इटहरी । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइ रहेको ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा केःलाङ प्रस्तुत गरिएको छ । पर्यटनसँगै विविध संस्कृतिको उजागर र प्रवर्धन गर्ने उद्देश्यले तिम्बुङ पोखरी क्षेत्रमा केःलाङ ९च्याब्रुङ नाच० प्रस्तुत गरिएको हो ।तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन ९हाफ म्याराथन० प्रतियोगिताका अवसरमा लिम्बू ९याक्थुङ० जातिको मौलिक संस्कृतिमा आधारित केःलाङ प्रस्तुत गरिएको हो । चार हजारभन्दा बढी उचाइ रहेको भूभागमा पहिलो पटक केःलाङ प्रदर्शन भएको तिम्बुङ पोखरी पर्यटन विकास समितिका अध्यक्ष अमिर राईले दाबी गर्नुभयो । मौलिक संस्कृतिको प्रदर्शनले पनि पर्यटन
इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपीडितलाई २६ लाख रुपियाँ बढी सहयोग गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम सङ्कलन गरी भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका परिवारलाई उक्त रकम सहयोग गरेको हो ।गाउँपालिकाले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका पीडित तथा प्रभावित परिवारका लागि कुल २६ लाख १५ हजार ७४२ रुपियाँ सहयोग गरिएको जनाएको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट रकम सङ्कलन गरी बाढी पीडित परिवारलाई सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्त
सुन्दरहरैंचा : कुनै पनि क्षेत्रको विकास केवल ठूला नारा, भाषण र चुनावी आश्वासनले सम्भव हुँदैन। विकासका लागि स्थानीय आवश्यकता बुझेको, जनताको समस्या नजिकबाट महसुस गरेको र कठिन परिस्थितिमा समेत समुदायसँगै उभिन सक्ने नेतृत्व आवश्यक हुन्छ। पूर्वी मोरङको तीव्र गतिमा विकास भइरहेको सुन्दरहरैंचा नगरपालिकामा सामाजिक तथा सार्वजनिक गतिविधिमा सक्रिय रहँदै आएका नाममध्ये देवराज तामाङ पनि एक हुन्।व्यवसाय, राजनीति र समाजसेवालाई समानान्तर रूपमा अघि बढाउँदै आएका तामाङ पछिल्लो समय स्थानीय तहको नेतृत्वका विषयमा चर्चामा आउन थालेका छन्। व्यवसायिक क्षेत्रमा हासिल गरेको अनुभवसँगै सामाजिक गतिविधिमा देखाउँदै आएको स
इटहरी । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा इटहरीको एटिन डी पाथिभरा इन्टरटेनमेन्टले तीज विशेष कार्यक्रम आयोजना गरेको छ । केही समयअघि इटहरीको सेन्टर प्लाजाको पहिलो तलामा सञ्चालनमा आएको एटिन डी पाथिभरा इन्टरटेनमेन्टले आफ्नै कार्यालय परिसरमा तीज विशेष कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा मार्केटिङ म्यानेजर विकास घिमिरेले केक काटेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा महिलाहरूको सहभागिता रहेको थियो भने उनीहरूले तीजका गीतमा नाचगान गर्दै रमाइलो गरेका थिए । एटिन डी पाथिभरा इन्टरटेनमेन्टले दृश्य सँगै वास्तविक गतिशीलता, हावाको प्रभाव, पानीका छिटा, कम्पन तथा सराउन्ड साउन्ड
इटहरी । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा इटहरी उपमहानगरपालिका–१४ मा बालबालिकाको अधिकार, प्रतिभा र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएका छन्।वडा नम्बर १४ सहित छिमेकी वडाका विभिन्न विद्यालय तथा विद्यार्थीहरूको उल्लेख्य सहभागितामा सामूहिक नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, चित्रकला तथा पिठ्यूँमा किताब राखी तोकिएको दूरी पार गर्ने लगायतका प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफ्नो प्रतिभा तथा सिर्जनात्मक क्षमता प्रस्तुत गरेका थिए।नृत्य प्रतियोगिताअन्तर्गत सिनियरतर्फ श्री पार्वती माध्यमिक विद्यालय इटहरी–१४ प्रथम, मिनिल
इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका ९तीज० पर्वले सांस्कृतिक परम्पराको संरक्षणसँगै महिला अधिकार, समानता र सशक्तीकरणको अभियानलाई थप बलियो बनाउनु पर्ने बताउनुभएको छ।तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले सबैको साझा प्रयास र सहकार्यबाट महिलालाई पूर्णरुपमा अधिकार सम्पन्न बनाउन सकिने उल्लेख गर्नुभएको छ।कोशी प्रदेश तथा स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै कार्कीले तीजका मौलिक मूल्य मान्यता र सांस्कृतिक पक्षलाई संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।उहाँले ती
इटहरी। वराहक्षेत्र नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा प्राप्तिको प्रक्रियामा अघि बढाउन निस्सा वितरणको कामलाई तीव्रता दिएको छ ।नगरपालिकाका ११ वटै वडामा गरी कुल १० हजार ४०७ जना निस्सा पाउने प्रक्रियामा रहेको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अधिकांश वडामा निस्सा वितरण भइसकेको छ भने वडा नम्वर १, ३, ४ र ६ मा वितरण गर्न बाँकी रहेको छ । वराहक्षेत्र नगरपालिका १० ले ३६२ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको वडाध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।नगरपालिकाका प्रशासन प्रमुख मातृका प्रसाद तिवारीका अनुसार बाँकी रहेका चारवटा वडामा
इटहरी । विराटनगर बसपार्कबाट दैनिक दिवा तथा रात्रिकालीन यात्राका लागि ३५ वटा बस काठमाडौँका लागि छुट्थे । त्यति नै सङ्ख्यामा काठमाडौँबाट विराटनगरका लागि समेत यात्रु बोकेर फर्कन्थे । सुविधायुक्त सार्वजानिक यातायात सेवा दिँदै आएका दिवा तथा रात्रिकालीन बस गत भदौ १० गतेदेखि आउजाउ रोकिएर स्ट्यान्डमा थन्किएका छन् । यसको असरमा यात्रु, यातायात व्यवसायीदेखि यातायातमा काम गर्ने मजदुर र कर्मचारीसम्म परेका छन् । भोटेकोशी बाढीपछि अवरोध सडकका कारण ३० सिट क्षमताभन्दा माथिका बसले विराटनगर–काठमाडौँ र काठमाडौँ–विराटनगर यात्रा तय गरेका छैनन् तर हायस, विद्युतीय माइक्रो बस, मिनीबस जस्ता साना सवारी भ
इटहरी। सामान्यतस् सरकारी कार्यालय खुल्ने समय कुर्नुपर्ने झापाका सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालय झापाले आफ्नो कार्यशैली केही फरक बनाएको छ । बिहान बजे नै कार्यालयको ढोका खुल्छ । कर्मचारी काममा जुट्छन् र राष्ट्रिय परिचयपत्र तथा राहदानीका लागि पालो पर्खिरहेका सेवाग्राहीको काम सुरु हुन्छ । बिहान ७ बजेदेखि सेवा सुरु गर्ने यो अभ्यास केवल कार्यालय चाँडो खोल्ने निर्णयमा सीमित छैन । लामो समयदेखि अनलाइन आवेदन गरेर बायोमेट्रिकलगायत प्रक्रियाका लागि पालो कुरिरहेका नागरिकको सङ्ख्या घटाउने उद्देश्य रहेको छ । जिल्ला प्रशासन कार्यालय झापाले अहिले ‘शून्य बाँकी आवेदन अभियान’ सञ्चालन सुरु गर
इटहरी । उदयपुरको बेलका नगरपालिका–८, बोफताङ्गस्थित आहाले डाँडाको जमिन धसिएर शुक्रबार रातिदेखि गएको पहिरो मन्द गतिमा तलतिर निरन्तर बगिरहँदा स्थानीयमा त्रास फैलिएको छ । नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति मदनराज कटुवालले घटनास्थलबाट दिनु भएको जानकारी अनुसार करिब डेढ किलोमिटर जति पहाड पूरै धाँजा परेर जमिन फाटेकोले त्योभन्दा तलतिरको गाउँ र बस्तीमा त्रास फैलिएको हो । डाँडामाथिको जमिनको धरातल फुटेर चिरा चिरा परेर क्रमशः बग्दै जान थालेपछि जोखिम बढेको हो । उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले आहाले डाँडाको पहिरोको सम्बन्धमा केन्द्रीयस्तरको विपत् व्यवस्थापन प्राधिकरणमा आ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.