इटहरी। नेपाल–भारत खुला सीमामा बढ्दै गएका सुरक्षा चुनौती तथा सीमापार अपराध नियन्त्रणमा स्थानीय समुदायको भूमिका प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले मोरङमा सीमावासीसँग प्रत्यक्ष अन्तरक्रिया गरेको छ।बिहीबार विराटनगर महानगरपालिका–१८ स्थित नेपाल कस्टम यार्डमा आयोजित ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी, मोरङका गणपति एसपी गेहेन्द्रबहादुर भण्डारीले सीमा सुरक्षालाई सुरक्षा निकायको मात्र नभई समुदायको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनुभयो।उहाँले सीमापार हुने अवैध गतिविधि, लागुऔषध ओसारपसार, तस्करीलगायतका घटनाबारे समयमै सूचना
इटहरी । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले तेह्रथुमको लालीगुराँस नगरपालिकामा सञ्चालन गरेको “राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम–आन्तरिक रोजगार सिर्जना“ अन्तर्गतको १० दिने बेकरी तालिम सम्पन्न भएको छ । असार ९ गते देखि सञ्चालन भएको तालिम बुधबार नगरपालिकाको सभाहलमा आयोजित समापन समारोहबीच सम्पन्न भएको हो । तालिममा १० जना सहभागीले बेकरी उत्पादन सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका छन् । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख अर्जुन माबुहाङले बेकरी उद्योग केवल व्यवसाय मात्र नभई जनस्वास्थ्य सँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले उत
इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय तथा विद्यालयका कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । बिहीबार गाउँपालिकाको सय विक्ष सदनमा आयोजित उक्त कार्यक्रममा शिशु शिक्षा विकास आधारभूत विद्यालय सिन्द्राङमा तीन दशक अध्यापन गरी अवकाश प्राप्त शिक्षक रामप्रसाद राईलाई ३४ हजार ७ सय ३० रुपैयाँ नगदसहित विशेष सम्मान गरिएको हो । गाउँपालिकामा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विगत देखि प्रयास गर्दै आएको र यस वर्ष प्रोत्साहन स्वरुप सम्मानको कार्यक्रम आयोजना गरिएको पालिका अध्यक्ष प्रेमकुमार राईले बताउनु भ
इटहरी । पाँचथरका सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षाको वातावरण विकास गर्ने उद्देश्यले सञ्चालित कार्यक्रमले सकारात्मक नतिजा देखाउन थालेको छ । विद्यालय भवन, शौचालय, पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशालाजस्ता संरचना निर्माणसँगै शिक्षक क्षमता विकास, विद्यार्थी सहयोग र अभिभावकको आर्थिक सशक्तीकरणका कार्यक्रमले विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन थालेको हो ।ह्युमन प्राक्टिस फाउन्डेसन ९एचपिएफ०ले सञ्चालन गरेको उक्त परियोजनालाई ‘स्कुल इन्फ्रास्ट्रक्चर, फेसिलिटिज एन्ड लर्निङ इम्प्रुभमेन्ट प्रोजेक्ट’ भनिएको छ । जस अन्तर्गत पाँचथरमा हालसम्म चार वटा विद्यालय भवन न
इटहरी । सुनसरीको कोशी गाउँपालिकामा जिल्ला सरकारी वकील कार्यालय सुनसरीको आयोजनामा कानुनी सचेतना कार्यक्रम गरिएको छ । समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत कोशी गाउँपालिका ३ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय शोभनपुरमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । विद्यार्थीलाई जिल्ला न्यायाधिवक्ता, सह–न्यायाधिवक्ता लगायतकाले फौजदारी मुद्दा, साइबर अपराध लगायतबारे प्रष्ट पारेका थिए । कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब ६० बढी विद्यार्थी सहभागी भएको विधालयका प्रधानाध्यापक हरिकृष्ण राउतले जानकारी दिनुभयो । कोशीका अध्यक्ष ऐयुव अंसारीको प्रमुख आतिथ्यतामा आयो
इटहरी। मोरङका किसानले यस वर्ष मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको बुलेटिनले धोका दिएको बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले जेठ सुरुमै असारको पहिलो सातादेखि असार अन्तिमसम्म खडेरी पर्ने भनेको भन्दै किसानले ढिलो गरी असार पहिलो सातामा मात्र बिउ राखेका थिए ।असार सुरु भएसँगै कोशीको मोरङ जिल्लामा औसतभन्दा बढी पानी परिरहेको छ । खेतमा पानी छ, बिउ तयार भएको छैन । मोरङको रतुवामाई नगरपालिका–५ का किसान लीलाबहादुर श्रेष्ठले भन्नुभयो, “असार सुरुदेखि खडेरी पर्छ भन्ने पूर्वानुमानका कारण हामीले बिउ ढिलो राख्यौँ तर अहिले निरन्तर पानी परिरहेको छ । असार २० अघि हाम्रो गाउँका धेरै जसो किसानको बिउ नै तयार
इटहरी । कोशी प्रदेशका पाँचथर र इलामका विभिन्न पर्यटकीय गन्तव्यलाई जोड्दै पदयात्रामार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको फाल्गुनन्द पदमार्ग निर्माणको कामले गति लिएको छ । पाँचथरको फिदिमदेखि सुरु भएर इलामका सीमावर्ती विभिन्न स्थान हुँदै भारतसँगको सीमावर्ती तथा पर्यटकीय क्षेत्र सन्दकपुरसम्म जोड्ने उद्देश्यले यो पदमार्ग निर्माण थालिएको हो । समुद्री सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको फिदिमको शनिबारेस्थित शिवालय मन्दिरबाट सुरु हुने यो पदमार्ग तीन हजार ६३६ मिटर उचाइसम्म पुग्छ । फिदिम नगरपालिका–१ बाट सुरु हुने पदमार्ग फिदिम नगरपालिका–२, ३ र १४ तथा फाल्गुनन्द गाउँपालिका–३ हुँदै इ
इटहरी। भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ । कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको रु ६ करोड ३३ लाख लागतमा यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो । पक्की पुल नहुँदा वर्खामा खोलामा बाढी आउँदा आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको थियो । विशेषगरी बिरामीलाई उपचारका लागि लैजान, गर्भवतीलाई अस्पताल पु¥याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न निकै कठिनाइ हुने गरेको थियो । पक्की पुल निर्माण भएपछि दुई स्थानीय तहका नागरिकलाई
इटहरी — इटहरी उपमहानगरपालिका वडा नं. ३ र प्रेस नेटवर्क म्यानेजमेन्ट प्रालि, सुन्दरहरैंचा–मोरङको सहकार्यमा सञ्चालित एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ। तालिमको समापन समारोहमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता वडा नं. ३ की महिला वडा सदस्य पवित्रा कोइरालाले गर्नुभएको थियो। समारोहलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले वर्तमान समयमा सीपमूलक तालिमसँगै नेतृत्व विकाससम्बन्धी कार्यक्रमको आवश्यकता बढ्दै गएको बताउनुभयो। उहाँले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई उपमहानगरपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गर्दै
इटहरी। विराटनगर महानगरपालिका–१५ रानीस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेको ढाट बन्दको विवादले बिहीबार रानी नाका तनावग्रस्त बनेको छ। ३ नम्बर ढाट पूर्ण रूपमा बन्द गरिएको विरोधमा स्थानीय आन्दोलनमा उत्रिएपछि भारतको जोगवनीबाट विराटनगर प्रवेश गर्ने मुख्य १ नम्बर ढाटसमेत बन्द गरिँदा नेपाल–भारतबीच मानिस र सवारीसाधनको आवतजावत अवरुद्ध भएको हो।स्थानीयका अनुसार कोरोना महामारीयता ३ नम्बर ढाटमा सवारीसाधन सञ्चालन रोकिएको भए पनि पैदल यात्रुलाई आवतजावत गर्न दिइँदै आएको थियो। तर बिहीबारदेखि फलामको सिक्री लगाएर मानिससमेत हिँड्न नपाउने गरी ढाट बन्द गरिएपछि त्यसको विरोधमा चाइना मार्केटका व्यापारी, स्थानीयवासी तथा स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.