समाचार

    Showing १,८७१-१,८८० of १२,३९० items.
  • ताप्लेजुङका नौ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा सिरिजङ्घा गाउँपालिका प्रथम

    इटहरी । ताप्लेजुङका नौ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा सिरिजङ्घा गाउँपालिका प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको अन्तिम नतिजामा सबैभन्दा बढी अङ्क प्राप्त गरी सिरिजङ्घा गाउँपालिका प्रथम भएको हो ।आयोगले सार्वजनिक गरेको नतिजाअनुसार ६८।१० अङ्क प्राप्त गरी सिरिजङ्घा प्रथम भएको हो । यसअघि वित्त आयोगको प्रारम्भिक मूल्याङ्कन नतिजामा पनि जिल्लामा सिरिजङ्घा गाउँपालिका नै प्रथम भएको थियो । यस्तै ६५।७० अङ्क प्राप्त गरेर पाथीभरा याङ्वरक गाउँपालिका दोस्रो भएको छ।प्रारम्भिक नतिजाभन्दा पाँच अङ्कले सुधार गर्दै मैवाखोला गाउँपालिका तेस्रो भएको छ । मैवाखोलाले प्रारम्

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • १९५ पटक पढिएको
  • झापामा विहीबार रातीदेखि शुक्रबार बिहानसम्म अविरल वर्षासहित आएको हावाहुरीका कारण केरा खेती र कृषिमा ठूलो क्षति

    इटहरी । झापामा विहीबार रातीदेखि शुक्रबार बिहानसम्म अविरल वर्षासहित आएको हावाहुरीका कारण केरा खेती र कृषिमा ठूलो क्षति पुगेको छ ।हावाहुरीले केरा खेती, कुखुरा फार्म, चिया प्रशोधन कारखानामा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा गाउँपालिका वडा नं।७ मा पूजा खनालले लगाएको केरा खेतीमा हावाहुरीका कारण ठूलो क्षति पुगेको छ ।हावाहुरीले करिब ३२ सय वटा केरा बोट पूर्ण रूपमा ढाल्दा करिब १६ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय किसानका अनुसार हावाहुरीले खेतभरि लगाइएका केरा बोट ढालेपछि उत्पादनमा समेत ठूलो

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • २०० पटक पढिएको
  • इटहरीमा आइतबारदेखि टिभिएस एक्सचेञ्ज मेला सुरु, पुरानो बाइक साटेर नयाँ किन्न विशेष अवसर

    इटहरी । इटहरीमा टिभिएस मोटरसाइकल तथा स्कुटरको विशेष एक्सचेञ्ज मेला भोलि (आइतबार)देखि सुरु हुने भएको छ। जगदम्बा मोटर्स को आयोजनामा इटहरी पश्चिम लाइन, राजस्व ढाँटस्थित आधिकारिक बिक्रेता पारस अटोमोवाइल्स मा चैत १ गतेदेखि चैत ६ गतेसम्म मेला सञ्चालन हुने जनाइएको छ। मेलामा ग्राहकलाई लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट तथा विशेष छुटजस्ता आकर्षक अफर उपलब्ध गराइने आयोजकले जनाएको छ। साथै, जुनसुकै ब्रान्डका पुराना मोटरसाइकललाई अनुभवी मूल्याङ्कनकर्तामार्फत उच्च मूल्याङ्कन गरी साटफेरको सुविधा प्रदान गरिनेछ। ग्राहकले आफ्नो पुरानो बाइक साटेर विशेष छुटसहित नयाँ टिभिएस का मोटरसाइकल वा स्कुटर खरिद गर्न स

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • १८६ पटक पढिएको
  • सुनसरी–२ का नवनिर्वाचित सांसद लाल विक्रम थापाको जनतासँग भेटघाट

    इटहरी | सुनसरी क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लाल विक्रम थापा जनतासँग भेटघाट कार्यक्रममा सहभागी भएका छन्।शनिबार संगित साधना टोल विकास संस्थाकको आयोजनामा इटहरी उपमहानगरपालिका वडा नम्बर १ र २ का टोलवासीहरू भेला भई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद थापालाई खादा, माला र अबिर लगाएर स्वागत तथा सम्मान गरेका थिए।टोल विकास संस्थाका कानुनी सल्लाहकार राजनकुमार अधिकारीले जनताको अपेक्षा अनुसार काम गर्न सांसद थापालाई आग्रह गर्नुभयो।नवनिर्वाचित सांसद थापाले आफू जनताको काम गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै मत दिएर जिताएकोमा उहाँले सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्न

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • ५४७ पटक पढिएको
  • पत्रकारलाई अभद्र व्यवहार गर्ने एक व्याक्ति पक्राउ

    इटहरी । पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए । सोही आरोपमा इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले उहाँलाई शिवसताक्षी नगरपालिका–४ बाट फेला पारी नियन्त्रणमा लिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । । पाठकलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • २६३ पटक पढिएको
  • सम्पर्कविहीन सदस्यको कुशको लाश बनाएर परिवारले गरे दाहसंस्कार

    इटहरी । झापाको बिर्तामोडमा बसोबास गर्दै आएको एक गिरी परिवारले २० वर्षदेखि सम्पर्कविहीन रहेका परिवार प्रमुखको कुशको लाश बनाएर दाहसंस्कार गरेपछि काजक्रिया गरिरहेको छ। भोजपुरको गोबिनचोकमा जन्मेका र हाल बिर्तामोड–५ बुट्टाबारीमा बस्दै आएका दलबहादुर गिरी करिब २० वर्षदेखि सम्पर्कविहीन रहेको पारिवारिक स्रोतले जनाएको छ। लामो समयसम्म कुनै खबर नआएपछि र उमेरले पनि १०० वर्ष पूरा भएको आधारमा परिवारले धार्मिक परम्पराअनुसार कुशको लाश बनाएर अन्त्येष्टि गर्ने निर्णय गरेको बताइएको छ। परिवारका अनुसार गत फागुन २१ गते कुशको लाश बनाएर कनकाई माई नदीमा दाहसंस्कार गरिएको थियो। त्यसपछि हाल परिवारले काजक्रिया गरिरहेको छ।

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • २०८ पटक पढिएको
  • बिर्तामोडका डान्सबार रातभर सञ्चालनस् ७ कर्मचारी पक्राउ, अब कानुनी कारबाहीको तयारी

    इटहरी । झापाको बिर्तामोडमा सञ्चालन भइरहेका डान्सबारका कारण प्रहरीलाई दैनिक रूपमा निगरानी र नियन्त्रणमा खटिनुपर्ने अवस्था सिर्जना भएको छ।तोकिएको समयभन्दा बढी सञ्चालन गर्ने डान्सबारका कर्मचारीलाई पक्राउ गरेर छाड्ने क्रम बढेपछि अब भने प्रहरीले कानुनी कारबाही अघि बढाउने तयारी गरेको जनाएको छ। प्रहरीका अनुसार डान्सबार सञ्चालनका लागि राति ११ बजेसम्म मात्र समय तोकिएको भए पनि बिर्तामोडका केही डान्सबारहरू बढी व्यापार गर्ने लोभमा रातभर सञ्चालन गर्ने प्रयास गर्दै आएका छन्। त्यसका कारण प्रहरीलाई नियमित रूपमा अनुगमन गर्दै डान्सबार बन्द गराउँदै हिँड्नुपरेको छ, जुन अवस्था प्रहरीका लागि दैनिक ड्युटीजस्तै बनेको

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • १५८ पटक पढिएको
  • विद्युतीय कारोबार मुद्दाका रविरत्न चुडाल काठमाडौँबाट पक्राउ

    काठमाडौं । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार झापा गौरादह नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारामा बस्दै आएका ४३ वर्षीय रविरत्न चुडाल पक्राउ परेका हुन्।प्रहरीका अनुसार “साङ्केतिक नाम ०८२ धरान–३८” को जाहेरीका आधारमा नेपाल सरकार वादी र रविरत्न चुडाल प्रतिवादी रहेको विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर मुद्दामा फरार रहेका उनलाई काठमाडौँको सुकेधाराबाट नियन्त्रणमा लिइएको हो।पक्राउ परेका चुडाललाई थप अनुसन्धान तथा आवश्यक

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • १६३ पटक पढिएको
  • सैनिक कर्मचारीद्वारा ताप्लेजुङको भानु जन माध्यमिक विद्यालयमा अध्यक्ष कोष स्थापना

    इटहरी  । ताप्लेजुङको भानु जन माध्यमिक विद्यालय अम्बिटारमा अध्यक्ष कोष स्थापना गरिएको छ । नेपाली सेनाको दुर्गादल गुल्म ताप्लेजुङमा कार्यरत एक सैनिक कर्मचारीले आफ्नो जन्मदिनको अवसरमा उक्त विद्यालयमा ५५ हजार ५५५ रुपियाँ अक्षय कोष स्थापना गरिदिनुभएको हो ।सङ्खुवासभाको खाँदबारी नगरपालिका ८ पिप्ले घर भई अहिले दुर्गादल गुल्ममा कार्यरत पवन बजगाईँले विद्यालयमा अक्षयकोष स्थापना गरिदिनुभएको विद्यालयका सहायक प्रधानाध्यापक राजमणि प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसको व्याजबाट हरेक वर्ष एक जना विद्यार्थीलाई कम्तीमा पाँच हजार रुपियाँ बराबरको शैक्षिक सामग्री वा नगदै रकम प्रदान गरिने छ ।पेन्सन ह

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • १२३ पटक पढिएको
  • सुख्खा पहिरोले भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध

    इटहरी  । सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडामा शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झर्न थालेपछि सडक अवरुद्ध भएको हो। सो स्थानको करिब १०० मिटर क्षेत्रमा पहिरो लगातार झरीरहेको जनाइएको छ। सडक अवरुद्ध भएपछि धनकुटाको चौबिसे गाउँपालिका माथिल्लो क्षेत्र र पाँचथरको पश्चिमी भागका तर्फको यातायात पूर्ण रूपमा प्रभावित भएको छ।यो स्थान भेडेटारबाट करिब २.५ किलोमिटर दुरीमा रहेको छ। पहिरो हटाउन पहल भइरहे पनि निरन्तर पहिरो झरेका कारण समस्या भइरहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो। उहाँका अनुसार आवश्यक उपकरण तयारी अवस्था

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • ९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]