इटहरी । परिवारको सुखका लागि छ वर्षअघि विदेश गएका सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ४१ वर्षीय शम्भु खड्का अहिले आफ्नै जीवन बचाउन अरूको सहयोगको प्रतीक्षामा छन् ।दुवै मिर्गौला फेल भएपछि उपचाररत शम्भुको परिवारले उपचारका क्रममा भएको सम्पूर्ण जायजेथा खर्च गरिसकेपछि थप उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको छ । छ वर्षदेखि अफ्रिकी मुलुक मौरिससमा रोजगारी गर्दै आएका शम्भु गत माघदेखि बिरामी परेका थिए । मधुमेह र उच्च रक्तचापका कारण बिरामी परेका उनको सुरुमा मौरिससमै उपचार भइरहेको थियो । वैशाखमा स्वास्थ्य अवस्था गम्भीर बनेपछि परिवारले करिब नौ लाख रुपैयाँ खर्च गरेर उनलाई नेपाल ल्याएको उनका वृद्ध बुबा नगिन्
इटहरी। मोरङको बेलबारी नगरपालिका–१ नक्सलबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ पानी ट्याङ्कीमा बस्ने २३ वर्षीय जके भन्ने बामदेव दर्जी र सोही स्थानका २६ वर्षीय सबिन सूर्य मगर रहेका छन् । प्रहरीका अनुसार आज बिहान करिब ५ः४० बजे दर्जीको घरमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर लुकाइ छिपाइ राखेको सूचना इलाका प्रहरी कार्यालय बेलबारीमा प्राप्त भएको थियो ।सूचनापछि प्रहरी नायब निरीक्षकको टोली खटिएर दर्जीको घरमा खानतलासी गर्दा प्लास्टिकबाहेक १ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थसहित दुवै जनालाई नियन्त्रणम
इटहरी। कोशी, नारायणी तथा तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ ।बाढी पूर्वानुमान बुलेटिनअनुसार बागमती, पश्चिम राप्ती र बबई नदीको जलसतहसमेत सतर्कता तह नजिक पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका प्रमुख नदीहरूको आगामी तीन दिनको जलसतह पूर्वानुमान गरिएको छ । पूर्वानुमानमा पहेँलो र सुन्तला रङमा देखाइएका नदी किनार तथा जिल्लामा बसोबास गर्ने नागरिकलाई सतर्क तथा उच्च सतर्क रहन आग्रह गरिएको छ ।
इटहरी। बजारमा खाना पकाउने एलपी ग्यास पूर्ण रूपमा सहज नहुँदै अविरल वर्षाका कारण मुख्य राजमार्ग अवरुद्ध हुँदा ग्यासलगायतका अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको छ । बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण उपत्यका जोड्ने पृथ्वी राजमार्ग बन्द हुँदा ग्यास आपूर्ति प्रभावित भएको हो । तीन साताअघि कृष्णभिरमा आएको पहिरोका कारण काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरुद्ध हुँदा उपत्यकामा ग्यास अभाव भएको थियो । मुख्य राजमार्ग खुलेर नियमित बुलेट आउन थालेको एक हप्तामै पुनः राजमार्ग अवरुद्ध हुँदा ग्यासलगायतका अत्यावश्यक वस्तुको आयात असहज हुने भएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले मुख्
इटहरी। जलवायु परिवर्तनको विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित ‘सगरमाथा टु द सी स् अ कल टु एक्सन फर अ क्लाइमेट रेजिलिएन्ट फ्युचर’ अर्थात् ‘सगरमाथादेखि समुद्रसम्म स् जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम भएको हो।नेपालले भोटेकोसीमा आएको विनाशकारी बाढीपछि उक्त उच्चस्तरीय विशेष कार्यक्रम गर्ने निर्णय गरेको थियो। कार्यक्रममा नेपाल, संयुक्त राष्ट्रसंघसहित वि
इटहरी। पहाडी क्षेत्रमा वर्षा भएसँगै सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेज कन्ट्रोल रुमले शनिबार बिहान ६ बजे ३ लाख १६ हजार ७९५ क्युसेक पानीको बहाव मापन गरेको छ ।पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।बुधबार बेलुकादेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दै आएको हो । ब्यारेजमा पानीको बहाव अत्यधिक भएपछि ४३ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवले जानकारी दिनुभयो उहाँका अनुसार चतरा–कोशी पुल क्षेत्रमा शनिबार बिहान ६ बजे २ लाख ४३ हजार ७ क्
सुन्दरहरैंचा । विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीतिक यात्रालाई निरन्तरता दिँदै सुन्दरहरैंचा नगरपालिका–४ का पूर्व वडा सदस्य रविन दाहाल नेपाली कांग्रेसको नगरस्तरीय नेतृत्वमा जिम्मेवारी लिने तयारीमा छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने नगर अधिवेशनमा उनले नगर उपसभापति पदमा उम्मेदवारी दिएका छन्।धनकुटाबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिक यात्रा सुरु गरेका दाहालले विद्यार्थी राजनीतिसँगै नेपाली कांग्रेसको संगठनात्मक गतिविधिमा आफ्नो सक्रियता बढाउँदै लगे। तत्कालीन सशस्त्र द्वन्द्वका कारण धनकुटामा उत्पन्न परिस्थितिपछि सुन्दरहरैंचा–४ मा बसाइँ सरेका उनले त्यसयता स्थानीय सामाजिक तथा
इटहरी। नेपाल माहेश्वरी परिषद्को तर्फबाट एनएमपी माहेश्वरी सेवा कोषमार्फत प्रधानमन्त्री राहत कोषमा सहयोग रकम प्रदान गरिएको छ।विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले प्रदान गरिएको उक्त सहयोग रकम जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको हो।सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल माहेश्वरी परिषद्का अध्यक्ष गोविन्द कृष्ण सोनी, एनएमपी माहेश्वरी सेवा कोषका प्रबन्ध न्यासी बेनीगोपाल मुन्दडा, नेपाल माहेश्वरी परिषद्का प्रमुख सल्लाहकार महेशजी सोनी, महासचिव विकास कुमार सारडा, कोषाध्यक्ष कमल किशोर राठी, अखिल भारतवर्षीय मा
विराटनगर । मोरङ उद्योग व्यापार सङ्घको नवनिर्वाचित कार्यसमितिले कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोसँग भेटघाट तथा छलफल गरेको छ।सङ्घका नवनिर्वाचित अध्यक्ष अनिल शाह, उपाध्यक्ष विकास बेगवानी, महासचिव अमित सारडा लगायतको टोलीले मन्त्री महतोसँग भेट गरी उद्योगी तथा व्यवसायीका विभिन्न समस्या र आगामी सहकार्यका विषयमा छलफल गरेको हो।भेटका क्रममा मन्त्री महतोले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उद्योगी–व्यवसायीको हकहित र व्यवसाय प्रवर्द्धनका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न शुभकामना व्यक्त गर्नुभयो।सङ्घका पदाधिकारीहरूले प्रदेश सरकारले उद्योगीका लाग
इटहरी। नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । नौ स्थानीय तहमध्ये सात पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने दुई पालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।जिल्लाको एकमात्र नगरपालिका फुङ्लिङ नगरपालिकाको सभापतिमा विनोद गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । यस्तै, मिक्वाखोला गाउँपालिकामा पञ्च थलङ, आठराई त्रिवेणीमा सोम बिमली, फक्ताङलुङमा दिलकुमार लिम्बू, सिदिङ्वामा डेनी तामाङ, सिरिजङ्गामा पूर्णसिंह मावो लिम्बू र मैवाखोलामा टीकारा कार्की सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ ।पाथीभरा याङवरक गाउँपालिकामा भने पालिका सभापतिका लागि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.