समाज

    Showing १,१५१-१,१६० of ११,०३५ items.
  • मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको सिलाम साक्माको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले प्रतिमा निर्माण गरिएको छ । भावी पुस्तासम्म सांस्कृतिक सम्पदा हस्तान्तरण गर्ने लक्ष्यसहित गाउँपालिकाले ५४ फिट उचाइ र ५४ फिट चौडाइको प्रतिमा निर्माण गरिएको हो ।  गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार सिलाम साक्मा पछिल्लो समय लिम्बू समुदायमा मात्र सीमित नरही विभिन्न सार्वजनिक कार्यक्रम र औपचारिक समारोहमा समेत प्रयोग हुन थालेको छ । यसको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्न प्रतिमा निर्माण गरिएको उहाँले बताउन

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १३६ पटक पढिएको
  • जुट खेतीमा फर्किए किसान

    इटहरी । जुटले राम्रो बजार मूल्य पाउन थालेपछि कोशी प्रदेशका किसान फेरि जुट खेतीमा फर्केका छन् । दुई वर्षदेखि आकर्षक मूल्क पाएपछि किसानले जुट खेती विस्तार गरेको पाइएको छ । क्षेत्र विस्तारसँगै जुट उत्पादन बढ्ने भएको छ ।  यस वर्ष जुटको उत्पादन गत वर्षको तुलनामा झन्डै दोब्बरले वृद्धि हुने जुट उद्योगीले अनुमान गरेका छन् । सरकारी निकायले भने दोब्बर वृद्धि नहुने तर गत वर्षभन्दा राम्रो वृद्धि हुने जानकारी दिएका छन् । जुटको उत्पादन वृद्धिको सूचना पाएपछि कच्चा पदार्थको अभाव झेलिरहेका सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगमा उत्साह जगाएको छ ।  कुनै समय ‘सुनौलो रेसा’ का रूपमा चिनिने जुट खेती म

    • प्रकाशित मितिः साउन २२, २०८३
    • ७२ पटक पढिएको
  • फ्रन्टलाइन अस्पतालद्वारा (MICS) अन्तर्गत ओपन हार्ट सर्जरी सफलता पूर्वक सम्पन्न

    काठमाडौं । फ्रन्टलाइन अस्पतालले पहिलो पटक सफलतापूर्वक मिनिमली इनभेसिभ कार्डियाक सर्जरी (MICS) अन्तर्गत ओपन हार्ट सर्जरी सम्पन्न गरेको जनाएको छ। अस्पतालका अनुसार उक्त शल्यक्रियामार्फत २२ वर्षीय एक बिरामीको एट्रियल सेप्टल डिफेक्ट (ASD) अर्थात् मुटुमा रहेको प्वाल सफलतापूर्वक बन्द गरिएको हो।अस्पतालले आर्थिक रूपमा कमजोर रहेका बिरामीलाई आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शल्यक्रिया, चिकित्सक शुल्क, अस्पताल शुल्क, औषधि, आईसीयू सेवा, प्रयोगशाला परीक्षणलगायत सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराएको जनाएको छ।वरिष्ठ कार्डियाक सर्जन प्रा. डा. अनिल भट्टराईको नेतृत्वमा सम्पन्न शल्यक्रियामा

    • प्रकाशित मितिः साउन २२, २०८३
    • १६४ पटक पढिएको
  • सरोज न्यौपाने मृत्यु प्रकरणः विद्यार्थी आन्दोलनपछि बुबा, सौतेनी आमा र दुई काका पक्राउ, पाँच दिन म्याद थप

    इटहरी । इटहरी उपमहानगरपालिका–९ भद्रटोलस्थित नन्द बिष्टको घरमा डेरा गरी बस्दै आएका जनता माध्यमिक विद्यालय, इटहरीमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणमा पक्राउ परेका उनका बुबा, सौतेनी आमा र दुई काकालाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सरोजलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका बुबा बुद्धि सागर न्यौपाने, सौतेनी आमा मुना न्यौपाने तथा काकाद्वय अशोक न्यौपाने र नवराज न्यौपानेविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा जाहेरी दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। बुधबार सरोजको शव

    • प्रकाशित मितिः साउन २१, २०८३
    • २५० पटक पढिएको
  • करिब ३७ लाखको निर्माणाधीन शोकसभा भवनमा पहिरोको क्षति, हस्तान्तरण अघिनै भत्कियो प्रखाल

    इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा निर्माणाधीन ’प्रिफ्याब शोकसभा तथा सार्वजनिक क्रियापुत्री भवनको पछाडिपट्टि पहिरो जाँदा संरक्षणका लागि बनाइएको पर्खाल भत्किएको छ । नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय मार्फत रत्न काशी कन्स्ट्रक्सन, बुढीगंगा–३ ले निर्माण गरिरहेको उक्त आयोजनाको सम्झौता २०८२ साल चैत १२ गते भएको थियो । २०८३ साल असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको कुल लागत  ३७ लाख ३६ हजार ५ सय ६० रुपैयाँ ५४ पैसा रहेको छ । निरन्तर वर्षापछि आएको पहिरोले भवनको पछाडिपट्टि पहिरो जाँदा संरक्षणका लागि बनाइएको पर्खाल भत्किएपछि संरचनामा क्षति पुगेको हो । यद्यपि, भवन हा

    • प्रकाशित मितिः साउन २१, २०८३
    • १५४ पटक पढिएको
  • जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

    इटहरी ।  कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसला भई कैद भुक्तान गरिरहेकै अवस्थामा फरार व्यक्तिलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरी निरीक्षक रुपेश तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले लालीगुराँस नगरपालिका–८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपालीलाई पक्राउ गरेको हो ।जिल्ला अदालत तेह्रथुमको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भुक्तानका क्रममा सुनसरीस्थित झुम्का कारागारमा रहेका थिए । उनी २०८२ साल भदौ २३ र २४ गते कारागारमा भएको आन्दोलनका क्रममा फरार भएका थिए ।  फरार प्रतिवादी आफ्नै घ

    • प्रकाशित मितिः साउन २१, २०८३
    • १२६ पटक पढिएको
  • संखुवासभामा खाेलाले बगाउँदा हाइड्रोपावरका कर्मचारी बेपत्ता

    संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ स्थित सिमली खोला तर्ने क्रममा इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बगेर बेपत्ता भएका छन्।  बुधबार राति ११ बजे सहकर्मीहरूसँग आवासतर्फ फर्किँदा खोलाले बगाएपछि बेपत्ता भएका निरौलाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ खटिएको छ।२१ साउन, संखुवासभा । संखुवासभाकाे मकालु गाउँपालिका -५ पाकपाेकमा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् । मकालु गाउँपालिका -५ पाकपाेकमा सिमली

    • प्रकाशित मितिः साउन २१, २०८३
    • १४७ पटक पढिएको
  • ६४७ केजी गाँजासहित दुई पक्राउ

    इटहरी । धनकुटाको भेडेटारबाट ६४७ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  कोशी लोकमार्गमा पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित भेडेटार चोकबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३, घर भएका करिब २७ वर्षीय उमेश थिङ र सहचालक सहिदभूमी गाउँपालिका–१, बस्ने ३६ वर्षीय तुलराम राई रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।प्रहरी प्रवक्त डिएसपी क्षेत्रीका अनुसार धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा गाँजा फेला प

    • प्रकाशित मितिः साउन २१, २०८३
    • ८२ पटक पढिएको
  • सरकारी सिस्टम नचल्दा सेवाग्राही दोब्बर दस्तुर र जरिवाना तिर्न बाध्य

    इलाम । सरकारी कार्यालयमा कर्मचारीले ‘सिस्टम चलेन’ भन्दै सेवाग्राहीको काम रोकिएको अनुभव धेरैले भोगेका छन्। तर यही प्राविधिक समस्याका कारण सेवाग्राहीले दोब्बर दस्तुर र जरिवाना तिर्नुपरेको गुनासो इलाममा बढ्दै गएको छ। इलामका किस्टु बराई रुट परमिट नवीकरणका लागि आवश्यक शुल्क तिर्न पटक–पटक यातायात व्यवस्था सेवा कार्यालय पुगे। तर कार्यालयको अनलाइन प्रणाली सञ्चालनमा नआएका कारण उनले समयमै नवीकरण गर्न सकेनन्। पछि सिस्टम सञ्चालनमा आएपछि भने जरिवानासहित दोब्बर शुल्क तिरेर रुट परमिट नवीकरण गर्न बाध्य भए।  बराईका अनुसार रुट परमिटको म्याद साउन १ गते सकिएको थियो। नियमअनुसार म्याद सकिएको १५ दिनभित्र जरिवान

    • प्रकाशित मितिः साउन २१, २०८३
    • १०६ पटक पढिएको
  • इटहरीमा लायन्स क्लब अफ तरहरा सोशलद्वारा नयाँ सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

    इटहरी । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी, एमडी ३२५, नेपाल अन्तर्गतको लायन्स क्लब अफ तरहरा सोशलको आयोजनामा नयाँ सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम बुधबार इटहरीस्थित गोर्खा होटलमा सम्पन्न भएको छ।क्लबका अध्यक्ष मुक्तिनाथ घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लिला प्रसाद चिमरिया (एमजेएफ) प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक तथा पूर्व डिष्ट्रिक्ट गभर्नर लायन विकास अधिकारी (पीएमजेएफ)ले नयाँ सदस्यहरूलाई लायन्सको इतिहास, उद्देश्य, संरचना, भूमिका र सेवामूलक गतिविधिबारे प्रशिक्षण दिनुभयो । उहाँले लायन्सको मूल मन्त्र “वी सर्भ” लाई व्यवहारमा उतार्न आग्रह गर्

    • प्रकाशित मितिः साउन २१, २०८३
    • ११० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]