समाज

    Showing १,४५१-१,४६० of ११,०९६ items.
  • अविरल वर्षाका कारण ताप्लेजुङ फुरुम्बुको ओठेखोलामा पहिरो, यातायात र इन्टरनेट ठप्प

    इटहरी । अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक र विद्युत सेवा अवरुद्ध बनेको छ । शुक्रबार राति भएको वर्षाका कारण फुरुम्बुको ओठेखोला क्षेत्रमा पहिरो जाँदा सडक र विद्युत अवरुद्ध बनेको हो ।फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार सडकभन्दा माथिबाट झरेको पहिरो ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । फुरुम्बुस्थित आठे, निभारे, कार्कीचौक हुँदै वैशाखे जोड्ने ग्रामीण सडक पहिरोका कारण अवरुद्ध बनेपछि शनिबार बिहानदेखि यातायात सेवा ठप्प भएको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।पहिरोले सडकसँगै विद्युत सेवा पनि अवरुद्ध भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उहा

    • प्रकाशित मितिः साउन २, २०८३
    • १०५ पटक पढिएको
  • काठमाडौंपछि इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

    इटहरी । काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको छ। विश्व आदर्श कलेजको ला. भा. तथा एस. क्यु. सि. ग्रुपको आयोजनामा आगामी आइतबार र सोमबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे र दिउँसो ३ बजे गरी दुई-दुई शो प्रस्तुत गरिनेछ। काठमाडौंमा भएको मञ्चनमा चर्चित अभिनेत्री रिचा शर्मा, वरिष्ठ कलाकार हेमन्त बुढाथोकी, साहित्यकार सुरज सुबेदी लगायत साहित्य, कला र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नाटकले दर्शकबाट समेत अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरी उल्लेखनीय

    • प्रकाशित मितिः साउन २, २०८३
    • ८१ पटक पढिएको
  • सेश नारायण दिव्यधाममा लायन्स क्लबहरूको संयुक्त वृक्षरोपण तथा खाद्यान्न वितरण

    इटहरी । मोरङको गछियास्थित सेश नारायण दिव्यधाम तथा आचार्य सेवा गुरुकुलमा लायन्स÷लियो क्लब अफ इटहरी पाथीभरा र लायन्स÷लियो क्लब अफ इटहरी एक्टिभको संयुक्त आयोजनामा वृक्षरोपण तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका १०० वटा बिरुवा रोपिनुका साथै दिव्यधामलाई कापी, कलम, चिउरा, चामल लगायत खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी का सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन उदय नारायण बराल रहनुभएको थियो। विशिष्ट अतिथिमा डिष्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लायन लोकेन्द्र प्रसा

    • प्रकाशित मितिः साउन १, २०८३
    • २८१ पटक पढिएको
  • इटहरीमा २१ दिने निःशुल्क बारिस्टा तालिम प्रभावकारी, युवामा स्वरोजगारप्रति उत्साह

    इटहरी । होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै युवालाई रोजगारी तथा स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले इटहरीमा सञ्चालन भइरहेको २१ दिने निःशुल्क बारिस्टा तालिम प्रभावकारी रूपमा अघि बढिरहेको छ । नेपाल पर्यटन बोर्ड र यूएनडीपीको दिगो पर्यटन परियोजनाको सहयोगमा असार १४ गतेदेखि सुरु भएको उक्त तालिम साउन ८ गतेसम्म सञ्चालन हुनेछ। सनसाइन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टले दुई चरणमा सञ्चालन गरिरहेको तालिममा ३० जना युवाको सहभागिता रहेको छ । तालिममा सहभागीहरूले कफी तयारी, बारिस्टा सीप, ग्राहक सेवा तथा कफी व्यवसाय सञ्चालन सम्बन्धी व्यावहारिक प्रशिक्षण प्राप्त गरिरहेका छन् । अनुभवी प्र

    • प्रकाशित मितिः साउन १, २०८३
    • २९० पटक पढिएको
  • सुनसरीको बराहक्षेत्र र झापाको कचनकवलबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

    इटहरी । सुनसरी र झापामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।सुनसरीको बराहक्षेत्र नगरपालिका–६ आइतबारेमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा खटिएको टोलीले राति छापा मारेको थियो। खोजतलासका क्रममा बराहक्षेत्र–६ का ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वरकुमार कार्कीको साथबाट १।६७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।यस्तै, झापाको कचनकवल

    • प्रकाशित मितिः साउन १, २०८३
    • १७१ पटक पढिएको
  • झापाकै सबैभन्दा बढी बेरुजु भएको मेचीनगर नगरपालिकाद्वारा १५ करोड बेरुजु फछ्र्योटका लागि ३५ दिने अल्टिमेटम,अटेर गरे जायजेथाबाट असुल गरिने

    इटहरी। झापाका स्थानीय तहमध्ये सबैभन्दा बढी रकमको बेरुजु देखिएको मेचीनगर नगरपालिकाले बेरुजु फछ्र्योटका लागि सम्बन्धित व्यक्ति तथा संस्थालाई ३५ दिनभित्र रकम दाखिला गर्न वा प्रमाणसहित फछ्र्योट गर्न निर्देशन दिएको छ। तोकिएको अवधिभित्र बेरुजु फछ्र्योट नगरे सरकारी बाँकीसरह जायजेथाबाट असुल गरिने नगरपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले सूचना जारी गर्दै नगरपालिकाको बेरुजु लगतमा नाम उल्लेख भएका व्यक्ति, संघ–संस्था, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा अन्य सरोकारवालालाई ३५ दिनभित्र आर्थिक प्रशासन शाखा वा आन्तरिक लेखा परीक्षण शाखामा उपस्थित भई बेरुजु रकम दाखिला गर्न वा फछ्र्योटको प्

    • प्रकाशित मितिः साउन १, २०८३
    • १७९ पटक पढिएको
  • मोरङको केराबारीमा खसी खेदाउँदै सडक पार गर्ने क्रममा टिपरले ठक्कर दिँदा ७० वर्षीया महिलाको मृत्यु, चालक र टिपर प्रहरी नियन्त्रणमा

    इटहरी। मोरङको केराबारी गाउँपालिकामा खसी खेदाउँदै सडक पार गर्ने क्रममा टिपरको ठक्कर लाग्दा एक ७० वर्षीया महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा केराबारी गाउँपालिका–५ निवासी विष्णुमाया मगर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। शुक्रबार बिहान करिब ८ः५० बजे केराबारी–५ स्थित शान्ति चोकमा बालुवा बोकेर केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले उनलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।मोरङ प्रहरीका सूचना अधिकार

    • प्रकाशित मितिः साउन १, २०८३
    • १९६ पटक पढिएको
  • पानीको प्रवाह बढेपछि सुनसरीका प्रजिअ बासुदेव घिमिरेसहितको टोलीद्वारा कोशी ब्यारेजको स्थलगत अनुगमन, सतर्क रहन र विपद् प्रतिकार्यलाई तीव्र बनाउन निर्देशन

    इटहरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ। यस क्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको छ।कोशी ब्यारेजमा अहिले पानीको प्रवाह प्रतिसेकेन्ड १ लाख ५१ हजार १९५ क्युसेक पुगेको छ। ब्यारेजका २० वटा ढोका खोलिएका छन्। कोशीमा जलप्रवाह प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक पुगेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ।अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढी, डुबान तथा कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा रहेको बताए।

    • प्रकाशित मितिः साउन १, २०८३
    • १५५ पटक पढिएको
  • प्रसिद्ध धार्मिक स्थल पाथीभरामा ४ करोड ८२ लाख बढी भेटी सङ्कलन

    इटहरी। प्रसिद्ध धार्मिक स्थल पाथीभरा मुक्कुमलुङमा एक वर्षमा ४ करोड ८२ लाख बढी भेटी सङ्कलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन मोहनामा १० लाख ३९ हजार रुपियाँ, भदौमा ९ लाख ९७ हजार रुपियाँ, असोजमा ३३ लाख ८२ हजार रुपियाँ भेटी सङ्कलन भएको छ । यस्तै कार्तिक महिनामा ३४ लाख ४८ हजार ५०० रुपियाँ, मङ्सिरमा ७५ लाख ४९ हजार १०० रुपियाँ, पुस महिनामा २४ लाख २५ हजार रुपियाँ सङ्कलन भएको छ ।माघ महिनामा १८ लाख ४७ हजार ५०० रुपियाँ, फागुन ३१ लाख १० हजार रुपियाँ, चैत महिनामा ५८ लाख ४

    • प्रकाशित मितिः साउन १, २०८३
    • १२१ पटक पढिएको
  • प्रचार अभावमा भोजपुरको धार्मिक तथा ऐतिहासिक ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

    इटहरी।  भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा परेको छ । प्राकृतिक रूपमा सुन्दर र शान्त वातावरण रहेको यो स्थल पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।स्थानीयवासीका अनुसार यस देवस्थलमा प्रत्येक वर्ष वैशाख पूर्णिमाका अवसरमा विशेष पूजा आराधना गर्ने परम्परा रहिआएको छ । उक्त अवसरमा टाढाटाढाबाट श्रद्धालु भक्तजन आउने गरेका छन् । यहाँ दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । साथै, यहाँको पानीमा नुहाएमा घाउ–खटिरा वा छालासम्बन्धी समस्या निको हुने विश्वाससमेत छ । देवस्थलमा पूजा गरेपछि चिताएको पुग्ने र रोग निको हुने वि

    • प्रकाशित मितिः साउन १, २०८३
    • १०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]