समाचार

    Showing २,८९१-२,९०० of १३,३९० items.
  • धरानका मेयरदेखि प्रतिनिधि सभा सदस्यसम्म स् हर्क साम्पाङको राजनीतिक उडान

    इटहरी । सामाजिक अभियन्ताका रूपमा पहिचान बनाउँदै स्थानीय राजनीतिमा उदाएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ० को यात्रा अब सङ्घीय संसद्तिर मोडिएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उहाँको राजनीतिक यात्रा राष्ट्रिय राजनीतितिर अगाडि बढेको हो । गत २०७९ सालको स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगरप्रमुखमा पहिलो पटक स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभयो । नगरप्रमुखको जिम्मेवारी समालेपछि उहाँले श्रमदानलाई पुनर्जीवित गर्दै विभिन्न जनअभियान सञ्चालन गर्नुभयो । उहाँकै प्रत्यक्ष संलग्नतामा धरान–२० स्थित कोकाहाखोलाबाट खा

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २३३ पटक पढिएको
  • एमाले धनकुटाद्वारा साँगुरीगढीकी उपाध्यक्ष मुना राई निलम्बित

    इटहरी । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निलम्बन गरेको छ । पार्टी गतिविधि विपरीत काम गरेको आरोप लगाउँदै मङ्गलबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले उहाँलाई निलम्बन गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्ला कमिटी बैठकमा विषय उठेपछि उपाध्यक्ष राईमाथि निलम्बनको कारबाही गरिएको हो । राई साँगुरीगढी गाउँपालिकाकी निर्वाचित उपाध्यक्ष हुनुहुन्छ । त्यसैगरी बैठकले प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तरघात गरेको आरोप लागेका कार्यकर्तामाथि कारबाही गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । भीम राईको संयो

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • १४० पटक पढिएको
  • चार महिनापछि परेको वर्षाले फेमे खोलाको डाइभर्सन बगायो, फिदिम–फालौट सडक अवरुद्ध

    इटहरी। चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम हुँदै नांगीन, याङनाम र सिदिन भएर भारतसँगको सीमावर्ती क्षेत्र फालौटसम्म जोड्ने सडक अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले डाइभर्सनमा जडान गरिएका ह्युम पाइपसमेत बगाएर लगेको छ। बिहीबार साँझ फिदिम नगरपालिका–१२ र १३ का केही क्षेत्रमा परेको ठुलो वर्षापछि आएको बाढीले ह्युम पाइप बगाएको हो।२०८१ असोज १२ गते आएको बाढीले सो स्थानको पक्की पुल बगाएपछि उक्त खोलामा यातायात डाइभर्सनका भरमा सञ्चालन हुँदै आएको थियो। गत वर्ष पनि पटक–पटक डाइभर्सन बग्दा सवारी आवागम

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • १७० पटक पढिएको
  • आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन

    इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ। ५५ वर्षीय लिम्बू लामो समयदेखि क्यान्सर उपचाररत हुनुहुन्थ्यो।साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार लिम्बू केही महिनादेखि भारतमा उपचाररत हुनुहुन्थ्यो। पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीर अन्तिम संस्कारका लागि धनकुटाको खुवाफोक ल्याउने तयारी भइरहेको छ।गाउँपालिकाले लिम्बूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज गाउँपालिकाभर शोक बिदा दिने निर्णय गरेको अध्यक्ष राईले जानकारी दिनुभयो।सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय लिम्बू

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • १६१ पटक पढिएको
  • अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै

    इटहरी । अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ। नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले जानकारी दिए।उपभोक्ताले आवश्यकभन्दा बढी परिणाममा ग्यास सिलिण्डर भण्डार गर्न थालेपछि निगमले बजारमा आधा सिलिन्डर पठाउने निर्णय गरेको हो। पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव र पश्चिम एसियामा बढ्दो द्वन्द्वको भयले पनि ग्यास भण्डार गरेर राख्ने प्रवृत्ति बढ्दो छ।  निगमले इन्डियन आयल निगम ९आईओसी०सँग किनेर ग्यास बिक्री गर्दै आइरहेको छ।तर भारतबाट मागअनुसारको ग्यास आउन छाडेक

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • २३० पटक पढिएको
  • महालक्ष्मी नगरपालिका परिसरमा धुम्रपान र मदिरा प्रतिबन्ध

    इटहरी  । महालक्ष्मी नगरपालिकाले आफ्नो कार्यालय परिसरभित्र धुम्रपान तथा मदिराजन्य पदार्थको बिक्री–वितरण र उपभोग पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ । नगरपालिकाको कार्यालय, जितपुर धनकुटाबाट जारी गरिएको पत्रअनुसार नगर कार्यपालिकाको बैठकले गरेको उक्त निर्णय कार्यान्वयन गर्न मातहतका सबै शाखा, उपशाखा, वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई निर्देशन दिइएको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईद्वारा हस्ताक्षरित पत्रमार्फत निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै निकायलाई जानकारी गराइएको हो । पत्रमा उल्लेख गरिएअनुसार महालक्ष्मी नगरपालिकाको कार्यालय, कार्यालय परिसर तथा नगरपालिकाअन्

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • २०९ पटक पढिएको
  • ताप्लेजुङमा प्रत्यक्षतर्फ उम्मेदवारलाई बढी मत, नयाँ दलका उम्मेदवार कमजोर

    इटहरी  । ताप्लेजुङमा पुराना दलका उम्मेदवारलाई पार्टीको भन्दा बढी मत प्राप्त भएको छ । पुरानो दलका उम्मेदवारले पार्टीले प्राप्त गर्ने समानुपातिक प्रणालीतर्फको मतभन्दा बढी प्राप्त गरेका हुन् । पुराना दल नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेपाली कम्युनिस्ट पार्टीले प्राप्त गरेको मतभन्दा ती दलका उम्मेदवारले बढी मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्कअनुसार पुरानो दलका उम्मेदवारले पहिलो हुने निर्वाचित हुने प्रणाली वा प्रत्यक्षतर्फ अर्थात उम्मेदवारले पाउने मत पार्टीको मतभन्दा बढी रहेको छ ।नयाँ दलका रुपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीका उम्मेदवारले

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • २०२ पटक पढिएको
  • सामाजिक अभियन्तादेखि संघीय संसद्‌सम्मस् हर्कराज राईको राजनीतिक यात्रा

    इटहरी । सामाजिक अभियन्ताका रूपमा पहिचान बनाउँदै स्थानीय राजनीतिमा उदाउनुभएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ० संघीय संसद्‍मा पुग्नुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उहाँको राजनीतिक यात्रा स्थानीय मुद्दाबाट राष्ट्रिय राजनीतिसम्म विस्तार भएको हो ।गत २०७९ सालको स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको थियो । उक्त निर्वाचनसँगै धरानले पहिलो पटक स्वतन्त्र नगर प्रमुख पाएको थियो । नगर प्रमुखको जिम्मेवारी सम्हालेपछि उहाँले श्रमदानलाई पुनर्जीवित गर्दै विभिन्न जनअभियान स

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • २०० पटक पढिएको
  • इनिशा बिक हत्या प्रकरणको छानविन र दोषिलाई कारवाहीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

    इटहरी । इनिशा बिक हत्या प्रकरणको छानविन र दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै बिभिन्न समूहहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । उत्पीडित जेन्जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल लगाएतले गम्भीर ढंगले इनिशा बिक हत्या प्रकरणको छानविनका साथै उक्त घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले इनिशा बिकको हत्यारालाई कारवाही गर, बालबालिकामाथि हुने हिंसा अन्त्य गर, पितृसत्ता मुर्दावाद, बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौं लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • २५१ पटक पढिएको
  • ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा

    इटहरी । ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा पुगेको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण रथको दुईवटा पाङ्ग्रा जलेर क्षतिग्रस्त भएपछि नयाँ पाङ्ग्रा बनाइएको हो । रातो मछिन्द्रनाथको पाङ्ग्रा हरेक १२ वर्षमा एक पटक मात्र बनाउने गरेकोमा आगामी बर्षमा हुने जात्राका लागि नै पाङ्ग्रा नभएपछि अहिले नै बनाइएको मछिन्द्रनाथको रथ निर्माण समूहका नाइके दिलकुमार बाराहीले बताउनुभयो । श्री पञ्चमीको दिनदेखि विधिवत पूजा गरेर पाङ्ग्रा बनाउने काम सुरु गरिएको र आउने शनिबार सम्ममा पूर्ण रुपमा निर्माण भइसक्ने उहाले जानकारी दिनुभयो । रातो मछिन्द्रनाथको जात्रा अन्तर्गत २०८२ सा

    • प्रकाशित मितिः फागुन २८, २०८२
    • १९३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]