समाचार

    Showing २,३६१-२,३७० of १३,३८३ items.
  • करिब ३३ तोला चाँदीसहित विराटनगर विमानस्थलबाट एक पक्राउ

    इटहरी । विराटनगर विमानस्थलबाट काठमाडौँ जाँदै गरेको अवस्थामा करिब ३३ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेका अनुसार चाँदी बोकेर विमानस्थलको मार्ग हुँदै काठमाडौँ जान लागेका विराटनगर–१ का ४४ वर्षीय आशिष रिजाललाई पक्राउ गरिएको हो। विमानस्थलमा नियमित चेकजाँचका क्रममा रिजाललाई पक्राउ गरेको विमानस्थलका प्रहरी नायब निरीक्षक राजेन्द्र तिम्सिनाले जानकारी दिए।उनका अनुसार मंगलबारको बजार मूल्यअनुसार बरामद भएको चाँदी एक लाख ७० हजार रुपैयाँभन्दा बढीको छ।बिलबिजक वा वैध कागजात नभेटिएपछि प्रहरीले रिजाललाई पक्राउ गरेको ज

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १८४ पटक पढिएको
  • एम्नेस्टीको प्रतिवेदनः नेपालमा शान्तिपूर्ण भेला र अभिव्यक्ति स्वतन्त्रता संकुचित

    काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले सन २०२५ मा नेपालमा शान्तिपूर्ण भेला हुन पाउने स्वतन्त्रता संकुचित भएको जनाएको छ । मंगलबार काठमाडौंमा विश्व मानवअधिकारको अवस्था प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनलले सन २०२५ मा अभिव्यक्ति स्वतन्त्रता माथि प्रहार भएको, सत्य, न्याय र परिपूर्णको अधिकार असम्बोधित रहेको, जातीय विभेद कायम रहेको जनाएको हो । त्यस्तै आप्रवासी श्रमिकहरू माथि ठगी र दुव्र्यवहारहरू अझै जारी रहेको र आदिवासी जनजातिहरूको अधिकार माथि प्रहार भएको एम्नेस्टीको प्रतिवेदनमा उल्लेख छ । माओवादी सशस्त्र द्वन्द्वको क्रममा भएको गम्भीर मानवअधिकार उलंघनका पीडितहरुलाई सत्य, न्याय र परिपूरण प्रदान

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • २४८ पटक पढिएको
  • बिचौलियाको हस्तक्षेपले केरा महँगो, न्यूनतम समर्थन मूल्य तोक्न महासंघको माग

    इटहरी । नेपाल केरा उत्पादक महासंघले केराको बजारीकरणका क्रममा बिचौलियाको हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किसानले बारीबाट बेच्दा भन्दा बजारमा पाँच गुणा सम्म महङ्गोमा केरा बिक्रि बितरण भइरहेको भन्दै बजारमा देखिएको बिचौलियाको अत्याधिक हस्तक्षेप अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको हो । किसानले बारीबाट स्थानीय जात(मालभोग) ७० देखि ८५ प्रति दर्जन र हाइव्रिड जातको ५० देखि ६० प्रतिदर्जनमा बिक्रि गरिरहेको महासंघले जनाएको छ । तर त्यहि केरा आम उपभोक्ताले ३५० देखि ४ सय रुपैया सम्ममा किन्नुपर्ने अवस्था बिचौलिका कारण नै आएको महासंघका अध

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • २५५ पटक पढिएको
  • हर्क साम्पाङको ३३ बुँदे प्रतिवद्धतापत्र– सैन्य रणनीतिक सम्झौता नगर्ने, अभिव्यक्ति स्वतन्त्रता ग्यारेन्टी

    इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न उचित हुने बताउनुभएको छ ।मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष साम्पाङले गृहमन्त्रीका बिषयमा पटक पटक विवाद उत्पन्न भइरहेको अवस्थामा मार्गप्रशस्त गर्न उचित हुने बताउनुभएको हो । उहाले सुशासन कायममा सरकारले काम गर्ने कोशीस गरिरहेकाले प्रतिक्रिया दिन हतार नगर्ने समेत बताउनुभयो । अध्यक्ष साम्पाङले सरकारले माग गरे बमोजिम आफ्नो पार्टीले ३३ बुँदे सुझाव पत्र प्रस्तुत गरेको जानकारी दिनुभयो । श्रम संस्कृतिले अत्यावश्यक आधारभूत आवश्यकताका मूल्य मान्यता बनाइराख्ने, जनजीवनलाई सामान्य बनाइराख्न आवश्यक भूमिका खे

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १८४ पटक पढिएको
  • भोजपुरको हतुवागढी–२ लुङ्गिनमा बगाले थापा क्षेत्री कल्याणकारी परिषद भोजपुरको नयाँ भवन उद्घाटनसहित अधिवेशन सम्पन्न

    इटहरी । बगाले थापा क्षेत्री कल्याणकारी परिषद भोजपुरको १४ औं वार्षिक साधारण सभा तथा ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सोमबार परिषदका केन्द्रीय अध्यक्ष प्रल्हाद थापाको प्रमुख आतिथ्यतामा हतुवागढी गाउँपालिका वडा नम्बर २ लुङ्गिन स्थित जिल्ला शाखाको नवनिर्मित भवन उद्घाटनसँगै अधिवेशन सम्पन्न गरिएको हो । दुई तले उक्त भवन प्रदेश सरकारबाट २७ लाख, गाउँपालिका र वडाबाट १२ लाख र बाँकी रकम बगाले थापा समुदायबाट सङ्कलन गरी कुल ६९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको परिषदले जनाएको छ । शुभकामना मन्तव्यका क्रममा बोल्दै कोशी प्रदेशका पूर्वराज्यमन्त्री एवं प्रदेश सांसद सिर्जना राईले ग्रामीण क्षेत्रको विकासका लागि

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • २७७ पटक पढिएको
  • इटहरीमा “हिमाल पहाड अर्गानिक कोसेली घर” सञ्चालनमा

    इटहरी । इटहरीमा अर्गानिक तथा रैथाने उत्पादनहरूको प्रवद्र्धन गर्ने उद्देश्यले “हिमाल पहाड अर्गानिक कोसेली घर” सञ्चालनमा आएको छ । इटहरी उपमहानगरपालिका–१ मा, सोल्टि वेस्टर्न होटलको ठीक अगाडि अवस्थित यस कोसेली घरले हिमाली तथा पहाडी भेगमा उत्पादित स्थानीय वस्तुहरू सहरमै उपलब्ध गराउँदै उपभोक्ताको ध्यान आकर्षित गर्न थालेको छ । सञ्चालक बिनोद कार्कीका अनुसार कोशी प्रदेशका दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने रैथाने बाली तथा अर्गानिक वस्तुहरूको बजारीकरण गर्ने उद्देश्यले यो पहल सुरु गरिएको हो । उहाँका अनुसार कोसेली घरमा विशेषगरी संखुवासभा जिल्ला  र भोजपुर जिल्ला लगायतका पहाडी जिल्लाहरूमा उ

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १८५ पटक पढिएको
  • सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

    इटहरी ।  भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो । ‘बोर्डर शिल’ गरिएको अ

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १६५ पटक पढिएको
  • रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङलाई

    इटहरी । सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १(० गोलअन्तरले पराजित गर्दै युवा समाज गछियाले उपाधि हात पारेको हो । खेलको ८७औँ मिनेटमा युवा समाजका खेलाडी दोर्जे तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि तामाङको गोल निर्णायक बन्न पुग्यो । \प्रतियोगिता संयोजक अनुरोध थापाका अनुसार उपाधिसँगै युवा समाज गछियाले रु १० लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता बनेको

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • २०९ पटक पढिएको
  • उदयपुरको बेल्टार बजार आगलागीःदुई जनाको जलेर मृत्यु

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा मङ्गलबार बिहान भएको आगलागीमा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने घटनास्थलमा दुई जनाको जलेको अवस्थामा शव फेला परेको छ। प्रहरीका अनुसार विद्युत् सर्ट भएर बिहान करिब २ बजे आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।घटनामा ज्यान गुमाउने व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक प्रभात लिम्बुले जानकारी दिनुभयो। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको उहाँले बताउनुभयो। घटनास्थलमा दुई जनाको कंकाल फेला परेको छ। परिवारले दिएको जानकारीअनुसार लक्ष्मी खड्का र पवन खड्का हालसम्म सम्पर्कमा नरहेकाल

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १७० पटक पढिएको
  • बेलकाको पर्यटन विकासका लागि ’कोशी रिभर पार्क’ देखि ’पर्यटन विश्वविद्यालय स्थापना’ सम्मका योजना

    इटहरी । उदयपुर विकास समितिले बेलका नगरपालिकालाई पर्यटकीय हब बनाउने उद्देश्यका साथ ’कोशी रिभर पार्क’ देखि ’पर्यटन विश्वविद्यालय’ सम्मका महत्त्वाकांक्षी योजनाहरू सार्वजनिक गरेको छ । बेलका पर्यटन महोत्सवको समापन समारोहमा आइतबार समितिका अध्यक्ष एवं त्रियुगा नगरपालिकाका पूर्वप्रमुख वलदेव चौधरीले १ अर्ब ५० करोडभन्दा बढीको प्रस्तावित बजेट सहितको तीन चरणको गुरुयोजना प्रस्तुत गर्नुभयो । जसअन्तर्गत २ वर्षको अल्पकालीन योजनाका लागि १ करोड २५ लाख, ५ वर्षको मध्यमकालीन योजनाका लागि २ करोड ५० लाख र १० वर्षभित्र ठूला रिसोर्ट, इको पार्क तथा पर्यटन विश्वविद्यालय स्थापना गर्ने दीर्घकालीन लक्ष्यका लागि १ अर्ब २५ क

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • २५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]