समाचार

    Showing २,१०१-२,११० of १३,३६६ items.
  • जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा पदमुक्त

    इटहरी। निर्वाचन आयोगले जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामालाई पदमुक्त गरेको छ । दल त्याग गरेका कारण आयोगले लामासहित देशभरका १६ जना जनप्रतिनिधिलाई पदमुक्त गरेको हो ।दल त्याग वा परिवर्तन गरेका जनप्रतिनिधिलाई पदमुक्त गरिएको निर्वाचन आयोगले बिहीबार सूचना प्रकाशित गरी जानकारी गराएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को तर्फबाट लामा जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित हुनुभएको थियो । एकीकृत समाजवादी र नेकपा ९माओवादी केन्द्र० लगायतले पार्टी एकीकरण गर्दै नेपाली कम्युनिस्ट पार्टी बनाएपछि लामाले दल त्याग गरी नेकपा ९एमाले० मा प्रवेश गर्नुभएको थियो । जिल्ला समन्व

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • २७१ पटक पढिएको
  • इटहरीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार र सचेतनासम्बन्धी अन्तरक्रिया

    इटहरी । सुनसरीको इटहरीस्थित त्रियुगा होटलमा “परिवर्तनका लागि एकता” भन्ने मूल नाराका साथ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, स्वास्थ्य तथा सामाजिक सचेतना सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा सामाजिक अभियन्ता, युवा तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । मनिषा थापाको संयोजन तथा एड्भोकेसी अफिसर समोन जी.सी.को सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा समुदायले भोग्दै आएका बहुआयामिक चुनौतीबारे गहन विमर्श गरिएको थियो। कार्यक्रममा बोल्दै थापा र जी.सी.ले समाजको परम्परागत दृष्टिकोणमा परिवर्तन ल्याउन सचेतनामूलक अभियानलाई विद्यालय तहसम्म विस्तार गर

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • १३८ पटक पढिएको
  • इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी द्वारा बराहक्षेत्र–११ मा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीको आयोजना र वडा कार्यालयको सहकार्यमा ‘नागरिक सुनुवाइ’ कार्यक्रम सम्पन्न भएको छ । प्रहरी र समुदायबीचको सम्बन्ध सुदृढ बनाउँदै सेवा प्रवाहलाई पारदर्शी र जनमुखी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवश कुँवरको सभाध्यक्षता तथा वडाध्यक्ष कृष्ण कुमार महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय गरी करिब ५० जनाको सहभागिता थियो । कार्यक्रममा सहभागी

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • ७२२ पटक पढिएको
  • मिक्लाजुङ उद्योग वाणिज्य संघको अध्यक्षमा अमृत कुमार श्रेष्ठ निर्वाचित

    इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित मधुमल्ला पार्टी प्यालेसमा सम्पन्न मिक्लाजुङ उद्योग वाणिज्य संघको प्रथम अधिवेशनबाट अमृत कुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश बस्नेत, उपाध्यक्षमा अम्बिका श्रेष्ठ, महासचिवमा कोमल प्रसाद ढकाल, वाणिज्य सचिवमा गणेश भट्टराई, उद्योग सचिवमा विनोद दर्नाल तथा कोषाध्यक्षमा सचिन कुमार रौनियार चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरूमा सुरेन्द्र कुमार दाहाल, उपेश पौडेल, चन्द्रकला भण्डारी, नारायण ढुङ्गाना र मुकेश शाह रौनियार चयन हुनु भएको छ । अधिवेशनले बुद्धिलाल निरौलाको

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • ११० पटक पढिएको
  • ताप्लेजुङको दुर्गम तथा विकट हिमाली गाउँ घुन्सामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    इटहरी ।  ताप्लेजुङको दुर्गम तथा विकट हिमाली गाउँ घुन्सामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । इन्टरनेट र टेलिफोनको समस्या रहेको घुन्सा गाउँमा बुधबारदेखि फोरजी सेवा सञ्चालनमा आउको हो । नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएसँगै दुर्गम गाउँहरु फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा र फलेमा इन्टरनेटको सुविधा भएको छ । घुन्सास्थित तीन हजार ८५० मिटर उचाइ रहेको डाँडामा फोरजी इन्टरनेटको टावर राखिएको छ । निरन्तरको वर्षा र हिमपातसहित प्रतिकूल मौसमकाबिच टावर निर्माण तथा आवश्यक प्रविधि जडानको कार्य सकिएपछि बुधबारदेखि फोरजी इन्टरनेट सेवा सञ्चालनमा आएको स्थानीय समाजसेवा मिङ्माडण्डु शेर्पाले जा

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • २९४ पटक पढिएको
  • ताप्लेजुङमा घुम्ती शिविरमार्फत पाँच हजार सेवाग्राही लाभान्वित

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सञ्चालित घुम्ती शिविरमार्फत पाँच हजार बढी सेवाग्राही लाभान्वित भएका छन् । गाउँपालिकाले वडा वडामा पुगेर सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमार्फत उक्त सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन् । पालिकाका छ वटै वडामा घुम्ती शिविर सम्पन्न हुँदा कुल पाँच हजार २४ जनो सेवाग्राही लाभान्वित भएका गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार गाउँपालिकाबाट प्रवाह हुने सबै किसिमका सेवाहरु घुम्ती शिविरमार्फत प्रवाह गरिएको थियो । बुधबार अन्तिम दिनको घुम्ती शिविर पालिकाको प्रशासकीय केन्द्र रहेको वडा ३ साँघुमा सञ्चालन गरिएको छ । साँघुमा सञ

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • ४८४ पटक पढिएको
  • एसइई नतिजामा ताप्लेजुङकोआठराई त्रिवेणी जिल्लामै पहिलो

    इटहरी ।  माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । सोमबार सार्वजनिक नतिजाअनुसार गाउँपालिकाबाट परीक्षामा सहभागी भएका कुल १ सय २० विद्यार्थीमध्ये ८९ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ७४.१६ प्रतिशत हो । पालिकागत नतिजा हेर्दा आठराई त्रिवेणी पहिलो स्थानमा रहेको छ भने मौवाखोला गाउँपालिका दोस्रो स्थानमा परेको छ । मौवाखोलामा ४५ विद्यार्थीमध्ये ३३ जना अर्थात ७३.३३ प्रतिशत उत्तीर्ण भएका छन् । त्यसैगरी मेरिङ्देन गाउँपालिका मा १ सय ३५ विद्यार्थीमध्ये ८२ जना उत्तीर्ण भई ६०.७४ प्रतिशत नतिजा आएको छ । जिल्लाको एक मात्

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • २१८ पटक पढिएको
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माण गरिएको दुई वटा भवन विद्यालयलाई हस्तान्तरण

    इटहरी। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माण गरिएको दुई वटा भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुस्थित मैवाखोला माध्यमिक विद्यालय तेम्बेमा निर्माण गरिएको दुई वटा भवन सो विद्यालयलाई हस्तान्तरण गरिएको हो । आठ कोठे पक्की विद्यालय भवन र छात्राबास भवन निर्माण सम्पन्न भएसँगै विद्यालयलाई हस्तान्तरण गरिएको मैवाखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार सङ्घीय सरकारको विशेष अनुदान रकमबाट उक्त दुईवटै संरचना ९भवन० निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । इन्जिनियर भट्टराईका अनुसार कूल एक करोड तीन लाख १६ हजार ९८४ रुपियाँ बजेटबाट आठ

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • २५० पटक पढिएको
  • ऐतिहासिक सम्पदा अतिक्रमण भएको दाबी, मुक्कुम्लुङ बचाउन वैशाख ३० देखि जेठ १७ सम्मका सङ्घर्षका कार्यक्रम सार्वजनिक

    इटहरी । मुक्कुम्लुङ संरक्षण र पाथीभरा क्षेत्र ९मुक्कुमलुङ०मा केबलकार खारेजीको माग गर्दै मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले विभिन्न चरणका सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । समितिले बुधबार फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। समितिले सरकारसँग निरन्तर वार्ता, संवाद र छलफल भइरहेको अवस्थामा समेत स्थानीय प्रशासनलाई दिइएको निर्माण रोक्ने निर्देशनलाई बेवास्ता गर्दै कामलाई निरन्तरता दिइएको जनाएको छ । झुटा, फर्जी तथा नक्कली दस्तावेजको आधारमा पवित्र ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा मुक्कुम्लुङ अतिक्रमण गरिएको

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • २०१ पटक पढिएको
  • ग्राजुएसन सेरेमोनीले हिमालय इङ्ग्लिस स्कुलमा थप्यो नयाँ उत्साह

    इटहरी । मोरङको सुन्दरहरैंचा–१०, विराटचोकस्थित हिमालय इङ्ग्लिस स्कुल मा २०८३ सालको ग्राजुएसन सेरेमोनी, नयाँ विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयका प्रिन्सिपल कमल खनाल का अनुसार कार्यक्रममा अध्ययनमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। उहाँले विद्यालयले पाठ्यपुस्तकको शिक्षासँगै विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन, सिर्जनशीलता तथा नेतृत्व क्षमताको विकासमा समेत विशेष ध्यान दिँदै आएको बताउनुभयो। साथै आगामी दिनमा अझ गुणस्तरीय

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • २८७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]