इटहरी । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा आयोजित ‘स्ववियु कप’ सप्ताहव्यापी खेलकुद समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जनता बहुमुखी क्याम्पसको आयोजनामा गत सोमबारदेखि सुरु गरिएको ‘स्ववियु कप’ प्रतियोगिता समापनसँगै विजेताहरूलाई पुरस्कार वितरण गरिएको हो।

कार्यक्रममा स्ववियु अध्यक्ष सहदेव काफ्लेको अध्यक्षता तथा क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रम अन्तर्गत क्याम्पसलाई समुदायसँग जोड्ने उद्देश्यले जनता बहुमुखी क्याम्पसबाट इटहरी चौक हुँदै हलगडा पुगेर पुनः क्याम्पससम्म करिब तीन किलोमिटर दूरीको ‘जेएमसी रन’ आयोजना गरिएको थियो। उक्त दौडमा सहभागीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

स्ववियु अध्यक्ष सहदेव काफ्लेले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने तथा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

त्यसैगरी क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीले क्याम्पसले विद्यार्थीहरूलाई खेलकुद क्षेत्रमा अगाडि बढाउने वातावरण सिर्जना गर्दै न्यून शुल्कमा निजी कलेजसरह गुणस्तरीय शिक्षा र सुविधा प्रदान गर्दै आएको उल्लेख गरे। यसका लागि क्याम्पस सञ्चालक समिति निरन्तर सक्रिय रहेको उनले बताए।1774943672351

‘स्ववियु कप २०८२’ अन्तर्गत अन्तरकलेजस्तरीय फुटबल प्रतियोगितासहित भलिबल, डोरी तान, कबड्डी, बुद्धिचाल, छेलो तथा ज्याभलिन थ्रो प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा विजयी हुने खेलाडी तथा टोलीलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

समापन कार्यक्रममा क्याम्पस प्रमुख डा. गीता अधिकारी, सहायक क्याम्पस प्रमुख सञ्जीव यादव, टोलनाथ काफ्ले, इन्द्र प्याकुरेल, क्याम्पस सञ्चालक समितिका सदस्यहरू, प्राध्यापक, कर्मचारी, विद्यार्थी युनियनका पदाधिकारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।177494427492117749442656551774944279697