समाज

    Showing १,०९१-१,१०० of ११,०३५ items.
  • मनसुनजन्य विपद् रोक्न कोशी प्रदेशको तयारी : कमान्ड पोस्टदेखि नक्साङ्कनसम्मको तयारी

    विराटनगर । कोशी प्रदेश सरकारले मनसुनजन्य बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि १४ वटै जिल्लामा पूर्वतयारी र प्रतिकार्यलाई तीव्र बनाएको जनाएको छ । प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ कार्यान्वयनमा ल्याउँदै जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको हो । मन्त्रालयका वरिष्ठ शाखा अधिकृत सदानन्द भट्टराईका अनुसार प्रदेश कार्यकारी समितिबाट मनसुन प्रतिकार्य योजना पारित भइसकेको छ । जोखिमयुक्त क्षेत्र पहिचान गरी जोखिमका आधारमा स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति,

    • प्रकाशित मितिः साउन २५, २०८३
    • २४१ पटक पढिएको
  • पूर्वी पृतनाको नेतृत्व सम्हाल्दै उपरथी शक्तिजंग बस्नेत

    इटहरी। नेपाली सेनाका उपरथी शक्तिजंग बस्नेतले सोमबारदेखि इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको नेतृत्व सम्हाल्नुभएको छ । उहाँले यसअघि पूर्वी पृतनाको नेतृत्व गर्नुभएका उपरथी गौरवकुमार केसीको स्थानमा जिम्मेवारी सम्हाल्नुभएको हो । पूर्वी पृतनाको नेतृत्व सम्हाल्नुभएका उपरथी बस्नेतले तीन दशक लामो सैनिक सेवाका क्रममा नेपाली सेनाको व्यावसायिक क्षमता अभिवृद्धि, रणनीतिक भूमिका, विपद् प्रतिकार्य तथा स्थानीय तह र नागरिकसँगको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ ।२०४७ साल मङ्सिर २८ गते नेपाली सेनामा भर्ना हुनुभएका उपरथी बस्नेतले नेपाली सेनाका विभिन्न महत्त्वपूर्ण निकाय तथा कमान्डमा जिम्मे

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ८२ पटक पढिएको
  • मोबाइलले खिचेको मुन्दुमको तस्बिरले दिलायो पङ्कीलाई प्रदेशकै उत्कृष्ट उपाधि

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३१ वर्षीय पङ्की राई ‘रोशन’लाई वैदेशिक रोजगारीले खासै मन बहलाउन सकेन । त्यसलाई चटक्कै छाडेर स्वदेश फर्किए । विदेशमा रहँदा कम्पनी मालिकको पेलान तथा आफ्नो देशप्रतिको मायाले १० महिना नबित्दै फर्किएका  उनीमा नेपालका पर्यटकीयस्थल घुम्ने र फोटो–भिडियोमार्फत अरूलाई घुमाउने सोख जागृत भयो । विदेशबाट फर्किलगत्तै आफ्नो सोखअनुसार पर्यटकीयस्थलको फोटो तथा भिडियो कैद गर्न क्यामेरा र ट्राइपोटसहित बन्दोबस्तीका सामग्री बोकेर पङ्की नेपालका कुना–कन्दराका नियमित यात्री बने । हरेक जिल्ला यात्राको क्रममा बटुलेको सुख, दुःख तथा पर्यटकीय सम्भावनाका क्षेत्रको फोट

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ८८ पटक पढिएको
  • महिना दिनदेखि अवरुद्ध मेची राजमार्ग : माईखोला–राजदुवाली खण्डमा पहिरोको मार

    इलाम : पूर्वी पहाडको मुख्य जीवनरेखा मानिएको मेची राजमार्ग महिना दिनदेखि अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ। विशेषगरी माईखोला–राजदुवाली खण्डमा निरन्तर खसेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङ आवतजावत प्रभावित भएको छ। लगातार वर्षासँगै झरेका पहिरो र सडक भासिने समस्या दोहोरिँदै गएपछि राजमार्ग सञ्चालनमा आउन सकेको छैन। सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत गम्भीर असर परेको छ। एम्बुलेन्स जस्ता अत्यावश्यक सेवा समेत प्रभावित हुँदा बिरामीहरू जोखिमपूर्ण अवस्थामा यात्रा गर्न बाध्य भएका छन्।  स्थानीयवासीका अनुसार वैकल्पिक मार्

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ९१ पटक पढिएको
  • नक्कली तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरि चरित्रहत्या गरेको आरोपमा मनु पिठा पक्राउ

    धरान : एआई प्रविधिको प्रयोग गरी नक्कली तस्बिर तयार पारेर सामाजिक सञ्जालमा पोस्ट गर्दै चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  इलाका प्रहरी कार्यालय धरानले धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले हर्कराज राई साम्पाङमाथि कुर्सी प्रहार गरेको जस्तो देखिने नक्कली तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टेकबहादुर मगर ‘मनु पिठा’लाई पक्राउ गरेको हो। प्रहरीका अनुसार मगरले एआई (कृत्रिम बौद्धिकता) प्रविधिको प्रयोग गरी उक्त विवादित तस्बिर तयार पारेका थिए।उनले सो तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेपछि सम्बन्धित व्यक्तिको चरित्र हत्या तथा प्रतिष्ठामा आँच पुर्‍याएको भ

    • प्रकाशित मितिः साउन २५, २०८३
    • १०९ पटक पढिएको
  • ग्यास अभावको गुनासोपछि सुनसरीमा प्रशासनको अनुगमन

    धरान : सुनसरीका विभिन्न स्थानमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले ग्यास उद्योग तथा डिलरको अनुगमन थालेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाको नेतृत्वमा खटिएको टोलीले इनरुवा, इटहरी, दुहबीलगायत क्षेत्रमा रहेका ग्यास डिलरको अनुगमन गरेको हो। अनुगमनका क्रममा डिलरहरूले ग्यास लुकाएर कालोबजारी गरेको नपाइएको प्रशासनले जनाएको छ। सुनसरीमा रहेका तीन ग्यास उद्योगमध्ये कामाख्या ग्यास उद्योगबाट निरन्तर ग्यास रिफिलिङ तथा बिक्री वितरण भइरहेको छ। प्रिमा र सुविधा ग्यास उद्योगमा भने हाल रिफिलिङ रोकिएको प्रशासनले जनाएको छ। रिफिलिङ रोकिएका उद्योगमा समेत आप

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ८५ पटक पढिएको
  • धनकुटामा सात अर्बको तरकारी उत्पादन

    धनकुटा। गत आर्थिक वर्षमा धनकुटामा कुल एक लाख ५७ हजार चार मेट्रिक टन तरकारी उत्पादन भएको छ । जिल्लामा कुल पाँच हजार ९७८ हेक्टर क्षेत्रफलमा तरकारी खेती भएको थियो ।  वर्षभरि भएको खरिदबिक्रीको औसत मूल्यका आधारमा उत्पादन भएको उपजको मूल्य सात अर्ब ९७ करोड ५८ लाख रुपियाँ हुने कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । धनकुटामा सबैभन्दा बढी गोलभेँडा उत्पादन भएको छ । गोलभेँडा ३७ हजार चार सय मेट्रिक टन उत्पादन भएको हो । त्यस्तै काउली १९ हजार १६८, अकबरे १५ हजार छ सय, बन्दा १४ हजार ९६०, बोडी १५ हजार, मटर १० हजार दुई सय, रायो साग छ हजार पाँच सय र मुला पाँच हजार आठ सय मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ६८ पटक पढिएको
  • धार्मिक र सामाजिक सद्भावको सामूहिक सङ्कल्प

    इटहरी। देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा गत साउन १० गते राति भएको दुःखद घटनापछि सुनसरीमा सामाजिक तथा धार्मिक सद्भाव अझ मजबुत बनाउने उद्देश्यले प्रशासन, सुरक्षा निकाय, धार्मिक अगुवा तथा विभिन्न समुदायका प्रतिनिधिले सामूहिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्लामा उत्पन्न परिस्थितिलाई थप संवेदनशील बन्न नदिई आपसी विश्वास, भाइचारा र सहिष्णुताको वातावरण निर्माण गर्न सबै धर्म, समुदाय र पक्षबिच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको निष्कर्षसहित आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा महत्वपूर्ण बैठक सम्पन्न भएको हो ।  प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अगुवाइमा भएको बैठकमा प्रशासन

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ६१ पटक पढिएको
  • प्रतिबन्धित अनलाइन जुवाविरुद्ध पथरी प्रहरीको अपरेसन, ५ जना पक्राउ

    इटहरी । प्रतिबन्धित अनलाइन जुवा तथा सट्टेबाजीमा संलग्न रहेको आरोपमा मोरङको पथरी शनिश्चरे क्षेत्रबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीले सूचना तथा निगरानीका आधारमा विभिन्न मिति र समयमा विशेष अपरेसन सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार साउन ९ गते निरज दुलाल र महबिर रौनियार पक्राउ परेका थिए। यस्तै, साउन ११ गते दुई जना र साउन १४ गते थप एक जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा पथरी शनिश्चरे–२ का अखिल श्रेष्ठ र निखिल श्रेष्ठ तथा वडा नम्बर १ का विवेक तिमल्सिना सहित पाँच जना रहेका छन्। उनीहरूमाथि अवैध सट्टेबाजी तथा प्रतिबन्धित अनलाइन गेम खेलाउने

    • प्रकाशित मितिः साउन २४, २०८३
    • १९६ पटक पढिएको
  • कप्तानगञ्ज घटनापछि सीमा क्षेत्रमा प्रहरी निगरानी कडा, पाँच जना पक्राउ

    इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाउँदै पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनापछि उत्पन्न परिस्थितिमा विभिन्न स्थानमा भएको तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न हुनसक्ने आशंकामा उनीहरूलाई शनिबार पक्राउ गरिएको हो। प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा नेपाल–भारत सीमा पार गर्ने क्रममा पक्राउ परेका चार जना र सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका एक जना छन्। प्रहरीले उनीहरूलाई कप्तानगञ्जमा भएको डिजे विवाददेखि गोलीकाण्ड र त्यसपछि उत्पन

    • प्रकाशित मितिः साउन २४, २०८३
    • १४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]