५ को आयोजना तथा बर्जु गाउँपालिकाको सह–आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो। समितिकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बर्जु गाउँपालिकाका अध्यक्ष जिवच्छ राय प्रमुख अतिथि, उपाध्यक्ष नितु कुमारी चौधरी विशेष अतिथि तथा वडा नं. ५ का अध्यक्ष अजय चौधरी अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जिवच्छ रायले जितिया पर्व थारू समुदायको मौलिक पहिचान र परम्परासँग जोडिएकाले यसको संरक
इटहरी । शिक्षण सिकाइलाई अझ प्रभावकारी, प्रविधिमैत्री र आधुनिक बनाउने उद्देश्यले सुनसरीमा दुईदिने एआई क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । जिल्ला प्याब्सन सुनसरीको आयोजनामा इटहरीमा आयोजित उक्त कार्यक्रममा जिल्लाभरका २०० भन्दा बढी प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रम जिल्ला प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो। पहिलो दिनको कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सदस्य शैलेन्द्रप्रकाश अधिकारी प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला कोषाध्यक्ष गोपाल निरौलाले गर्नुभएको थियो। तालिममा आइएनजी इम्प्याक्ट काठमाडौ
इटहरी । नेशनल प्याब्सन सुन्दरहरैँचा नगर समितिको आयोजनामा सम्पन्न अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट–२०८३ मा हिमालय इङ्लिस स्कुलले तीनै तहमा प्रथम स्थान हासिल गर्दै आफ्नो वर्चस्व कायम गरेको छ। सुन्दरहरैँचा–१२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई हिमालय इङ्लिस स्कुलले विशेष कार्यक्रमबीच सम्मान गरेको हो। विजयी विद्यार्थीहरूलाई विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनालले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्दै सम्मान गर्नुभयो। खनालले विद्यार्थीको लगनशीलता र मिहिनेतको प्रशंसा गर्दै यस्ता सफलताले अन्य विद्य
इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित गछियामा व्यवस्थित र आधुनिक ‘एसएस फिटनेस’ सेन्टर सञ्चालनमा आएको छ। स्थानीय युवा तथा सबै उमेर समूहका नागरिकलाई स्वस्थ र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले यो सेन्टर सञ्चालनमा ल्याइएको हो। आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच प्रमुख अतिथि एवम् राजनीतिक तथा सामाजिक व्यक्तित्व देवराज तामाङले रिबन काटेर फिटनेस सेन्टरको औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै तामाङले अस्वस्थ खानपान र शारीरिक गतिविधिको कमीले स्वास्थ्य समस्या बढिरहेका बेला नियमित व्यायामलाई जीवनशैलीको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो। एसएस फिटनेसका सञ्चालक सुमन
इटहरी । मोरङको पथरी शनिश्चरेमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप अन्तर्गत भएको दोस्रो क्वार्टरफाइनल खेलमा एनआरटी काठमाडौँले डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब सिरहालाई ३–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी शनिश्चरे–१ स्थित प्रस्तावित रङ्गशालामा भएको खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो हाफमा सहलेस युवा क्लबका जर्सी नम्बर १० का निङमा घिसिङले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि एनआरटीले १–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा एनआरटीले आक्रमणलाई थप तीव्र बनाउँदै खेलको ७९ औँ मिनेटमा जर्सी नम्बर १४ का कृष्ण आलेले गोल गरे। उनको गोलसँगै एनआरटी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.