समाज

    Showing ३,३५१-३,३६० of ११,१३० items.
  • खोटाङको दिप्लुङमा विवाह भोजपछि सामूहिक बिरामी, फुडपोइजनको आशङ्का

    इटहरी। खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि घटनाको अवस्था बुझ्न कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली आज यहाँ आएको छ । विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्नेजस्ता समस्या निवारण नभएपछि सो टोली घटनास्थल दिप्लुङ आएको हो । दिप्लुङकै निगालावासस्थित भञ्ज्याङका रामकुमार राईको घरमा स्वास्थ्य शिविर आयोजना गरेर उपचारको प्रबन्ध मिलाइए पनि बिरामीको चाप अधिक बढेपछि कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय विराटनगरको टोली झिकाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बत

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २६६ पटक पढिएको
  • फिदिममा अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार वितरण, तीन स्रष्टा सम्मानित

    इटहरी । लेखक साहित्यकार तथा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय अमर नेम्वाङको स्मृतिमा स्थापित ‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ तीन जना स्रष्टालाई प्रदान गरिएको छ । सोमबार फिदिममा एक समारोहको आयोजना गर्दै पुरस्कार वितरण गरिएको हो ।पुरस्कृत हुनु हुने स्रष्टामा निबन्धकार तथा पत्रकार दीपक सापकोटा, कवि देवेन्द्र सोक्तेन र लिम्बू याक्थुङ भाषाका साहित्यकार मलिसा याक्थुम्बा हुनुहुन्छ । यो वर्ष वितरण गरिएको पुरस्कार सातौँ संस्करणको हो । पुरस्कार स्वरूप प्रत्येक स्रष्टालाई जनही ५० हजार रुपियाँ नगदसहित कदरपत्र र दोसल्ला ओढाएर प्रमुख अतिथीको आसनबाट साहित्यिक तथा राजनैतिक व्यक्

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २२३ पटक पढिएको
  • मुलकको सम्वृद्धि र विकासको लागि एमालेको नीति जनताले बुझेकाले जित निश्चित : अध्यक्ष ओली

    इटहरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ पछि एमालेले जनताको अभिमत लिएर सरकार बनाउने दाबी गर्नुभएको छ । उहाँले मुलकको सम्वृद्धी र विकासको लागि एमालेको नीति जनताले बुझेकाले जित निश्चित रहेको जनाउँदै यस्तो दाबी गर्नुभएको हो ।झापा क्षेत्र नं। ५ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार समेत रहनुभएका ओलीले सोमबार गौरीगन्जमा भएको मतदाता भेटघाट कार्यक्रममा बोल्दै भदौ २३ गतेको घटना दुखद भएको र २४ गतेको बिध्वंसले मूलकको अर्थतन्त्र नै धेरै पछि परेको जनाउनुभयो । कसलाई मतदिने मतदाताको नीजि अधिकार भएको ओलीको भनाइ छ ।  कसैको लैलैमा लागेर मतदान नगर्न अनुरोध गर्दै उहाँले मत

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २५३ पटक पढिएको
  • मोरङमा प्रतिनिधि सभा निर्वाचनको लागि सामग्री प्याकिङ सुरु

    इटहरी ।  फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको लागि मोरङमा निर्वाचन सामग्री प्याकिङ गर्न थालिएको छ । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा ३७ प्रकारका मतदान सामग्रीहरु प्याकिङ शुरु गरिएको र निर्वाचन आयोगबाट उपलब्ध हुने सामग्री प्राप्त भएपछि सबै सामग्री एकमुष्ट मतदान अधिकृतहरुलाई वितरण गरिने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । ३७ प्रकारका मतदान सामग्रीमा अनुसूचि फारम, परिचय पत्र, सियो धागो, लाहा, स्वस्तिक छाप, मतपत्र प्याकिङ गर्ने झोला लगायतका सामग्री रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो । उहाँले ३७ प्रकारका सामग

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १८१ पटक पढिएको
  • झापामा मतदानस्थलको अनुगमन सुरु

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापामा मतदान केन्द्र तथा स्थलहरूको संयुक्त अनुगमन सुरु भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, झापाका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेल लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीले मतदानस्थलहरुको अनुगमन सुरु गरेको हो । निर्वाचनलाई भयरहित, शान्त र निष्पक्ष वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाका मतदान स्थलहरूलाई तीन तहमा वर्गीकरण गरिएको र त्यसै अनुसार सुरक्षा व्यवस्था मिलाइने प्रमुख जिल्ला अधिकारी गेलालले जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालका अनुसार ५ निर्वाचन क्षेत्र रहेको झापामा २८

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २५९ पटक पढिएको
  • तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद सुनसरीको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

    इटहरी । तमु (गुरुङ) समुदायहरूको साझा संस्था तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरीको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशन तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ (डीबी कोके गुरुङ) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ, केन्द्रीय सदस्यहरू बलिमान गुरुङ र दिव्यराज गुरुङ, कोशी प्रदेश अध्यक्ष होम घले, साथै पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष भद्रमान गुरुङको विशेष उपस्थिति रहेको थियो । अधिवेशनले दिलीप गुरुङको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १४४ पटक पढिएको
  • भ्रम र चेतनाको कमीले खोप अभियानमा चुनौती, किशोरीहरूलाई HPV खोपमा समेट्न जोर

    इटहरी । नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर रोकथाम र न्यूनीकरण गर्नका लागि किशोरीहरूलाई लक्षित गरी ह्युमन प्यापिलोमा भाइरस’ ९एचपिभी० विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । सरकारी प्राथमिकता भएपनि समुदायमा व्याप्त विभिन्न भ्रम, चेतनाको अभाव र समन्वयको कमीका कारण यो अभियानले सोचेअनुरूपको सहयोग पाउन सकेको छैन । विशेषगरी अभिभावक र कतिपय विद्यालयहरूले यस अभियानलाई गम्भीरतापूर्वक नलिँदा लक्षित किशोरीहरूलाई खोपको दायरामा ल्याउन चुनौतीपूर्ण देखिएको हो ।विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभर महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर चौथो ठूलो समस्या हो भने नेपालमा यो दोस्र

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १८८ पटक पढिएको
  • लर्डबुद्ध साकोसको २४ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न

    इटहरी । मोरङ्गको पथरी शनिश्चरे वडा नं २ को लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो २४ औं स्थापना दिवस मनाएको छ । उक्त सहकारी संस्थाले आइतबार बुद्धचोकमा स्थापना दिवसका अवसरमा एक विशेष समारोहको आयोजना गर्दै मनाएको हो । सोहि समारोहमा संस्थाद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने छात्र छात्राहरू क्रमश ः अङ्किता तामाङ ( चन्द्र किरातेश्वर मावि), राशी कार्की ( बाल्मिकी मेमोरियल सेकेन्डरी स्कुल), नुमाफुङ सुब्बा ( रेडस्टार अङ्ग्रेजी मावि) , रेनासा राई  ( पञ्चायत मावि) र सरगम ढुंगेल ( न्यू पेगोडा बोर्डिङ

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २३१ पटक पढिएको
  • झापा–२ मा डिजिटल चुनावी अभियान : निवर्तमान सभामुख घिमिरे द्धारा मतदाताबाट प्रत्यक्ष सुझाव संकलन

    इटहरी । झापा क्षेत्र नं २ बाट नेकपा ९एमाले० कोे तर्फबाट उम्मेदवार रहनुभएका निबर्तमान सभामुख देवराज घिमिरेले आफ्नो चुनावी अभियानलाई प्रविधिमैत्री बनाउन र यहाँको समस्याबारे मतदाताहरुसँग सुझाव संकलन थाल्नुभएको छ ।निवर्तमान सभामुख समेत रहेका घिमिरेले यस पटक मतदाताका घरदैलोमा पुग्ने परम्परागत शैलीसँगै डिजिटल माध्यमलाई पनि सशक्त रूपमा प्रयोग गर्ने बताउनुभएको छ ।  उम्मेदवार घिमिरेले आफ्नो चुनावी प्रतिबद्धतापत्र ९घोषणापत्र० तयार पार्न स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागिता आफूले खोजेको बताउनुभयो । यसका लागि उहाँले क्युआर कोड र वेबसाइट लिङ्क सार्वजनिक गर्दै झापा क्षेत्र नं २ का मतदाताहरूसँग सुझाव आ

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १८१ पटक पढिएको
  • सुनसरी–४ का मतदाताले उम्मेदवारसँग बाढी नियन्त्रण, कोशी टप्पु विकास र रोजगारीमा प्रतिवद्धता मागे

    इटहरी। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताहरुले दशकौंदेखि सुनसरी खोलाको बाढी, कोशी बाढी प्रभावित र सडक सञ्जाल, कोशी टप्पुबाट निस्कने जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्न उम्मेदबारहरुसँग माग गरेका छन् । नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतलाई भोक्राहा नरसिंह गाउँपालिका ५ टपराका स्थानीयहरुले गाउँमा बोलाएर वर्षेनी हैरान गर्ने र दुख दिने सुनसरी खोला तटबन्ध निर्माण, बाढी नियन्त्रण र युवालाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न के योजना रहेको प्रश्न गर्दै आफूहरुको समस्या सामाधानको ग्यारेटीको माग गरेका छन् । कुसियैतलाई स्

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]