समाज

    Showing २,३५१-२,३६० of ११,१२२ items.
  • सङ्खुवासभामा जिल्ला प्रशासन कार्यालयद्वारा एकद्वार सेवा प्रणाली सुरु, नागरिकता र राहदानी सेवा अब एउटै स्थानबाट

    इटहरी । सङ्खुवासभा  जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई सहज, छरितो र नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ ।सो प्रणालीमार्फत नागरिकता, राहदानीलगायत महत्त्वपूर्ण सेवा अब एउटै स्थानबाट उपलब्ध गराइने भएको छ । सेवाग्राहीले अब विभिन्न शाखा धाउनुपर्ने झन्झट समाप्त भएको छ । एकद्वार प्रणालीमार्फत सेवा प्रवाह लागू गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् ।सेवाग्राहीलाई सहजीकरणका लागि सहायता कक्षसमेत सञ्चालन गरिएको छ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन प्रशासनिक निकायहरूमा एकद्वार सेवा प्रणाली लागू गर्ने नीति अघि सारेको

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • १०५ पटक पढिएको
  • सुनसरीमा भन्सार छली गरी ल्याइएका ३ लाख ७१ हजार ६ सय बराबरका लत्ता कपडा विभिन्न स्थानबाट बरामद

    इटहरी । सुनसरी प्रहरीले विभिन्न मितिमा अवैध रूपमा भन्सार छली गरी ल्याउँदै गरिएको लत्ता कपडा नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले बरामद गरेका कपडाहरू आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको जनाएको छ।प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट ५० हजार बराबरको लत्ता कपडा बरामद गरिएको छ। यसैगरी इलाका प्रहरी कार्यालय दुहबीले २ लाख ११ हजार ५ सय बराबरको कपडा नियन्त्रणमा लिएको छ।त्यसैगरी, इलाका प्रहरी कार्यालय देवानगञ्जले ३३ हजार ५ सय र सीआरभी सोनापुरले ७६ हजार ६ सय बराबरको लत्ता कपडा बरामद गरेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • १०१ पटक पढिएको
  • ओखलढुङ्गामा झाक्रीढुङ्गा कुँदेर ‘झाक्रेश्वर महादेव’ निर्माण

    इटहरी। ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका–११ स्थित कमेरे डाँडामा झाक्रीढुंगा ९पहरा० कुँदेर शिवको मूर्ति बनाइएको छ । विशाल शिव मूर्ति अहिले धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । करिब एक करोड २० लाख रुपियाँ लागतमा निर्माण गरिएको ४५ फिट अग्लो उक्त ‘झाक्रेश्वर महादेव’ मूर्तिको प्राण प्रतिष्ठापछि यस क्षेत्र थप चर्चामा आएको छ । स्थानीयवासीको पहलमा निर्माण गरिएको मूर्ति २०८० साल मंसिर ६ गतेदेखि सुरु भई २०८३ साल वैशाख ६ गते सम्पन्न भएको हो । वैशाख ६ र ७ गते भव्य धार्मिक अनुष्ठानसहित मूर्तिको उद्घाटन गरिएको थियो भने वैशाख ८ गते तीन दिने विशेष पूजा तथा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • ६४ पटक पढिएको
  • विराटनगर भन्सारबाट भित्रिएको चिनियाँ स्याउ सुनसरी–मोरङका नाकाबाट भारततर्फ अवैध निकासी हुने आशंका

    इटहरी  । विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को साउनदेखि २०८२ चैत ३० सम्ममा दुई करोड ११ लाख ३२ हजार ९९५ केजी स्याउ भित्रिएको छ । भन्सार कार्यालय विराटनगरका अधिकृत विमलदेव साहका अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा दोब्बरले बढी हो । जबकि गत वर्षको यही अवधिमा विराटनगर भन्सार नाकाबाट ९७ लाख ४६ हजार ६८४ केजी मात्रै भित्रिएको थियो । भन्सार विभागको यही अवधिको तथ्याङ्क अनुसार देशभरका नाकाबाट चालु आवमा चीनबाट मात्रै छ करोड तीन लाख ३४ हजार ८१७ केजी स्याउ भित्रिएको छ । देशभरका भन्सार नाकाबाट भित्रिएकोमध्ये विराटनगर भन्सारबाट मात्रै ३५ प्रतिशत स्याउ आएको देखिन्छ । त

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • १३५ पटक पढिएको
  • खोटाङको रावा बेसी गाउँपालिकामा सामुदायिक विद्युतको विकृति चुलिँदै

    इटहरी। २०६७ सालमा गाउँमा विद्युत पुगेपछि खुशी भएका खोटाङको रावा बेसी गाउँपालिकाका नागरिकलाई अहिले सोही विद्युत सेवाले झन्झट बढाएको छ। सामुदायिक विद्युतीकरणमा विकृति मौलाउँदा र गुणस्तरीय सेवा नहुँदा उपभोक्ताहरू असन्तुष्ट बनेका हुन्। दुवेकोल सामुदायिक संस्थाबाट रावा बेसी गाउँपालिका–१ कुभिण्डे, वडा नं। ४ डुम्रेधारापानी, वडा नं। ५ दुवेकोल तथा छिमेकी ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी र वडा नं। ६ ज्यामिरेमा विद्युत वितरण भइरहेको छ। उक्त क्षेत्रमा नेपाल सरकारले तोकेको भन्दा बढी महसुल लिने, समयमा मिटर रिडिङ नगर्ने, भोल्टेज समस्या हुने, मर्मतसम्भार समयमा नहुने तथा संस्थाभित्र अनियमितता रहेको उपभोक्ताहरूक

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • १३७ पटक पढिएको
  • करिब ३३ तोला चाँदीसहित विराटनगर विमानस्थलबाट एक पक्राउ

    इटहरी । विराटनगर विमानस्थलबाट काठमाडौँ जाँदै गरेको अवस्थामा करिब ३३ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेका अनुसार चाँदी बोकेर विमानस्थलको मार्ग हुँदै काठमाडौँ जान लागेका विराटनगर–१ का ४४ वर्षीय आशिष रिजाललाई पक्राउ गरिएको हो। विमानस्थलमा नियमित चेकजाँचका क्रममा रिजाललाई पक्राउ गरेको विमानस्थलका प्रहरी नायब निरीक्षक राजेन्द्र तिम्सिनाले जानकारी दिए।उनका अनुसार मंगलबारको बजार मूल्यअनुसार बरामद भएको चाँदी एक लाख ७० हजार रुपैयाँभन्दा बढीको छ।बिलबिजक वा वैध कागजात नभेटिएपछि प्रहरीले रिजाललाई पक्राउ गरेको ज

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १८४ पटक पढिएको
  • एम्नेस्टीको प्रतिवेदनः नेपालमा शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रता संकुचित

    काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले सन २०२५ मा नेपालमा शान्तिपूर्ण भेला हुन पाउने स्वतन्त्रता संकुचित भएको जनाएको छ । मंगलबार काठमाडौंमा विश्व मानवअधिकारको अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनलले सन २०२५ मा अभिव्यक्ति स्वतन्त्रता माथि प्रहार भएको, सत्य, न्याय र परिपूर्णको अधिकार असम्बोधित रहेको, जातीय विभेद कायम रहेको जनाएको हो । त्यस्तै आप्रवासी श्रमिकहरू माथि ठगी र दुव्र्यवहारहरू अझै जारी रहेको र आदिवासी जनजातिहरूको अधिकार माथि प्रहार भएको एम्नेस्टीको प्रतिवेदनमा उल्लेख छ । माओवादी सशस्त्र द्वन्द्वको क्रममा भएको गम्भीर मानवअधिकार उलंघनका पीडितहरुलाई सत्य, न्याय र परिपूरण प्रदान

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • २४८ पटक पढिएको
  • बिचौलियाको हस्तक्षेपले केरा महँगो, न्यूनतम समर्थन मूल्य तोक्न महासंघको माग

    इटहरी । नेपाल केरा उत्पादक महासंघले केराको बजारीकरणका क्रममा बिचौलियाको हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किसानले बारीबाट बेच्दा भन्दा बजारमा पाँच गुणा सम्म महङ्गोमा केरा बिक्रि बितरण भइरहेको भन्दै बजारमा देखिएको बिचौलियाको अत्याधिक हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको हो । किसानले बारीबाट स्थानीय जात(मालभोग) ७० देखि ८५ प्रति दर्जन र हाइव्रिड जातको ५० देखि ६० प्रतिदर्जनमा बिक्रि गरिरहेको महासंघले जनाएको छ । तर त्यहि केरा आम उपभोक्ताले ३५० देखि ४ सय रुपैया सम्ममा किन्नुपर्ने अवस्था बिचौलिका कारण नै आएको महासंघका अध

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • २५५ पटक पढिएको
  • हर्क साम्पाङको ३३ बुँदे प्रतिवद्धतापत्र– सैन्य रणनीतिक सम्झौता नगर्ने, अभिव्यक्ति स्वतन्त्रता ग्यारेन्टी

    इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न उचित हुने बताउनुभएको छ ।मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष साम्पाङले गृहमन्त्रीका बिषयमा पटक पटक विवाद उत्पन्न भइरहेको अवस्थामा मार्गप्रशस्त गर्न उचित हुने बताउनुभएको हो । उहाले सुशासन कायममा सरकारले काम गर्ने कोशीस गरिरहेकाले प्रतिक्रिया दिन हतार नगर्ने समेत बताउनुभयो । अध्यक्ष साम्पाङले सरकारले माग गरे बमोजिम आफ्नो पार्टीले ३३ बुँदे सुझाव पत्र प्रस्तुत गरेको जानकारी दिनुभयो । श्रम संस्कृतिले अत्यावश्यक आधारभूत आवश्यकताका मूल्य मान्यता बनाइराख्ने, जनजीवनलाई सामान्य बनाइराख्न आवश्यक भूमिका खे

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १८४ पटक पढिएको
  • भोजपुरको हतुवागढी–२ लुङ्गिनमा बगाले थापा क्षेत्री कल्याणकारी परिषद भोजपुरको नयाँ भवन उद्घाटनसहित अधिवेशन सम्पन्न

    इटहरी । बगाले थापा क्षेत्री कल्याणकारी परिषद भोजपुरको १४ औं वार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सोमबार परिषदका केन्द्रीय अध्यक्ष प्रल्हाद थापाको प्रमुख आतिथ्यतामा हतुवागढी गाउँपालिका वडा नम्बर २ लुङ्गिन स्थित जिल्ला शाखाको नवनिर्मित भवन उद्घाटनसँगै अधिवेशन सम्पन्न गरिएको हो । दुई तले उक्त भवन प्रदेश सरकारबाट २७ लाख, गाउँपालिका र वडाबाट १२ लाख र बाँकी रकम बगाले थापा समुदायबाट सङ्कलन गरी कुल ६९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको परिषदले जनाएको छ । शुभकामना मन्तव्यका क्रममा बोल्दै कोशी प्रदेशका पूर्वराज्यमन्त्री एवं प्रदेश सांसद सिर्जना राईले ग्रामीण क्षेत्रको विकासका लागि

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • २७७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]