समाज

    Showing २,६५१-२,६६० of ११,१२२ items.
  • झापामा नवजात शिशु बेवारिसे अवस्थामा फेला

    इटहरी । झापामा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ । आज बिहान करिब ६ः१० बजेको समयमा कमल गाउँपालिका–३ स्थित केर्खामा स्थानीय एक व्यक्तिको घर नजिकै रहेको करेसाबारीभित्रको मकैबारीमा भर्खरै जन्मिएको (बालिका) शिशु बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उक्त शिशुलाई सोही घरधनीका छोरा ४८ वर्षीय लीलाराज थापाले देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा शिशुको उद्धार गरेको हो। उद्धारपश्चात् शिशुलाई उपचारका लागि दमकस्थित किओच बाल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बता

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १७९ पटक पढिएको
  • गोलभेडाले सुनसरीको टापुका किसानलाई राम्रो आम्दानी

    इटहरी । बेमौसममा गोलभेडा उत्पादन गरेर पूर्वी नेपालका सहरमा राम्रो बजार पाएको सुनसरीको श्रीलङ्का टापुमा उत्पादित गोलभेडाले यस सिजनमा पनि राम्रो भाउ पाएको छ। मङ्सिर महिनादेखि नै उत्पादन सुरु गरी राम्रो मूल्यमा बिक्री हुँदै आएको टापुको गोलभेडा चैतको दोस्रो सातासम्म पनि आकर्षक मूल्यमा बिक्री भएको कृषक अनिल चन्द्रवंशीले बताउनुभयो। उहाँका अनुसार मङ्सिरमा प्रतिकेजी ८५ रुपियाँसम्म पुगेको गोलभेडा अन्य वर्ष सिजनमा दुई–तीन रुपियाँमा पनि बिक्री गर्न कठिन हुने गरेको थियो। यसपटक भने चैतको दोस्रो सातासम्म पनि प्रतिकेजी २५ रुपियाँमा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो। श्रीलङ्का टापुमा उत्पादित गोलभेडा पूर्

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १५३ पटक पढिएको
  • ताप्लेजुङमा आयोजना गरिएको वज्रगुरु मन्त्रजप पूजा सम्पन्न

    इटहरी ।  विश्वशान्ति तथा मानव एकताको कामनासहित ताप्लेजुङमा आयोजना गरिएको वज्रगुरु मन्त्रजप पूजा सम्पन्न भएको छ । सदरमुकाम फुङलिङ बजारनजिक सुकेटार क्षेत्रमा आयोजना गरिएको तीनदिने मन्त्रजप पूजा सम्पन्न भएको हो । बौद्ध धर्ममा आधारित बृहत् पूजा वज्रगुरु मन्त्रजपको यस पटक सातौँ संस्करण आयोजना गरिएको हो । गएको बिहीबार सुरु भएको मन्त्रजप पूजा विविध धार्मिक गतिविधि गर्दै सम्पन्न भएको छ । ताप्लेजुङ वज्रगुरु मन्त्रजप पूजा मूल आयोजक समितिका सदस्यसचिव पासाङ रिता शेर्पाका अनुसार विगत वर्षमा झैँ यस वर्ष पनि पूजा भव्य रूपमा सम्पन्न भएको छ । पूजामा १३ औँ अवतारी कुन्दोलिङ ताक्छाक रिन्पोछे प्रमुख लामाका रू

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १०५ पटक पढिएको
  • उद्योग वाणिज्य सङ्घ इनरुवाको आयोजनामा दुई दिवसीय नापतौल शिविर सुरु

    इटहरी । सुनसरीको इनरुवामा उद्योग वाणिज्य सङ्घ इनरुवाको आयोजनामा दुई दिवसीय नापतौल शिविर सुरु भएको छ । इनरुवा उवासङ्घको कार्यालयमा दुई दिने नापतौल शिविर सञ्चालन भएको सङ्घका इनरुवा अध्यक्ष वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । आइतबार सुरु भएको शिविर सोमबार चैत १६ गते सम्म सञ्चालन हुने छ ।  व्यवसायीहरूको माग र सेवाग्राहीको हितलाई ध्यानमा राखेर गुणस्तर तथा नापतौल कार्यालय मोरङले इनरुवा उद्योग वाणिज्य सङ्घसँगको समन्वयमा विभिन्न व्यापारिक क्षेत्रहरूमा पुगेर नापतौल शिविर सञ्चालन गर्दै आएकोमा इनरुवामा पनि शिविर गरेको छ ।  इनरुवा उद्योग वाणिज्य सङ्घको सहजीकरणमा भएको शिविरमा ढक, तराजु, ल

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १६६ पटक पढिएको
  • धनकुटामा ओली पक्राउ विरुद्ध एमालेकोे विरोध

    इटहरी । नेकपा एमाले धनकुटा जिल्ला कमिटीले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै विरोध गरेको छ । एमाले जिल्ला कमिटी धनकुटाले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापन पत्र पठाउँदै ओलीलाई पक्राउ गरिएको घटनालाई “प्रतिशोधपूर्ण र असंवैधानिक कदम” भएको आरोप लगाएको छ । प्रधानमन्त्रीलाई पठाइएको विरोध–पत्रमा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा गरिएको पक्राउलाई लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख गरिएको छ । एमालेले नवगठित सरकारले सुरुदेखि नै देशलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने काम गरेको दाबी गरेको छ । पत्रमा भदौ २३

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १५० पटक पढिएको
  • नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

    काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन हुनुभएको भएको छन्।आइतबार बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई नेता चयन गरेको हो। भरखरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सहित १७ सिट जितेको थियो।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १६८ पटक पढिएको
  • ‘सत्यका लागि गाली खान तयार छु, सिंहदरबारका भित्ताहरुलाई न्याय मिल्नुपर्छ’ हर्क साम्पाङ

    इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सत्यका पक्षमा उभिँदा जति गाली आए पनि सामना गर्न तयार रहेको बताउनु भएको छ। उहाँका अनुसार हालै दिएको अभिव्यक्तिमा  समाजमा व्याप्त झुट र अन्याय अन्त्य गर्न आफू प्रतिबद्ध रहनु भएको छ। उहाँले झुटो समाजलाई सत्यवादी समाजमा रूपान्तरण गर्ने लक्ष्य राखेको बताउँनु भएको छ । साम्पाङले समग्र देशका लागि न्याय आवश्यक रहेकोमा जोड दिँदै सिंहदरबारलाईसमेत संकेत गर्दै राज्य संयन्त्रभित्र सुधारको आवश्यकता औंल्याउँनु भयो।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १८५ पटक पढिएको
  • मेघा कलेजलाई बास्केटबल प्रतियोगिताको उपाधि

    इटहरी। धरान उपमहानगरमा लागूऔषधविरुद्ध जनचेतनाका लागि भएको प्रदेश स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा कलेजले चुमेको छ ।धरान–१६ स्थित रङ्गशालामा रहेको इन्डोर बास्केटबल कोर्टमा सम्पन्न खेलमा मेघा कलेजले हिमशिखर कलेज तरहरालाई १७–१५ स्कोरको अन्तरले पछि पार्दै उपाधि जितेको हो । केवाइसी पुनर्जीवन केन्द्रले लागूऔषधविरुद्ध जनचेतना जगाउने उद्देश्यले आयोजना गरेको उक्त बास्केटबल प्रतियोगितामा हिमशिखरले होलील्याण्ड स्कुललाई र धरान मेघा कलेजले सुनाखरी स्कुललाई हराउँदै फाइनलमा पुगेको थियो । विजेता मेघा कलेजले उपाधिसँगै २५ हजार, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता हिमशिखर कलेजले नगद

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १६९ पटक पढिएको
  • ओली, देउवा र प्रचण्डको सम्पत्ति छानविन अघि बढ्यो, दोषी ठहर भए जेल जाने

    काठमाडौँ । बालेन सरकारले केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाको सम्पत्ति छानविनको प्रक्रिया अगाडी बढाएको छ । तीन जना नै पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानविन प्रक्रिया अगाडी बढाइएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस प्रक्रियालाई अगाडि बढाएको हो । बालेन सरकारले केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाको सम्पत्ति छानविनको प्रक्रिया अगाडी बढाएको छ । तीन पूर्व प्रधानमन्त्रीसहित पूर्वमन्त्रीद्वय आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेको चल, अचल सम्पत्ति र आम्दानीको स्रोतमाथि पनि प्रश्न उठाइएको छ

    • प्रकाशित मितिः चैत १५, २०८२
    • २१४ पटक पढिएको
  • ओली र लेखकलाई १० दिन थुनामा राख्न माग, बहस जारी

    काठमाडौं । भदौ २२ गते भएका घटनामा अनुसन्धान गर्न पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राख्न माग गरिएको छ। उनीहरूलाई म्याद थपको निम्ति आइतबार बिहान काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो। न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा अहिले बहस जारी छ। स्वास्थ्य समस्याका कारण टिचिङ अस्पताल महाराजगन्ज भर्ना भएका ओलीलाई भर्चुअल रूपमा अदालतमा पेस गरिएको थियो भने लेखकलाई भौतिक रूपमै अदालतमा लगिएको थियो। सरकारी वकिलको कार्यालयले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको छ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १७६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]