समाज

    Showing १,८०१-१,८१० of ११,११४ items.
  • कोशी प्रदेशमा कानुनविपरीत अस्थायी लाइसेन्स छाप्दा ४७ लाख खर्च, सार्वजनिक लेखा समितिद्वारा छानबिन गर्ने निर्णय

    इटहरी  । कोशी प्रदेश सरकारले कानुनमै व्यवस्था नभएको अस्थायी चालक अनुमतिपत्र छपाइको नाममा प्रदेश सरकारको लाखौँ रुपियाँ खर्चिएर अनावश्यक व्ययभार थपेको भन्दै संसदीय समितिमा प्रश्न उठेको छ । कोशी प्रदेश सार्वजनिक लेखा समितिको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक वर्ष २०८०–८१ को लेखा परीक्षण प्रतिवेदनमाथि छलफल हुँदा यो विषयले मुख्य चर्चा पाएको हो ।महालेखा परीक्षकको प्रतिवेदन अनुसार, मन्त्रालयले ४७ लाख १३ हजार रुपियाँ खर्च गरेर एक लाख ८७ हजार पाँच सय थान अस्थायी लाइसेन्स कार्ड छापेको थियो । त्यसमध्ये २१ हजार थान मात्र वितरण गरी बाँकी एक लाख ६६ हजारभन्दा बढी कार्ड कार्यालयमै थन्क्य

    • प्रकाशित मितिः असार ३, २०८३
    • १८६ पटक पढिएको
  • धनकुटाको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक खण्ड ट्रयाक खोलेको करिब २६ वर्षपछि कालोपत्रेको काम सुरु

    इटहरी । धनकुटाको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक खण्ड ट्रयाक खोलेको करिब २६ वर्षपछि कालोपत्रेको काम सुरु भएको छ । धनकुटा नगरपालिकाको रिङरोड अवधारणाअन्तर्गत रहेको सडकको खण्ड यतिबेला कालोपत्रेको काम सुरु भएको हो ।यहाँका स्थानीयवासीको जनश्रमदानबाट २०५७ सालमा ट्रयाक खोल्ने काम सुरु भएको थियो । ट्रयाक खोलेको करिब छब्बीस बर्षपछि बल्ल कालोपत्रेको काम सुरु भएको हो । कालोपत्रेको काम सुरु भएसँगै स्थानीय खुसी भएका छन् । विश्व बैंकको ३६ करोड रुपियाँ अनुदान सहयोगमा उक्त सडकको कालोपत्रेको काम धमाधम भइरहेको छ । धनकुटा नगरपालिका –१, स्थित हिले, चोक्रोक र भिरगाउँ हुँदै धार्मिक तथा पर्यटकीय महत्व बोकेको मधुगंग

    • प्रकाशित मितिः असार ३, २०८३
    • १४२ पटक पढिएको
  • झापाको गौरादहमा टिपरले किच्दा एक साइकल यात्रुको मृत्यु

    इटहरी। झापाको गौरादहमा टिपरले किच्दा एक साइकल यात्रुको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक पाडाजुँगी–गौरीगञ्ज भित्री सडकखण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र।न।१–०१–००१ क ११८८ नम्बरको टिपरले साइकलयात्री गौरादह–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईलाई ठक्कर दिएको थियो ।टिपरको ठक्करबाट गम्भिर घाइते भएका गुरागाईको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र दमक अस्पताल पुर्‍याउन साथ मङ्गलबार राती ९ बजे मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिनुभयो ।टिपरको गति अत्याधिक रहेको

    • प्रकाशित मितिः असार ३, २०८३
    • २०२ पटक पढिएको
  • भोजपुरको पौवादुङमामा पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माण सम्पन्न, ५०० रोपनीभन्दा बढी जमिन सिँचाइमा जोडिने

    इटहरी । भोजपुरको  पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मामा पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माणले स्थानीय किसानलाई राहत पुगेको छ । वर्षौँदेखि सिँचाइ अभावका कारण अकासे पानीमा मात्र निर्भर रहँदै आएका किसान अहिले नियमित पानीको पहुँचसँगै उत्साहित बनेका हुन् । सिँचाइ अभावका कारण खेतीयोग्य जमिन बाँझै रहने, उत्पादन घट्ने र वर्षायामबाहेक अन्य समयमा खेती गर्न कठिन हुने अवस्था यहाँ लामो समयदेखि रहिआएको थियो । तर हालै निर्माण कुलोले उक्त समस्या समाधानतर्फ महत्त्वपूर्ण कदम अघि बढाएको स्थानीय देवकुमार राईले बताउनुभयो ।उहाँका अनुसार आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ५०० रोपनीभन्दा बढी खेतीयोग्य जम

    • प्रकाशित मितिः असार ३, २०८३
    • १०४ पटक पढिएको
  • खोटाङको दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत फोक्सिङटार पुल पुनर्निर्माणका लागि जनस्तरबाट १५१ सदस्यीय समिति गठन

    इटहरी।  खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढीले बगाएर अलपत्र बनेको त्यस पुल पुनर्निर्माणका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन नभएपछि स्थानीय सरकार, नागरिक समाज तथा सरोकारवाला निकायसँगको सहकार्यमा पुल निर्माणसम्बन्धी कार्य अघि बढेको हो । तराईसँग सिधा यातायात सेवा जोड्ने फोक्सिङटारको पुल पुनर्निर्माण गर्न छिमेकी पालिकासँग समन्वय गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारी दिनुभयो । बाढीले उक्त पुल बगाएपछि पुनर्निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट

    • प्रकाशित मितिः असार ३, २०८३
    • १९७ पटक पढिएको
  • ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा जेठ महिनामा साढे ४६ लाख भेटी सङ्कलन

    इटहरी । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा जेठ महिनामा साढे छ्यालिस लाख रुपियाँ भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार एक महिनाको अवधिमा सो भेटी रकम सङ्कलन भएको हो ।पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले सार्वजनिक गर्नुभएको विवरणअनुसार जेठ महिनामा कुल ४६ लाख ६० हजार ६०० रुपियाँ भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आउने भक्तजनले दान गरेका र भेटीबापत चढाएको रकम समितिले सङ्कलन गर्ने गरेको छ ।  जेठ महिनामा सङ्कलन भएको भेटी रकम मङ्गलबार साँझ सार्वजनिक गरेको छ । भेटीबापत सङ्कलित उक्त रकम नेपाल बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिए

    • प्रकाशित मितिः असार ३, २०८३
    • १६७ पटक पढिएको
  • ताप्लेजुङको आठराई त्रिवेणीलाई फुसको छानोमुक्त पालिका घोषणा गरिने

    इटहरी । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी २०८३ साल पुस महिनाभित्र पालिकालाई पूर्ण रूपमा फुसको छानोमुक्त घोषणा गर्ने लक्ष्य लिएको जनाएको छ । गाउँपालिकाले मङ्गलबारदेखि सुरु गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमअन्तर्गत वडा १ निगुरादिनमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू ९दिपेन० ले उक्त घोषणा गर्नुभएको हो ।अध्यक्ष पोमूका अनुसार पालिकाभित्र रहेका अधिकांश फुसका छाना विस्थापन भइसकेका छन्। हालसम्म गाउँपालिकाभर करिब ५ सय घरधुरीका फुसका छाना हटाएर सुरक्षित तथा व्यवस्थित छाना निर्माण गरिएको छ । अब केवल ७४ घरपरिवारमा मात्र फुसको छानो बाँकी रहेको र ती घरपरिवारको छाना आगामी पुस म

    • प्रकाशित मितिः असार ३, २०८३
    • १०७ पटक पढिएको
  • बुढीगंगा गाउँपालिकामा उद्घोषण तथा नेतृत्व विकास तालिम सञ्चालन हुने

    मोरङ /  बुढीगंगा गाउँपालिकाको सहकार्य तथा प्रेस नेटवर्क म्यानेजमेन्ट मोरङको आयोजनामा एक हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सञ्चालन हुने भएको छ।आगामी २०८३ साल असार ५ गतेदेखि सञ्चालन हुने उक्त तालिम बुढीगंगा गाउँपालिका वडा नं. ६ मा आयोजना गरिने आयोजकले जनाएको छ। तालिममार्फत युवायुवती तथा स्थानीय नागरिकहरूको सार्वजनिक बोल्ने कला, नेतृत्व क्षमता, सञ्चार सीप तथा व्यक्तित्व विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।कार्यक्रममा सहभागीहरूलाई उद्घोषण कला, प्रभावकारी प्रस्तुतीकरण, नेतृत्व विकास, समूह व्यवस्थापन, सञ्चार सीप तथा व्यक्तित्व विकाससम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ।प्

    • प्रकाशित मितिः असार ३, २०८३
    • २५२ पटक पढिएको
  • युवाको जागरण, सुरक्षित यात्राको अभियान, गछिया युवा समाजको प्रशंसनीय पहल

    इटहरी ।  लागू पदार्थ तथा मदिरा सेवनका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचा–३ स्थित गछिया युवा समाजको आयोजनामा चालकहरूलाई लक्षित गरी लापसे ९लागूपदार्थ सेवन० तथा मापसे ९मादक पदार्थ सेवन० चेकजाँच तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धताू भन्ने नारासहित आयोजित कार्यक्रममा १०० जनाभन्दा बढी सवारी चालकहरूको लापसे तथा मापसे परीक्षण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इलाका प्रहरी कार्यालय बेलबारी, प्रहरी चौकी गछिया तथा ट्राफिक प्रहरी पोस्ट गछियाको प्राविधिक सहयोग रहेको

    • प्रकाशित मितिः असार २, २०८३
    • ३६४ पटक पढिएको
  • सिंहदेवी आधारभूत विद्यालयको मुहार फेरिँदै, शैक्षिक गुणस्तर सुधारमा जोड

    इटहरी । इटहरी उपमहानगरपालिका–३ को गैरीटोलस्थित सिंहदेवी आधारभूत विद्यालयको भौतिक तथा शैक्षिक अवस्था पछिल्ला वर्षहरूमा सुधार हुँदै गएको छ।वि।सं। २०४९ सालमा स्थापना भएको विद्यालय सुरुआती चरणमा बाँस र काठको संरचनामा सञ्चालन हुँदै आएको थियो। हाल भने पक्की भवनसहित व्यवस्थित विद्यालयका रूपमा विकास भइरहेको छ। विद्यालयमा हाल ४५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। स्थापना कालमा विद्यालयमा १५० भन्दा बढी विद्यार्थी अध्ययन गर्ने गर्दथे। विद्यालयमा २०५५ सालदेखि शिक्षण पेसामा आबद्ध जितबहादुर तामाङ हाल प्रधानाध्यापकको जिम्मेवारीमा छन्। दुई वर्षअघि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका तामाङको नेतृत्व र शिक्षकह

    • प्रकाशित मितिः असार २, २०८३
    • २४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]