इटहरी स् सुनसरीको देवानगन्ज गाउँपालिका–७ मा भैँसीको हुलका कारण भएको दुर्घटनामा चार जना घाइते भएका छन्। हुलाकी राजमार्गमा बुधबार साँझ भएको दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।देवानगन्ज गाउँपालिका–१ का करिब ६० वर्षीय सुकल पाल भैँसी चराएर घर फर्कने क्रममा थिए। साँझ करिब ७ बजे भैँसीहरू आपसमा हानाहान गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिने क्रममा भैँसीको हुलले पाललाई धकेलेको थियो। भैँसीको हुलले धकेलिएका पाल सडकमा गुडिरहेको मोटरसाइकलमा ठोक्किन पुगेका थिए। चिमडीबाट हरिनगरतर्फ जाँदै गरेको को १–०२–०५६ प २७७४ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा पालसहित मोटरसाइकलमा सवार तीन जना घाइ
इटहरी स् झापाको बिर्तामोडमा फार्मेसी सञ्चालन गर्दै आएका एक व्यवसायीले आफूलाई चक्कु देखाएर ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।बिर्तामोड नगरपालिका–८ हर्चना, भद्रपुर–बिर्तामोड सडकखण्डमा कुकुरभुक्का पुल नजिकै तिम्सिना फार्मेसी सञ्चालन गर्दै आएका ५१ वर्षीय सूर्यप्रसाद तिम्सिनाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका हुन्। तिम्सिनाले दिएको निवेदनअनुसार भदौ ३० गते साँझ करिब ७ः२० बजे बिर्तामोड–७ पाण्डेचोक बस्ने करिब ५० वर्षीय बसन्त कार्की औषधि खरिद गर्ने बहानामा फार्मेसीमा आएको र मादक पदार्थ सेवन गरेको अवस्थामा हातमा चक्कु बोकेर आफूलाई धम्की दिएको आरोप छ।कार्कीले विग
इटहरी स् इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा वुधवार राति बुलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३७०६ नम्बरको बुलेरो बिहान भित्री सडकखण्डमा पल्टिएको थियो। दुर्घटनामा बुलेरो चालक देउमाई–१ चमैता बस्ने करिब ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।बुलेरो सडकमा पल्टिएपछि चालक बस्नेतलाई सोही गाडीले थिचेको थियो। घटनास्थलमै उनको मृत्यु भएको जानकारी सोमबार बिहान करिब ६ बजे प्रहरी चौकी रक्सेमा पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। ट्राफिक प्रहरीसहित चार जनाको टोली बिहान ७ः५० बजे घटनास्थलमा पुगेर घटनास्थल स
इटहरी । थारु समुदायको महत्वपूर्ण पर्व जितियाको सांस्कृतिक पहिचान प्रवर्द्धनसँगै विवाहित महिलाको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिसेस जितिया–२०२६’ प्रतियोगिताको अभिमुखीकरण कार्यक्रम इटहरीमा सम्पन्न भएको छ।थारु फिल्म एन्ड कल्चरल एसोसिएसन (टीएफसीए) नेपालको आयोजनामा इटहरी–पचरुखीस्थित थारु बसघरामा बुधबार आयोजित कार्यक्रममा प्रतियोगिताका लागि छनोट भएका २२ जना विवाहित महिलाको सहभागिता रहेको थियो। यसअघि सम्पन्न अडिसनमा २६ जना महिलाले सहभागिता जनाएका थिए भने त्यसमध्ये २२ जना छनोट भएका हुन्।कार्यक्रममा थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य मोहनारायण चौधरी प्रमुख अतिथि रहनुभएको
इटहरी स् झापामा गएराति हावाहुरी र वर्षासँगै आएको चट्याङको ठूलो आवाजपछि हृदयाघात भएर एक जनाको मृत्यु भएको छ।कनकाई नगरपालिका–८ मा बस्दै आएका सोमनाथ अधिकारीको चट्याङको ठूलो आवाजपछि हृदयाघात भएर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो। अधिकारीको स्थायी घर बाह्रदशी गाउँपालिका–६, कुमालगाउँ रहेको बताइएको छ।यसैबीच, गएराति आएको हावाहुरी र भारी वर्षाका कारण झापाका विभिन्न स्थानमा विद्युत् सेवा प्रभावित भएको छ। चारपाने चोकको दक्षिणपट्टि हावाहुरीका कारण विद्युत्को पोलसमेत ढलेको छ। अनारमनी वितरण केन्द्रका अनुसार सुरुङ्गा, धुलाबारी र शनिश्चरे फिडरमा समस्या आएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो। केही
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले महिना दिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम लागू औषध गाँजा नष्ट गरिएको छ ।गत साउन–२१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा लोड गरी राखिएको अवस्थामा बरामद गरिएको करिब रु दुई करोड मूल्य बराबरको उक्त गाँजा प्रहरीले आज नष्ट गरेको हो । जङ्गलमा रोकेर राखेको ट्रक शंकास्पद लागेपछि चेक जाँच गर्ने क्रममा गाँजा लुकाएर राखेको अवस्थामा भेटिएको थियो ।जिल्ला प्रहरी कार्यलय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार, प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकमा चालक बस्ने भाग र पछाडि डालाको बीच
इटहरी। गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म ‘दुहुना गाई’ वितरण गरेको छ । नयाँ परिवारलाई गाउँको उत्पादनसँग जोड्ने र पशुपालनबाट आम्दानीको बाटो खोल्ने उदेश्यले यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।गाई दिएर मात्रै परिवारलाई गाउँमा टिकाउन नसकिने निष्कर्षमा पुगेपछि गाउँपालिकाले अब आफ्नो रणनीति फेर्ने भएको छ । ‘दुहुना गाई’ कार्यक्रम हटाएर बसाइँसराइ गरेर आउने परिवारका लागि ‘सुरक्षित आवास’ कार्यक्रम सुरु गरिएको छ । आर्थिक वर्ष २०७७र७८ देखि सुरु भएको दुहुना गाई कार्यक्रमअन्तर्गत पाँच वर्षमा ५० परिवारले लैनो गाई पाएका छन् । पहिलो वर्ष
इटहरी : १४ वर्षमुनिका बालबालिकाको आँखा परीक्षण तथा उपचार अभियान सञ्चालन गरिरहेको रोटरी क्लब अफ इटहरीले बुधबार इटहरी–८ स्थित सरस्वती सतन स्कुलका विद्यार्थीको आँखा परीक्षण गरेको छ ।विद्यालयका कुल २९२ जना विद्यार्थीको आँखा परीक्षण गर्दा ११ प्रतिशत बालबालिकामा आँखासम्बन्धी समस्या देखिएको रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमलाले जानकारी दिए । परीक्षणका क्रममा आँखासम्बन्धी समस्या देखिएका बालबालिकाको आगामी असोज ३ गते शनिबार इटहरी आँखा अस्पतालमा निःशुल्क उपचार गरिने अध्यक्ष धमलाले बताए ।रोटरी क्लब अफ इटहरीले विराटनगर आँखा अस्पतालको सहकार्यमा १४ वर्षमुनिका बालबालिकाको नियमित आँखा परीक्षण तथा उपचार अभि
इटहरी स् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माबाट बेवारिसे अवस्थामा रहेका एक सडक मानवको उद्धार गरिएको छ ।मानसिक सन्तुलन गुमाएर लामो समयदेखि खुला सडकमा जीवन बिताउँदै आएका सोल्मास्थित रबुटोलका ५१ वर्षीय ब्यानबहादुर श्रेष्ठको बुधबार उद्धार गरिएको हो । वडा कार्यालय सोल्माको सिफारिसमा माया घर नेपाल सुनसरीको समन्वयमा श्रेष्ठको उद्धार गरी ‘आफ्नो घर नेपाल’ बिर्तामोड पठाइएको माया घर नेपालका खोटाङ प्रतिनिधि प्रमेश ढकालले जानकारी दिए । श्रेष्ठलाई उद्धार गर्न माया घर नेपाल इटहरीका मेची प्रतिनिधि कौशल भण्डारी, नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, वडा अध्यक्ष ध्रुवविक्रम
इटहरी। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ फावाखोलामा कुकुरको आतङ्क बढेको छ । कुकुरले सर्वसाधारण किसानले पालेका पशुपन्छीमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।फुङ्लिङ नगरपालिका–११ फावाखोलाका वडाध्यक्ष युवराज भट्टराई ९योगेश० का अनुसार पछिल्लो एक सातायता कुकुरले पशुपन्छीमाथि आक्रमण गर्दै आएका छन् । घरपालुवा तथा सामुदायिक ९भुस्याहा० कुकुरले निरन्तर आतङ्क मच्चाएपछि स्थानीयमा त्रास बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार कुकुरले किसानका घरगोठमै पुगेर पशुपन्छीमाथि आक्रमण गर्ने र मारेर खाने गरेका छन् । बुधबार राति फावाखोला तेम्बेवाका स्थानीय दिलबहादुर इजमले पालेको एउटा बाख्रा कुकुरले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.