समाज

    Showing ३,६२१-३,६३० of ११,१३० items.
  • प्रथम माघेमेला गोल्डकपको अन्तिम क्वाटरफाइनलमा लालिगुराँस र झापा आमनेसामने

    इटहरी । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा शनिबार अन्तिम क्वाटरफाइनल खेल सञ्चालन हुने भएको छ । माघे सक्रान्तिको अवसरमा आयोजित गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम र कन्काई स्पोर्टिङ क्लब झापाबिच प्रतिस्पर्धा हुने भएको हो । शनिबारको विजेताले सेमिफाइनलमा वि।सि।एस। मेमोरियल युवा क्लब सावादिनसँग भेट पक्का गर्ने छ । शुक्रबार भएको खेलमा नाम्थोक युवा क्लब पाँचथरलाई ५–४ गोल अन्तरले पाराजित गर्दै सावादिन सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै शुक्रबार नै सम्पन्न भएको दोस्रो खेलमा ड्रिम बोइज एफ।सि। धनकुटाले खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुमलाई ४–२ गोल

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २३१ पटक पढिएको
  • बिर्तामोड– भद्रपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    इटहरी । बिर्तामोड– भद्रपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार राति करिब ८ः१५ बजे बिर्तामोड ८ हर्चना टोलस्थित सडकखण्डमा सैनिकमोडबाट भद्रपुरतर्फ जाँदै गरेको प्र१–०१–०१४ प ५११९ नं। को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो  । मोटरसाइकल चालक भद्रपुर ७ बस्ने ३६ वर्षीय सुदिर निरौला गम्भीर घाइते हुनुभएको थियो । घाइते निरौलालाई बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याइएकोमा उपचारका क्रममा राति ९ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ३, २०८२
    • १९८ पटक पढिएको
  • कोशी प्रदेशका सबै २८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन तयारीका क्रममा कोशी प्रदेशको सबै निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेशमा रहेका १४ वटा जिल्लामा २८ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । यस क्रममा सबै निर्वाचन क्षेत्रमा औपचारिक रूपमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी शुक्रबारबाटै निर्वाचन तयारीसम्बन्धी औपचारिक गतिविधि  प्रारम्भ गरिएको छ । इनरुवा समाचारदाताका अनुसार सुनसरीको तीन स्थानमा चार वटा निर्वाचन अधिकृत कार्यालय उद्घाटन भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन माघ ६ गते हुने भएकाले इनरुवा

    • प्रकाशित मितिः माघ ३, २०८२
    • ३४७ पटक पढिएको
  • अरुण गाउँपालिका प्याउलीद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

    भोजपुर । भोजपुरको अरुण गाउँपालिका प्याउलीद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ। माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका सातवटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ।अरुण गाउँपालिका वडा नम्बर–७ स्थित सिक्रेटारमा रहेको श्री सगरमाथा माध्यमिक विद्यालयको प्राङ्गणमा माघ २ गते आयोजित उद्घाटन समारोह अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको अध्यक्षतामा तथा प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई रहनु भएको थियो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले शिक्षा र खेलकुद क्षेत्रको

    • प्रकाशित मितिः माघ ३, २०८२
    • ४४० पटक पढिएको
  • धनकुटाको लेगुवामा लाग्ने ऐतिहासिक अगुल्टे मेला समापन

    धनकुटा | माघे संक्रान्तिको अवसरमा वर्षौँदेखि धनकुटाको लेगुवा क्षेत्रमा लाग्दै आएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको अगुल्टे मेला यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ।धनकुटा र भोजपुर जिल्लाको संगमस्थलमा पर्ने लेगुवामा हरेक वर्ष माघे संक्रान्तिका दिन आयोजना हुने यो मेला पूर्वी पहाडी क्षेत्रकै प्रमुख धार्मिक तथा सांस्कृतिक मेलामध्ये एकका रूपमा परिचित छ। परम्परागत रूपमा आयोजना हुँदै आएको यो मेलाले स्थानीय संस्कृति, धर्म र सामाजिक एकताको प्रतीकको रूपमा आफ्नो पहिचान बनाउँदै आएको छ।मेलाको अवलोकनका लागि धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका अन्तर्गतका विभिन्न वडासहित छिमेकी पालिकाबाट ठूलो सङ्ख्यामा स

    • प्रकाशित मितिः माघ ३, २०८२
    • २२५ पटक पढिएको
  • भोजपुर टुँडिखेलमा ऐतिहासिक डवली मेला सुरु

    भोजपुर | ‘हाम्रो प्रकृति हाम्रो संस्कृति, पर्यटन नै हाम्रो आर्थिक उन्नती’ भन्ने नाराका साथमा पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा डवली मेला सुरु भएको छ । उज्यालो भोजपुर संस्थाको आयोजनामा आगामी फागुन तीन गतेसम्म मेला सञ्चालन हुनेभएको छ । भोजपुरको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय पहिचान झल्काउने उद्देश्यका साथ ऐतिहासिक भोजपुर डबली मेला आयोजना गरिएको आयोजक उज्यालो भोजपुरका सदस्य देउप्रकाश राईले जानकारी दिनुभयो । उहाँ अनुसार मेलामा स्थानीय उत्पादनको प्रवर्धन, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि फोटो तथा भिडियो प्रदर्शनी, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, विभिन्न राष्

    • प्रकाशित मितिः माघ २, २०८२
    • ४६४ पटक पढिएको
  • कार्यालयमा अचानक बेहोस भई ढलेका सशस्त्र प्रहरी निरीक्षक घिमिरेको उपचारको क्रममा निधन

    झापा । सशस्त्र प्रहरी बल, नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक घनश्याम घिमिरेको उपचारका क्रममा निधन भएको छ।२०८२ कार्तिक १ गते बिहान करिब १०:३० बजे शिक्षालय परिसरभित्र ब्यारेकबाट कार्यालय भवनतर्फ जाने क्रममा उनी अचानक बेहोस भई ढलेका थिए। लगत्तै उनलाई उपचारका लागि दमकस्थित निम्स अस्पताल लगिएको थियो।उक्त अस्पतालमा प्रारम्भिक उपचार तथा सिटी स्क्यानपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि मोरङको विराटनगरस्थित बिराट नर्सिङ होममा लगिएको थियो। सोही दिन दिउँसो करिब २:२० बजे उनको टाउकोको शल्यक्रिया गरी स्नायु सम्बन्धी कक्षमा राखेर उपचार गरिएको थियो।उपचारकै क्रममा स

    • प्रकाशित मितिः माघ २, २०८२
    • २३१ पटक पढिएको
  • पौवादुङमामा ‘पञ्चकन्या स्मृति पार्क’ उद्घाटन : भोजपुरका इतिहास निर्माता पाँच क्रान्ति योद्धाको शालिक

    भोजपुरको ऐतिहासिक, सामाजिक र राजनीतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यसहित पौवादुङमा गाउँपालिका–स्थित च्याङ्ग्रे पोखरी परिसरमा ‘पञ्चकन्या स्मृति उद्यान (पार्क)’ को औपचारिक उद्घाटन गरिएको छ। यो उद्यान भोजपुरलाई इतिहास, समाज सुधार र राजनीतिक आन्दोलनमार्फत राष्ट्रिय तहमा चिनाउन योगदान पु¥याएका सामाजिक अभियन्ता तथा क्रान्ति योद्धाहरूको सम्मान स्वरूप निर्माण गरिएको हो। उद्यानमा भोजपुर जिल्लाको पहिचान निर्माणमा ऐतिहासिक भूमिका खेलेका बालागुरु षडानन्द अधिकारी, नारी चेतना र सामाजिक सुधार आन्दोलनकी अगुवा योगमाया न्यौपाने, वि.सं. २००७ सालको राजनीतिक परिवर्तनमा अग्रपंक्तिमा रहेर योगदान पु¥याएका क्रान्ति

    • प्रकाशित मितिः माघ २, २०८२
    • २३४ पटक पढिएको
  • ताप्लेजुङमा निर्वाचन प्रहरीमा मागअनुसार आवेदन परेन

    इटहरी। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि ताप्लेजुङमा मागभन्दा कम आवेदन ९दरखास्त० परेको छ । आवेदनका लागि गएको शुक्रबारदेखि बिहीबारसम्म तोकिएको समयावधिमा मागभन्दा कम आवेदन परेको हो ।ताप्लेजुङमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाबाट निर्वाचन प्रहरीको आवेदन लिने कार्य भइरहेको छ । आवेदनका लागि पहिलो पटक तोकिएको समयावधिमा मागअनुसार निर्वाचन प्रहरीका लागि आवेदन नपरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जटाशङ्कर यादवअनुसार जिल्लाका लागि निर्वाचन प्रहरीको कोटा

    • प्रकाशित मितिः माघ २, २०८२
    • २९९ पटक पढिएको
  • सङ्खुवासभामा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

    इटहरी । सङ्खुवासभामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकाम खाँदबारीस्थित जिल्ला हुलाक कार्यालयको भवनमा शुक्रबार कार्यालय स्थापना गरिएको हो ।जिल्ला समन्वय समिति प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालाहरुको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो । तोकिएकै समयमा निर्वाचन हुने माथिल्लो निकायबाट जानकारी प्राप्त भएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले अनुरोध गर्नुभयो । जिल्लामा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैले सकारात्मक भूमिका खेल्न उहाँले अनुरोध गर्नुभयो ।मुख्य निर्वाचन अधिकृतको कार्यालय स्

    • प्रकाशित मितिः माघ २, २०८२
    • ३०१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]