समाचार

    Showing २,६५१-२,६६० of १३,३९० items.
  • पञ्चकन्या माध्यमिक विद्यालयमा एक लाख बढीको अक्षयकोष स्थापना

    इटहरी ।  भोजपुर जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा डा नरहाङ तामाङ र तीर्थराज योञ्जन (तामाङ)ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय बुबा नरबहादुर तामाङ तथा जीवित सीतामाया तामाङको संयुक्त नाममा रु एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । स्थापित अक्षयकोषबाट विद्यालयका शिक्षक तथा शिक्षिकाको कार्यसम्पादन मूल्याङ्कन गर्दै उत्कृष्टता प्रोत्साहन गर्ने र समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य  राखिएको तीर्थराजले जानकारी दिनुभयो । बाल्यकाल शिक्षा प्राप्त गरेको विद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै दाताहरूले शिक्षाको गुणस्तर सुधारमा सानो योग

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १३९ पटक पढिएको
  • बर्डफ्लु संक्रमणका कारण पूर्वी नेपालको पोल्ट्री व्यवसाय संकटमा

    इटहरी ।  कोशी प्रदेशका विभिन्न जिल्लामा देखिएको बर्डफ्लु संक्रमणका कारण पूर्वी नेपालको पोल्ट्री व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको छ । मोरङ, सुनसरी र झापामा संक्रमण पुष्टि भएपछि कुखुराको उत्पादन र बिक्री दुवै ह्वात्तै घटेको छ, जसले गर्दा अर्बौँको लगानी गरेका किसान र व्यवसायी गम्भीर आर्थिक संकटमा परेका छन् । पशुपन्छी महाशाखाको तथ्यांकअनुसार चैत ३ गतेदेखि सुरु भएको संक्रमण हालसम्म तीन जिल्लाका १६ वटा व्यावसायिक फार्ममा फैलिसकेको छ । महाशाखा प्रमुख दीपा दिवालीका अनुसार चैत १२ गतेसम्म मोरङमा ६, सुनसरीमा ८ र झापामा २ वटा फार्मका ६६ हजार ३२ वटा कुखुरा नष्ट गरिएको छ । जसमा ६४ हजार ८९७ लेयर्स

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १७७ पटक पढिएको
  • इटहरी यातायात कार्यालयबाट घुस लिएर लाइसेन्स पास, प्रमुखको जिम्मेवारी खोसियो

    इटहरी। इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) मा लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएकालाई समेत सेटिङ मिलाएर पास गराउने गरिएको रहस्य बाहिरिएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहेको उक्त कार्यालयमा बिचौलियाको अवैध समन्वय र कर्मचारीको मिलेमतोमा अनुत्तीर्ण भएकालाई पनि उत्तीर्ण गराइने गरेको खुलेको हो । यस विषयमा अनुसन्धान, छानबिन र कारबाही गर्ने क्रममा कार्यालय प्रमुख तथा नवौँ तहका अधिकृत सतीश सत्याललाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयले छानबिन समिति गठन गरेर थप अनुसन्धान सुरु गरेको छ । मन्त्रालयका सचिव आस्मान तामाङका अनुसार विशेषगरी लाइसेन्स बना

    • प्रकाशित मितिः चैत १७, २०८२
    • २६६ पटक पढिएको
  • काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

    काठमाडौँ । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।रिजालमाथि गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनमा दमन गरेको आरोप छ । आन्दोलनमा दमन गरेको भन्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेको थियो । यसअघि सोही सिफारिसका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।यता, काठमाडौंका तत्कालीन सीडीओ रिजालले जेनजी आन्दोलनमा आफूले घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउने मौखिक आदेश दिएको तर सिधै गोली चलाउने आदेश भने नदिएको बताएका छन् । जाँचबुझ आयोग

    • प्रकाशित मितिः चैत १७, २०८२
    • ११९ पटक पढिएको
  • पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाऊ आदेश जारी

    काठमाण्डौ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ ।ओलीलाई रिहा गर्न माग गर्दै दायर भएको निवेदनमा आज भएको सुनुवाइपछि अदालतले रिहा गर्न अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकको निवेदनमा पनि कारण देखाऊ आदेश जारी गरेको थियो ।ओलीकी श्रीमती राधिका शाक्य र लेखककी श्रीमती यशोदाले निवेदन दर्ता गराउनुभएको हो । ओलीको निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा र लेखकको कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो ।प्रहरीले अस्ति शन

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १८७ पटक पढिएको
  • इटहरीमा ‘नेपाली जुत्ता घर’को भव्य शोरुम सञ्चालनमा

    इटहरी । सुनसरीको इटहरी–४, आइतबारेस्थित दुर्गा पार्टी प्यालेस नजिकै ‘नेपाली जुत्ता घर’को भव्य शोरुम सञ्चालनमा आएको छ । आइतबार एक विशेष कार्यक्रमका बिच पूजा–अर्चना गरी शोरुमको विधिवत् रूपमा उद्घाटन गरिएको हो। नेपालमै उत्पादित जुत्ता तथा चप्पलहरूको प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त शोरुमका सञ्चालक मातृका प्रसाद नेपालले जानकारी दिनुभएको छ । उहाँका अनुसार ‘नेपाली जुत्ता घर’मा विभिन्न नेपाली ब्रान्डका गुणस्तरीय उत्पादनहरू उपलब्ध गराइएको छ । शोरुममा रनसुज, फस्र्टवाक सुज, बीएफ डियर हिल सुज तथा सुल्याण्ड ब्रान्डका जुत्ता चप्पलहरू एकै स्थानमा पाइने व्यवस्था गरिएको छ । ग्राहकहरूले एकै ठ

    • प्रकाशित मितिः चैत १६, २०८२
    • २५९ पटक पढिएको
  • पत्रकार महसंघको ७१ औँ स्थापना दिवसमा इटहरीमा प्रभातफेरी

    इटहरी । नेपाल पत्रकार महसंघको ७१ औँ स्थापना दिवसको अवसरमा सोमबार इटहरीमा प्रभातफेरीको आयोजना गरिएको थियो । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा इटहरीमा भेला भएका पत्रकारहरुले प्रभातफेरी गर्दै नगरको परिक्रमा गरेका थिए ।  इटहरी उपमहानगरपालिकाको गेटबाट सुरु गरिएको प्रभातफेरी इटहरी चौकको परिक्रमा गरी उपमहानगरपालिका अगाडी आएर कोण सभामा परिणत भएको थियो ।  कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारीले पत्रकार संघबाट महासंघ बनाउन सुनसरी जिल्लाले खेलेको भूमिकाको चर्चा गर्नु भयो । नेपाल पत्रकार महासंघको इतिहासमा सुनसरी जिल्ला ऐतिहासिक जिल्लाको रुपमा रहँदै आएको

    • प्रकाशित मितिः चैत १६, २०८२
    • २१८ पटक पढिएको
  • पथरी शनिश्चरे –२ द्वारा जेष्ठ नागरिकहरूलाई तीर्थाटन

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं २ ले वडा भित्रका जेष्ठ नागरिकलाई तिर्थाटन  भ्रमण गराएको छ । शनिबार वडा कार्यालयले  वडा भित्र बसोबास गर्दै आइरहनुभएको ६८ वर्ष माथिका ७६ जना जेष्ठ नागरिकहरूलाई धनकुटाको भेडेटारस्थित पाथीभरा देवी मन्दिर र धरानको बुढा सुब्बा तथा  रामधुनी मन्दिरमा दर्शन गराएको हो। जेष्ठ नागरिकहरूलाई धार्मिक भ्रमणका क्रममा स्वस्थकर खानाको पनि व्यवस्थापन भएको थियो। सोहि भ्रमणका क्रममा पथरी नगर अस्पतालका स्वास्थ्यकर्मीहरू रञ्जना दहाल र रत्नकला गुरुङले वृद्धवृद्धाहरूको स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो।  उक्त भ्रमणका लागि वडा कार्यालयले  कुल १ लाख रुपैयाँ

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १६३ पटक पढिएको
  • ताप्लेजुङमा सडेको अवस्थामा शव फेला

    इटहरी ।  ताप्लेजुङमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार  फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमस्थित मेथेम खोला किनारमा उक्त शव फेला परेको हो ।उक्त शव तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ गैरीगाउँका ४० वर्षीय यमराज लिम्बूको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो । प्रहरी निरीक्षक यावदका अनुसार निकै सडेको अवस्थामा फेला परेको शव हातमा खोपेको ट्याटुका आधारमा लिम्बूको रहेको पहिचान भएको हो । लिम्बू फक्ताङ्लुङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो तमोर जलविद्युत आयोजनामा काम गर्दै आएका बुझिएको छ ।गत फागुन ८

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १४७ पटक पढिएको
  • हतुवागढीको रानीवासमा महिला सामुदायिक भवन निर्माण

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज भएको छ । विशेषगरी महिलाका लागि लक्षित गरी निर्माण गरिएको उक्त भवनले गाउँस्तरमा हुने नियमित भेला, छलफल तथा कार्यक्रमलाई व्यवस्थित बनाएको छ । रानीवासका महिलाले हरेक महिना टोल तथा महिला समूहको बैठक सञ्चालन गर्दै आएका छन् । उपयुक्त स्थानको अभावका कारण कहिले खुला स्थानमा त कहिले निजी घरमा भेला बस्नुपर्ने बाध्यता रहेको अहिले सहजता भएको स्थानीयसी रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । यहाँ भवन निर्माण गर्नका लागि करिब रु सात लाख बजेट खर्च भएको

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १२४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]