समाचार

    Showing २,८८१-२,८९० of १३,३९० items.
  • मुनबिम एकेडेमीको दुई दिवसीय २१ औ वार्षिकोत्सव तथा अभिभावको दिवस सुरु

    सुनसरी / सुनसरीको बराहक्षेत्र ५ मा रहेको मुनबिम एकेडेमीले विद्यालयको २१ औ  वार्षिकोत्सव तथा अभिभावको दिवसको पहिलो दिन भव्य रुपमा सम्पन्न गरेको छ।विद्यालयका फाउण्डर तथा शिक्षक यज्ञ बहादुर सुब्वाको सभाध्यक्षता र सुनसरी प्याब्सनका वरिष्ट उपाध्यक्ष रमेश कार्कीको प्रमुख आतिथ्यमा पहिलो दिनको कार्यक्रम राखिएको थियो।कार्यक्रमका प्रमुख अतिथि रमेश कार्कीले विद्यार्थीले तयार पारेको रोबटिकद्वारा कार्यक्रमको उदघाटन गरेका थिए। पहिलो दिनको कार्यक्रम कक्षा नर्सरीदेखि कक्षा ३ सम्मको कार्यक्रम राखिएको विद्यालयका सहायक प्रिन्सिपल विदुर चौलागाई बताए। कार्यक्रममा विद्यार्थीहरुले राष्ट्रभाव ,संस्कार संस्कृति झ

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • ४१२ पटक पढिएको
  • सेतो बंगला एकेडेमीमा १९औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न

    इटहरी । सुनसरी स्थित सेतो बंगला एकेडेमीले १९ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ। विद्यार्थीहरूको प्रतिभा खोज, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अभिभावक, विद्यार्थी, अतिथि तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालय परिसरमा आयोजित उक्त समारोहमा करिब ७  सय जना अभिभावक, विद्यार्थी, अतिथि तथा पूर्व विद्यार्थीहरू सहभागी भएका थिए । कार्यक्रमको सभापतित्व विद्यालयका अध्यक्ष खड्ग कुमार बिष्ट (ईश्वर बिष्ट) ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पत्रकार, साहित्यकार तथा समाजसेवी कृष्ण विनोद लम्साल उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी व

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २५४ पटक पढिएको
  • पथरीमा त्रि– दिवसीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम सुरु

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा  नगरपालिकास्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम –२०८२ सुरु भएको छ । शुक्रबार  पञ्चायत माध्यमिक विद्यालयको  संयोजनमा आगामी ३ दिन  (फागुन २९ गतेदेखि चैत –१ गते) सम्म त्रि–दिवसीय कार्यक्रम सुरु भएको हो । पथरी शनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा द्वारा आयोजित उक्त कार्यक्रममा शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन,  आधारभूत तथा माध्यमिक तहसम्मको लागि एकल गायन, नृत्य  , चित्रकला,  हस्तलेखन जस्ता विधाहरूमा प्रतियोगिताको आयोजना गरिएको छ

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • १९९ पटक पढिएको
  • इटहरीमा सञ्चारकर्मीको छलफलः मिडिया र दिगो विकासमा सहकार्य

    इटहरी । इटहरीमा कार्यरत सञ्चारकर्मीहरू भेला भई सञ्चारमाध्यमको समस्या, सम्भावना र गर्नुपर्ने कामबारे छलफल गरिएको छ । शुक्रबार इटहरीको त्रियुगा होटलमा  सञ्चारकर्मीहरूसँग मिडियाका चुनौती, अवसर, र विभिन्न क्षेत्रले गर्नुपर्ने कामहरूमा विचार मन्थन गरेका थिए । कार्यक्रममा भोलिका दिनमा मिडियालाई कसरी अघि बढाउने र सञ्चारकर्मीहरूको विकास कसरी गर्ने भन्ने विषयमा सहयोग र सहकार्यको सम्भावना समेत केलाइएको  थियो । साथै, स्थानीय तह, सरकार र संघसंस्थासँग सहकार्य गर्दै इटहरीको दिगो विकासमा मिडियाले योगदान दिन सक्ने उपायहरूमा पनि योजना बनाइएको छ । विकास पत्रकारिता तालिम देखि प्राविधिक सीप साटासाट सम्म

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २२७ पटक पढिएको
  • पर्फेक्ट एकेडेमीको एघारौं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको पर्फेक्ट एकेडेमीले आफ्नो एघारौं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुस्मा  गिरीको अध्यक्षता तथा कोशी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी निरीक्षक दीपक गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातजातिका मौलिक भेषभूषामा सजिएर आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए ।आफ्ना छोराछोरीको प्रस्तुति हेर्दै अभिभावकहरू निकै उत्साहित र खुसी देखिन्थे। सो अवसरमा  प्रमुख अतिथी गिरी, विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थी,

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • ३३५ पटक पढिएको
  • किण्डरपिलर एकेडेमीको वार्षिकोत्सवमा बालबालिकाको सिर्जनशील प्रस्तुतिले अभिभावक उत्साहित

    इटहरी । किण्डरपिलर एकेडेमी इटहरीको १० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहिबार सम्पन्न भएको छ । विद्यालयकी प्रिन्सिपल देबी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, अभिनय र रोल–प्ले जस्ता विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा बालबालिकाको आत्मविश्वास, प्रतिभा र सिर्जनशीलता झल्किने प्रस्तुति देखेर अभिभावक तथा अतिथिहरू उत्साहित बनेका थिए । कार्यक्रममा बोल्दै विद्यालयकी प्रिन्सिपल देवी आचार्यले यस्ता गतिविधिले बालबालिकाको प्रतिभा उजागर गर्न, आत्मविश्वास बढाउन तथा समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विद्यालयले पढाइसँगै अतिरिक्त क्रिय

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २६१ पटक पढिएको
  • कांग्रेस उमेदवार शेखर कोइरालाको चुनाव खर्च सार्वजनिक

    इटहरी ।  नेपाली कांग्रेसका नेता तथा मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट कांग्रेस उमेदवार डा। शेखर कोइरालाले चुनाव खर्च विवरण सार्वजनिक गरेका छन् ।निर्वाचन कार्यालय मोरङमा बुझाइएको विवरणअनुसार कोइरालाको चुनाव खर्च २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च भएको छ । प्रचारप्रसार सामग्री छपाइमा १६ लाख ४६ हजार ६०९, स्टेशनरीमा १ लाख ४ हजार ५००, प्रचार प्रसारमा १ लाख १३ हजार, टेन्टमा ४० हजार, यातायातमा ७९ हजार, इन्धनमा १ लाख १६ हजार ३१९, खाजामा ९६ हजार ६६० र मसलवन्दमा ३५ हजार खर्च भएको विवरणमाजनाइएको छ । कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ ६९ पैसा खर्च भएको विवरणमा उल्लेख छ ।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • २१९ पटक पढिएको
  • एमाले अध्यक्ष ओलीका बुवा मोहनप्रसादको पशुपतिमा अन्त्येष्टि

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।स्वर्गीय मोहनप्रसादको पार्थिव शरीरमा अध्यक्ष ओलीले मुखाग्नी दिनुभयो । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका नेता तथा कार्यकर्ता पशुपति पुग्नुभएको थियो ।शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा मोहनप्रसाद ओलीको निधन भएको हो । उहाँको पार्थिव शरीरमा आफन्त, नातेदार तथा पार्टी नेता–कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • १७६ पटक पढिएको
  • झापामा हावाहुन्डरीले ढालेको रुखले किच्दा सुतिरहेकी किशोरीको मृत्यु

    इटहरी । झापाको हल्दीबारी गाउँपालिकामा बिहीबार राति वर्षासहित आएको हावाहुन्डरीका कारण ढलेको रुखले किच्दा घरभित्र सुतिरहेकी एक किशोरीको मृत्यु भएको छ।हल्दीबारी गाउँपालिका–२ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।प्रहरीका अनुसार राति करिब ९ बजेतिर आरती आफ्नै घरमा सुतिरहेको अवस्थामा घरनजिकै रहेको आँपको रुख वर्षा र तीव्र हावाहुन्डरीका कारण ढलेर घरमाथि खसेको थियो। रुखले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो।घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर घरमाथि ढलेको रुख हटाई

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • १७० पटक पढिएको
  • कोशी प्रदेशमा ग्यास अभावको हल्लाले बढ्यो माग, उपभोक्ताले सिलिन्डर भण्डारण गर्न थाले

    इटहरी । मध्यपूर्व तनावले नेपालमा ग्यास अभाव हुन सक्ने हल्ला चलेपछि उपभोक्ताले धमाधम पुराना खाली सिलिन्डर निकालेर नयाँ भण्डारण गर्न थालेका छन् । कुनै बेला अभाव टार्न आवश्यकभन्दा बढी सिलिन्डर खरिद गरेर घरमै थन्क्याएका उपभोक्ताले यसबेला जोहोका लागि निकालेका हुन् । उपभोक्ताले घरमै राखेको सिलिन्डरको म्याद भने नाघिसकेको उद्योगीको भनाइ छ । कोशी ग्यास अफ ग्रुपका महाप्रबन्धक सचित उपाध्यायका अनुसार पछिल्लो एक सातामा १० प्रतिशत म्याद गुज्रेका सिलिन्डर कम्पनीमा पुगेका छन् । ग्यासका डिलरमा उपभोक्ताले पुराना सिलिन्डर बुझाउँदै भरिएको ग्यास घरमा भण्डारण गरिरहेको उपाध्यायले जानकारी दिनुभयो । ग्यास अभ

    • प्रकाशित मितिः फागुन २९, २०८२
    • १४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]