समाचार

    Showing १,७११-१,७२० of १३,३६५ items.
  • पाँचथरमा भारी वर्षापछि पहिरो र बाढीको वितण्डा, फालेलुङ, फिदिम–फालौट सडक र मध्यपहाडी लोकमार्ग अवरुद्ध, आवागमन पूर्ण रूपमा ठप्प

    इटहरी  । बिहीबार राति भएको भारी वर्षाका कारण सडक माथिबाट पहिरो खस्दा पाँचथरको फालेलुङ गाउँपालिका–७ सिदिनदेखि मच्छेबुङ हुँदै गाउँपालिका केन्द्र थकेपुङ जाने सडक अवरुद्ध भएको छ।फालेलुङ–७ सिदिनको थोक्पन क्षेत्र आसपास सडक माथिबाट ठुलो पहिरो खस्दा मध्यरातदेखि उक्त सडक अवरुद्ध भएको वडाध्यक्ष टेकबहादुर केरुङले जानकारी दिनुभयो। उहाँका अनुसार ढुङ्गा, लेदो र बाँससहितको पहिरोका कारण अवरुद्ध सडक खुलाउन केही घण्टा लाग्ने बताइएको छ। हालसम्म सडक खुलाउने काम सुरु हुन सकेको छैन।यसैगरी अविरल वर्षाकै कारण फिदिम–फालौट सडकखण्डअन्तर्गत मुवाखोला डाइभर्सनमा क्षति पुगेको छ। जसका कारण प्राङवुङदेखि सिदिन हुँदै फिदिम

    • प्रकाशित मितिः असार १२, २०८३
    • १९९ पटक पढिएको
  • कोशी प्रदेशका अधिकांश स्थानीय तहद्वारा आगामी वर्षको बजेट सार्वजनिक, हिलिहाङ र फिदिममा 'कोखदेखि शोकसम्म' र वराहक्षेत्रमा मोनोरेल अध्ययनको योजना

    इटहरी। कोशी प्रदेशमा रहेका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट तथा नीति र कार्यक्रम सार्वजनिक गरेका छन् । कोशीभित्र रहेका एक महानगरपालिका, दुई उपमहानगरपालिका, ४६ वटा नगरपालिका र ८८ वटा गाउँपालिका गरी १३७ वटा स्थानीय तहमध्ये अधिकांशले बजेट र नीति तथा कार्यव्रmम प्रस्तुत गरेका छन् । फिदिम समाचारदाताका अनुसार पा“चथरको हिलिहाङ गाउँपालिकाले ‘स्थानीय सरकार, कोखदेखि शोकसम्म’ कार्यव्रmम कार्यान्वयन गर्ने भएको छ । गाउ“पालिकाका अध्यक्ष समरबहादुर अधिकारीले गाउँपालिकाको १८ औँ गाउँ सभाबाट यस्तो नीति पारित भएको बताउनुभयो । उहा“का अनुसार पालिकाभित्रका महिला गर्भवती भएको जानकारी प्राप्त भएद

    • प्रकाशित मितिः असार १२, २०८३
    • १६३ पटक पढिएको
  • मोरङको बेलबारीमा धिमाल समुदायको पहिलो होमस्टे र जीवित सङ्ग्रहालय सञ्चालन , संस्कृति संरक्षणसँगै समृद्धि रोजगारीको नयाँ ढोका खुल्दै

    इटहरी । मोरङको बेलबारी नगरपालिका–१० स्थित माटीगाउँमा धिमाल समुदायको भाषा, संस्कृति, परम्परा, खानपान र जीवनशैलीलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले धिमाल होमस्टे ९घरबास० सञ्चालनमा आएको छ। होमस्टे सञ्चालनसँगै धिमाल जीवित सङ्ग्रहालय ९लिभिङ म्युजियम० निर्माणको काम पनि अघि बढाइएको छ। धिमाल समुदायको ऐतिहासिक, सांस्कृतिक र सामाजिक जीवनलाई एकै स्थानमा अवलोकन गर्न सकिने गरी सुरु गरिएको यो सङ्ग्रहालयलाई धिमाल समुदायको पहिचान संरक्षणसँगै पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आधारका रूपमा हेरिएको छ।मोरङ र झापाका तराई क्षेत्रमा मुख्य बसोबास रहेको धिमाल समुदायलाई मोरङको बेलबारी, पथरीशनिश्चरे नगरपालिका र झ

    • प्रकाशित मितिः असार १२, २०८३
    • १४७ पटक पढिएको
  • झापा आत्महत्या दुरुत्साहन प्रकरण,इलाका प्रहरी कार्यालय दमकद्वारा अनुसन्धानमा कमजोरी गरी मुख्य आरोपीलाई उन्मुक्ति दिएको आरोप

    इटहरी । झापामा करिब आठ महिना अघि भएको आत्महत्याको घटनासँग जोडेर दायर गरिएको आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरीमा चार जनालाई विपक्षी बनाइए पनि दुई जनालाई उन्मुक्ति दिई दुई जनाविरुद्ध मात्रै मुद्दा दायर गरिएको घटना सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय दमकमा दर्ता भएको उजुरीको आधारमा चारमध्ये दुई जनाविरुद्ध मात्रै झापा जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । २०८२ साल कात्तिक १७ गते झापाको कमल गाउँपालिका घर भई सुनसरीको इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा कार्यरत प्रेम मिश्रले आत्महत्या गर्नुभएको थियो । कामधेनुमा बजार विक्रेताका रूपमा कार्यरत मिश्रले बजारबाट उठ्नुपर्ने करिब ७ लाख ५० ह

    • प्रकाशित मितिः असार १२, २०८३
    • ८५ पटक पढिएको
  • पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

    इटहरी। पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर थप एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डीएसपी० अनिषकुमार कर्णका अनुसार बिहीबार राति करिब साढे आठ बजे मे १ त ३५५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्टर चालक फिदिम नगरपालिका–३ स्कुलडाँडा निवासी २४ वर्षीय राजेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ।त्यसैगरी ट्याक्टरमा सवार फालेलुङ गाउँपालिका–१ ठाडे लसुने निवासी ४० वर्षीय, ‘युगे’ भनिने योगबहादुर जबेगु घाइते हुनुभएको छ। उहाँको अनुहारमा चोट लाग्नुका

    • प्रकाशित मितिः असार १२, २०८३
    • ११४ पटक पढिएको
  • युवा उद्यमी सिजन गुरुङद्वारा ‘बराह एग्रो फ्रेश हाउस’ सञ्चालनमा

    इटहरी । कृषि, पशुपालन, मत्स्यपालन तथा एग्रो टुरिज्म क्षेत्रमा सक्रिय युवा उद्यमी तथा नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य एवं महासमिति सदस्य सिजन गुरुङले तरहराको पुरानो चौकीमा ‘बराह एग्रो फ्रेश हाउस’ सञ्चालनमा ल्याएका छन्।बराह एग्रो कृषि फर्मको पहिलो आउटलेटका रूपमा सञ्चालनमा आएको फ्रेश हाउसमार्फत फर्ममै उत्पादन गरिएका बङ्गुर तथा अन्य कृषि तथा पशुजन्य उत्पादन उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्‍याइने भएको छ। ताजा, स्वस्थ र गुणस्तरीय स्थानीय उत्पादन उपलब्ध गराउने उद्देश्यले फ्रेश हाउस स्थापना गरिएको गुरुङले बताएका छन्।लामो समयदेखि कृषि, पशुपालन, माछापालन तथा एग्रो टुरिज्म क्षेत्रमा क्रियाशील गुरुङल

    • प्रकाशित मितिः असार ११, २०८३
    • ६९८ पटक पढिएको
  • भोक्राहा नरसिंह गाउँपालिकामा “भ्रामक समाचार विरुद्ध सचेतना अभियान” सम्पन्न

    इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका मा “भ्रामक समाचार विरुद्ध सचेतना अभियान” सम्पन्न भएको छ। गाउँपालिकाका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा एकदिने सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो। “भ्रामक समाचार फैलाउनु अपराध हुन सक्छ, सचेत बनौं र जिम्मेवार बनौं”, “तथ्य पुष्टि गरौं, कानुनी जोखिमबाट बचौं” तथा “सत्य सूचना प्रवाह गरौं, सभ्य र सुरक्षित समाज निर्माण गरौं” भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा, शिक्षकहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विराट टेलिभिजनका प्रबन्ध निर्देशक विकल पौडेल ले सहजी

    • प्रकाशित मितिः असार ११, २०८३
    • २४७ पटक पढिएको
  • इटहरी उद्योग वाणिज्य संघको निर्वाचनः स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारीसहितको टोलीद्वारा मनोनयन दर्ता

    इटहरी  । इटहरी उद्योग वाणिज्य संघको आगामी असार २७ गते हुने निर्वाचनका लागि अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारी नेतृत्वको समूहले बुधबार मनोनयन दर्ता गराएको छ ।संघको नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तातिरहेका बेला भण्डारी समूहले औपचारिक रूपमा उम्मेदवारी दर्ता गर्दै चुनावी प्रतिस्पर्धामा आफ्नो उपस्थितिलाई बलियो बनाएको हो । भण्डारीले आफूलाई अनुभव, ऊर्जा र स्पष्ट दृष्टिकोण बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै व्यवसायीहरूको साझा हितका लागि नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । उहाँले उद्योग वाणिज्य संघलाई अझ समावेशी, व्यवसायीमैत्री र प्रभावकारी संस्थाका रूपमा विकास गर्न

    • प्रकाशित मितिः असार ११, २०८३
    • ३५७ पटक पढिएको
  • सप्तकोशी पुलबाट हाम फालेका धरानका सरोजको शव फेला

    इटहरी । उदयपुर र सुनसरी जोड्ने सप्तकोशी पुलबाट नदीमा हाम फालेका एक युवकको शव खोजीका क्रममा फेला परेको छ।बुधबार बिहान करिब ८ बजे उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित सप्तकोशी पुलबाट सुनसरीको धरान उपमहानगरपालिका–५ झरना चोक निवासी ४२ वर्षीय सरोज श्रेष्ठले पुलमाथि आफ्नो साइकल, चप्पल र मोबाइल फोन राखेर सप्तकोशी नदीमा हाम फालेको जानकारी स्थानीयले प्रहरीलाई गराएका थिए ।\घटनाको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमाण्डमा रबर बोटसहित १० जनाको टोली, सुरक्षा बेस रामपुर उदयपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजविक्रम खड्काको कमाण्डम

    • प्रकाशित मितिः असार ११, २०८३
    • १६० पटक पढिएको
  • झापामा एकैदिन ३६ जना लागुऔषध सेवनकर्ता तथा कारोबारी पक्राउ

    इटहरी । झापामा एकैदिन ३६ जना लागुऔषध सेवनकर्ता तथा कारोबारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले बुधबार बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन गरेको विशेष स्वीप अपरेसनमा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय काँकडभिट्टा तथा मातहतका प्रहरी इकाइहरूको संयुक्त टोलीले सञ्चालन गरेको अपरेसनका क्रममा विभिन्न स्थानबाट २९ जना लागुऔषध सेवनकर्ता पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिनुभयो। यस्तै, प्लास्टिकबाहेक १० ग्राम ११८ मिलिग्राम ब्राउन सुगरसहित ७ जना कारोबारीलाई नियन्त्रणमा लिइएको अवाले बताउन

    • प्रकाशित मितिः असार ११, २०८३
    • १२३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]