समाचार

    Showing ५३१-५४० of १३,२८२ items.
  • पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

    इटहरी। नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ। त्रियुगा नगरपालिका–११, गाईघाटस्थित समता टोलमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो।काफ्लेको निधनप्रति नेपाल पत्रकार महासंघ उदयपुरले दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ। उहाँ २०४९ सालमा नेपाल पत्रकार महासंघ उदयपुर शाखा गठन हुँदा संस्थापक सचिवको जिम्मेवारीमा रहनुभएको थियो।काफ्लेले तत्कालीन समयमा ‘त्रियुगा अर्धसाप्ताहिक’ नामक पत्रिका प्रकाशन गरी पत्रकारितामा योगदान पुर्‍याउनुभएको थियो। उहाँ विगत एक वर्षदेखि गम्भीर बिरामी भई अचेत अवस्थामा रहनुभएको थियो। स्वर्गीय काफ्ल

    • प्रकाशित मितिः भदौ २४, २०८३
    • ८५ पटक पढिएको
  • पाँचथर–तेह्रथुम जोड्ने पुल जोखिममा

    इटहरी । मध्यपहाडी राजमार्ग अन्तर्गत पाँचथर र तेह्रथुम जोड्ने मोटरेबल पुल नदी कटान र बाढीका कारण जोखिममा परेको छ । पुलको पाँचथरतर्फको भाग ढुङ्गा, बालुवा र लेदोले पुरिँदै गएको छ भने तेह्रथुमतर्फ नदीले पुलको जग आसपास निरन्तर कटान गरिरहेको छ । पुलको मध्यभागमा पानीको बहाव बढ्दा नदी गहिरिने र बाढीका बेला ढुङ्गा, गिट्टी तथा बालुवाले नदीको सतह पुरिने गरेका कारण पिल्लरसमेत जोखिममा परेका छन् ।पुलआसपास नदीजन्य पदार्थ उत्खनन गर्ने व्रmम नरोकिएकाले जोखिम थप बढेको स्थानीयको भनाइ छ । स्थानीय राम माझीका अनुसार पुलको एकातर्फ जग पुरिँदै गएको छ भने अर्कोतर्फ नदी कटान तीव्र भइरहेका बेला दायाँबायाँ एक्साभेटर प्रयो

    • प्रकाशित मितिः भदौ २४, २०८३
    • ७५ पटक पढिएको
  • पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु

    इटहरी। पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मङ्गलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ ।भारतको गोरखपुरबाट १०० पर्यटकले सौराहाका लागि ‘बुकिङ’ गरेको कार्यक्रम स्थगन गरेका छन् । अध्यक्ष पाण्डले भन्नुभयो “संवादका क्रममा पर्यटकले नेपालमा विपद परिरहेका समयमा आफूहरु त्यहाँ रमाउन नसक्ने  जानकारी दिएका छन् । अन्तर्राष्ट्रियस्तरमा अहिले नेपालमा बाढीपहिरोको जोखिम न

    • प्रकाशित मितिः भदौ २४, २०८३
    • ११५ पटक पढिएको
  • भोटेकोशी बाढी : सरकारको राहत कोषमा फरवार्डको ३० लाख रुपैयाँ सहयोग

    सुबास घिमिरे। इटहरी । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा हातेमालो गर्दै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारको राहत कोषमा ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग उपलब्ध गराएको छ।२०८३ भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याउनुका साथै आसपासका जिल्लामा समेत जनजीवन प्रभावित बनाएको छ। विपत्तिको यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा राज्यले गरिरहेको प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prim

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • १५६ पटक पढिएको
  • पथरी शनिश्चरेमा लागुऔषध नियन्त्रणसम्बन्धी अन्तक्र्रियात्मक कार्यक्रम

    इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित शान्ति टोल विकास समितिको आयोजनामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष नैना साम्पाङ राईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शान्ति, पारुहाङ–सरस्वती, साधु र हस्पिटल लाइन टोल विकास समितिका अध्यक्ष, सचिव तथा कोषाध्यक्ष सहितका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा लागुऔषध दुव्र्यसन तथा कारोबार नियन्त्रण समितिका संयोजक एवं वडा सदस्य चन्द्रकुमार राईले लागुऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो। अन्तरक्रियामा लागुऔषधको दुव्र्यसन र ओसारपसार न

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • २२१ पटक पढिएको
  • भोटेकोशी बाढीमा बेपत्ताका परिवारलाई भेटिन् राज्यमन्त्री परियारले

    इटहरी । कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सपना परियारले भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिहरूका परिवारसँग भेटघाट गर्नुभएको छ । राज्यमन्त्री परियारले बराहक्षेत्र नगरपालिका–५, माझीटोलका बेपत्ता ४७ वर्षीय मोहनलाल माझी र बराहक्षेत्र–३, भरौलकी २२ वर्षीया रुवीना धामीको परिवारसँग भेट गरी सान्त्वना दिनुभएको हो। भेटका क्रममा उहाँले बेपत्ताहरूको खोजी, उद्धार तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले गरिरहेको पहलबारे जानकारी गराउनुभयो। बेपत्ता माझी माथिल्लो त्रिशूली चिनियाँ कम्पनीमा सुरक्षा अधिकृत र धामी टिमुरेस्थित एक होटेलमा कार्यरत हुनुहुन्थ्यो। आफन्त बेपत्त

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • १५१ पटक पढिएको
  • डाँडाखर्कमा सडक अवरुद्ध भएपछि बाइपासको अनुगमन, घरका बार्दलीसमेत हटाइने

    इटहरी । तेह्रथुमको लालिगुराँस नगरपालिका–१ डाँडाखर्कस्थित सडकको भित्तातर्फको भाग भत्किएपछि सवारीसाधन आवतजावतमा अवरोध भएको छ । सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बसन्तपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय, स्थानीय जनप्रतिनिधि, सडक डिभिजन कार्यालय धनकुटा लगायतका निकायले भत्किएको सडक तथा सञ्चालनमा ल्याइएको वैकल्पिक बाइपास सडकको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा बसन्तपुर बजारको प्रगति टोल हुँदै टुटेदेउराली तर्फ जाने दुईवटा वैकल्पिक सडकको अवस्था समेत निरीक्षण गरिएको छ । तीमध्ये तल्लो सडक साँघुरो भएकाले ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ हुने द

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • १७६ पटक पढिएको
  • विश्व रेबिज दिवसमा इटहरीमा निःशुल्क पशु स्वास्थ्य परीक्षण तथा खोप

    इटहरी । विश्व रेबिज दिवस २०२६ को अवसरमा स्वस्तिक भेट्स एण्ड पेट सेन्टर प्रा.लि., इटहरी र नेपाल भेटेरिनरी एसोसिएसन (NVA), कोशी प्रदेशको सहकार्यमा इटहरीमा निःशुल्क पशु स्वास्थ्य परीक्षण तथा एन्टी–रेबिज खोप कार्यक्रम सञ्चालन हुने भएको छ।२०८३ साल असोज १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने कार्यक्रम स्वस्तिक भेट्स एण्ड पेट सेन्टर, इटहरी–९, हस्पिटल लाइनमा आयोजना गरिनेछ। मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई जोड दिने ‘वन हेल्थ’ (One Health) अवधारणालाई आत्मसात् गर्दै आयोजना गर्न लागिएको कार्यक्रमको यस वर्षको विश्व रेबिज दिवसको मूल नारा ‘Stronger Together’ रहेको छ। विश्व रेबिज दिवस हरेक वर्ष सेप्टेम्बर

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • १३२ पटक पढिएको
  • भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

    इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति इटहरीमा दीप प्रज्वलन तथा शोकसभा गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोकको १३औँ दिनको दिन इटहरीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको हो । मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाको आयोजनामा इटहरी चोकमा दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठको उपस्थितिमा बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति दीप प्रज्वलन गर्दै चीरशान्तिको कामना गरिएको थियो । घाइते तथा प्रभावितको शीघ्र स्वा

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • १४४ पटक पढिएको
  • इटहरी प्रहरीको हिरासतमा नेपाल प्रहरीका पूर्व हवल्दारको मृत्यु

    इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका बाल यौन दुरुपयोग मुद्दाका एक थुनुवाको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ६८ वर्षीय गोपाल कार्की रहेका छन् । उनी बाल यौन दुरुपयोग मुद्दामा अनुसन्धानका लागि भदौ ५ गतेदेखि प्रहरी हिरासतमा थिए । प्रहरी हिरासतमा रहेका कार्की मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठान पुर्‍याएलगत्तै बिहान करिब ४ बजे चिकित्सकले कार्कीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।सुनसरी प्रहरीका सूचना अधिकारी ड

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • ९२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]