इटहरी। माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मर्यादित, भयरहित र व्यवस्थित गर्न सुनसरीका केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)केन्द्राध्यक्षलाई प्रशिक्षण दिने क्रममा परीक्षा समन्वय समितिले परीक्षा मर्यादित, भयरहित र व्यवस्थित गर्न निर्देशन दिएको हो । परीक्षामा परीक्षार्थीहरुलाई निर्वाद र निर्भिक रुपमा लेख्ने वतावरण दिनुपर्ने तर चिट चोर्न र चोराउन नपाउने गरी केन्द्राध्यक्षलाई प्रशिक्षण दिँदै परीक्षा मर्यादित, भयरहित र व्यवस्थित गर्न निर्देशन दिएको शिक्षा विकास तथा समन्वय इकाई सुनसरी प्रमुख देवेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार परीक्षा केन्द्रमा केन
इटहरी । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा आयोजित ‘स्ववियु कप’ सप्ताहव्यापी खेलकुद समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जनता बहुमुखी क्याम्पसको आयोजनामा गत सोमबारदेखि सुरु गरिएको ‘स्ववियु कप’ प्रतियोगिता समापनसँगै विजेताहरूलाई पुरस्कार वितरण गरिएको हो।कार्यक्रममा स्ववियु अध्यक्ष सहदेव काफ्लेको अध्यक्षता तथा क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रम अन्तर्गत क्याम्पसलाई समुदायसँग जोड्ने उद्देश्यले जनता बहुमुखी क्याम्पसबाट इटहरी चौक हुँदै हलगडा पुगेर पुनः क्याम्पससम्म करिब तीन किलोमिटर दूरीको ‘जेए
इटहरी । सवारी साधनमा जडित ध्वनि प्रदुषण गर्ने प्रेसर हर्न हटाउने अभियानलाई झापा ट्राफिक प्रहरीले तीव्र पारेको छ। जिल्लाभर सञ्चालित कारबाही तथा जनचेतनामूलक कार्यक्रम अन्तर्गत प्रहरीले प्रेसर हर्न प्रयोग गर्ने सवारीमाथि कडाइ सुरु गरेको हो। अभियानको क्रममा आज मात्रै जिल्लाका विभिन्न स्थानबाट ७३ वटा प्रेसर हर्न निकालिएको ट्राफिक प्रहरीले जनाएको छ। त्यसैगरी, ट्राफिक नियम उल्लंघन गर्ने अन्य ११ वटा सवारी साधनलाई पनि कानुनबमोजिम कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष राईले जानकारी दिनुभयो ।प्रहरीका अनुसार प्रेसर हर्नबाट निस्कने अत्यधिक ठूलो आवाजले ध्व
इटहरी । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको भद्रपुर नगरपालिका–५ नयाँबजारबाट एक, मोरङको उर्लाबारी महानगरपालिका–७ बरगाछीबाट दुई र बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१० नितनपुरबाट दुई जनालाई खैरो हेरोइन र छ हजार ७५० नगदसहित पक्राउ गरिएको हो । त्यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारबाट एक, वीरगञ्ज महानगरपालिका–१६ बाट दुई जना र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बाट एक जनालाई सोमबार पक्राउ गरिएको हो । उनीहरूबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने एक हजार ७०० ट्रामाडोल ट्याबलेट बरा
इटहरी । इलाममा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–३ सुर्के बस्ने ४० वर्षीय राजु विक रहेका छन् । विकले ४० वर्षीया महिलालाई बलात्कार गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कोशी प्रदेश योजना आयोगले सोमबार बैंक सूचना प्रणालीसम्बन्धी विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रदेशसभाका सदस्यलाई राखेर योजना छनोट र योजना बैंकमा ‘योजना इन्ट्री’ गर्ने विषयमा प्राविधिक तथा सैद्धान्तिक जानकारी दिइएको थियो । कार्यक्रममा आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले विगतमा हामीले गर्दै गएको असन्तुलित अभ्यासलाई यसपटक गम्भीर रूपमा समीक्षा गरी सबै क्षेत्रमा नतिजा दिने गरेको बजेट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यो
इटहरी । स्वास्थ्य बीमा सेवा दिन आनाकानी गर्ने अस्पताललाई कारबाही हुने भएको छ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह गरेको छ । स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एव
इटहरी। भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बाङ्गोटिङ्गो रूपमा तल झर्दै गएको यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ । भोजपुर नगरपालिका- १२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो रहेको छ । उकालो–ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण गरिएको यो मार्गले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै यहाँको जनजीवनमा ठूलो परिवर्तन ल्याएको स्थानीय बताउँछन् । पहिले घण्टौँ पैदल हिँड्नुपर्ने ठाउँमा अहिले सवारीसाधन पुग्न थालेपछि स्थानीयवासीक
इटहरी । भोजपुर जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा डा नरहाङ तामाङ र तीर्थराज योञ्जन (तामाङ)ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय बुबा नरबहादुर तामाङ तथा जीवित सीतामाया तामाङको संयुक्त नाममा रु एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । स्थापित अक्षयकोषबाट विद्यालयका शिक्षक तथा शिक्षिकाको कार्यसम्पादन मूल्याङ्कन गर्दै उत्कृष्टता प्रोत्साहन गर्ने र समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको तीर्थराजले जानकारी दिनुभयो । बाल्यकाल शिक्षा प्राप्त गरेको विद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै दाताहरूले शिक्षाको गुणस्तर सुधारमा सानो योग
इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा देखिएको बर्डफ्लु संक्रमणका कारण पूर्वी नेपालको पोल्ट्री व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको छ । मोरङ, सुनसरी र झापामा संक्रमण पुष्टि भएपछि कुखुराको उत्पादन र बिक्री दुवै ह्वात्तै घटेको छ, जसले गर्दा अर्बौँको लगानी गरेका किसान र व्यवसायी गम्भीर आर्थिक संकटमा परेका छन् । पशुपन्छी महाशाखाको तथ्यांकअनुसार चैत ३ गतेदेखि सुरु भएको संक्रमण हालसम्म तीन जिल्लाका १६ वटा व्यावसायिक फार्ममा फैलिसकेको छ । महाशाखा प्रमुख दीपा दिवालीका अनुसार चैत १२ गतेसम्म मोरङमा ६, सुनसरीमा ८ र झापामा २ वटा फार्मका ६६ हजार ३२ वटा कुखुरा नष्ट गरिएको छ । जसमा ६४ हजार ८९७ लेयर्स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.