इटहरी स् विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भाग्ने क्रममा दुई तलामाथिबाट हामफाल्दा एक जना घाइते भएका छन् । प्रहरीले तास खेलिरहेको आरोपमा घाइतेसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेका बेला प्रहरी पुगेपछि भागदौड मच्चिएको हो । प्रहरीलाई देखेपछि भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया घरको दुई तलाबाट हामफालेका थिए । हामफाल्दा मुखियाको दाहिने खुट्टा भाँचिएको छ । उनी एम्बुलेन्स चालकसमेत रहेको प्रहरीले जनाएको छ । प्रहरी निगरानीमा विराटनगरस्थित श्री अस्पतालमा उपचाररत उनको अवस्थ
इटहरी। सुनसरीका विभिन्न स्थानबाट लागुऔषधसहित सात जना पक्राउ परेका छन् । इनरुवा नगरपालिका, धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का मनिष योगी र पुजन श्रेष्ठ, इटहरी उपमहानगरपालिका–१ का २७ वर्षीय सुरज माझी, २० वर्षीय तोरण माझी र ३० वर्षीय मनिस माझी तथा इटहरी उपमहानगरपालिका–१२ खनारका २० वर्षीय अजयकुमार चौधरी र इटहरी उपमहानगरपालिका–११ का ३० वर्षीय सुमित गुरुङ रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा शङ्का लागेर सुरज माझी, तोरण माझी र मनिस माझीलाई
इटहरी। धनकुटाको चौबिसे गाउँपालिका–२ डाँडागाउँमा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । डाँडागाउँस्थित दीपक सारु मगरको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार पक्राउ पर्नेमा चौबिसे–२ का ३६ वर्षीय इमा मगर, मुढेवासका ५३ वर्षीय राजेन्द्र मगर, चौबिसे–६ राजारानीका ४५ वर्षीय गुणराज राई, ३६ वर्षीय लेखबहादुर लिम्बू, ४२ वर्षीय योगेन लिम्बू र चौबिसे–७ मौनाबुधुकका ४० वर्षीय राम चेम्जोङ रहनुभएको छ । यस्तै, तास खेलिरहेको हेर्न बसेका चौबिसे–२ डाँडागाउँका ३० वर्षीय सुम
इटहरी। तराईका नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरेक्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय दुर्लभ बन्दै गएको छ । मानवीय व्रिmयाकलापका कारण कछुवाको वासस्थान क्रमशः मासिँदै जाँदा दुर्लभ बन्दै गएको हो । पानीका स्रोत तथा सिमसार अतिक्रमण, वासस्थान खण्डीकरण, अवैध सिकार तथा सङ्कलन, माछा मार्ने क्रममा जालमा पर्ने, विष तथा करेन्टको प्रयोग, सडक निर्माण र जल प्रदूषणका कारण कछुवाको वासस्थान साघुरिँदै गएकोे संरक्षणकर्मी बताउँछन् । नेपालमा कछुवाका १८ प्रजाति अभिलेख गरिए पनि तीमध्ये १२ प्रजाति विश्व संरक्षण सङ्घ ९आइयुसिएन० को सङ्कटापन्न श्रेणीमा रहेका छन् । कछुवा तथा सरिसृपसम्बन्धीम
इटहरी। रोजगारीको खोजीमा रहेका युवा र आवश्यक जनशक्ति खोजिरहेका रोजगारदातालाई एउटै मञ्चमा ल्याएर प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा भोलिदेखि ‘सीप तथा रोजगार मेला–२०८३’ आयोजना हुने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सात दिनसम्म सञ्चालन हुने मेलामार्फत रोजगारी सिर्जना, सीप विकास, रोजगारदाता र श्रम बजारबीचको दूरी घटाउने तथा युवालाई स्वदेशमै रोजगारीका अवसरसँग जोड्ने तयारी गरिएको हो ।मेलाको तयारीका सन्दर्भमा कुरा गर्दै मन्त्रालयका सचिव डा। दीपक काफ्लेले मुलुकको आर्थिक समृद्धि र सामाजिक न्यायका लागि आन्तरिक रोजगारी सिर्जना आवश्यक रहेको बताउनुभयो । रोजगारी खोजिरहेक
इटहरी। माङ्सेबुङ गाउँपालिका–२ दहगाउँमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।सोमवार बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे १ ज ३३४७ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा पाँचथरका चालक खेमराज मगरसहित मनकुमारी लावती, उनकी १२ वर्षीया छोरी लामसिमी लावती, २३ महिनाका छोरा लाम्सेमा लावती र जनक तामाङ घाइते भएका छन्।घाइतेमध्ये १२ वर्षीया लामसिमीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।
इटहरी । झापाको बाह्रदशी गाउँपालकिामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने अर्का युवा गम्भीर घाइते भएका छन् । सोमवार बिहान १०ः४५ बजेतिर बाह्रदशी गाउँपालिका भागडुब्बाथित हिमाली राजमार्गमा भागडुब्बाबाट राजगढतर्फ जाँदै गरेको प्र।१–०१–००१ ख ३५२४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र।१–०१–०१४ प ११९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक बाह्रदशी गाउँपालकिा–४ का १८ वर्षीय करण राजवंशी र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका १९ वर्षीय अजय राजवंशी गम्भीर घाइते भएका थिए । घटनालगत्तै दुवै घाइतेलाई उपचारका लागि बिर्तामोडस्थ
इटहरी । ताप्लेजुङ विमानस्थल सुकेटारमा साढे तीन महिनापछि उडान भएको छ । सोमबार नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले उडान गरेको हो ।मौसम खुलेसँगै निगमले ताप्लेजुङ विमानस्थलमा उडान सुरु गरेको हो । काठमाडौँदेखि १३ जना यात्रु लिएर निगमको ट्विनअटर जहाज ताप्लेजुङ आएको हो । यहाँदेखि पाँच जना यात्रु लिएर जहाज काठमाडौँ फर्किएको छ । बर्खायामसँगै मौसम प्रतिकूल भएपछि गत जेठ २२ गतेदेखि उडान ठप्प बनेको थियो । यसबिचमा निगमको उडान तालिका रहे पनि उडान भने सञ्चालन हुन सकेको थिएन । यात्रुले टिकट लिँदै जहाज कुर्दै सेवा लिन नपाई फर्किनुपर्ने अवस्था बनेको थियो ।असोज १२ गते सोमबार भने उडान भएसँगै अब नियमित उडान सञ्च
इटहरी । धनकुटामा पछिल्लो समय दुध उत्पादन निरन्तर घट्न थालेको छ । आर्थिक वर्ष २०८०र०८१ यताका दुई वर्षमा धनकुटामा दुधको उत्पादन निरन्तर ओरालो लागेको हो ।आर्थिक वर्ष २०८०र०८१ मा जिल्लामा १७ हजार एक सय १३ मेट्रिक टन दुध उत्पादन भएकोमा आर्थिक वर्ष २०८१र०८२ मा १३ हजार तीन सय तीन र गत आर्थिक वर्षमा ११ हजार चार सय ५९ मेट्रिक टन दुध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र धनकुटाले जनाएको छ । कृषकले पाउने दुधको भुक्तानी नियमित नहुँदा उत्पादन घट्दै गएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र धनकुटाको प्रमुख हिमा कुमारी गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०र
इटहरी । चाडपर्व नजिकिँदै गर्दा झापा प्रशासनले सर्वसाधारणका लागि अत्यावश्यक खाद्यान्न नुन, चामल र चिनीको आपूर्ति सहज बनाउने तयारी थालेको छ ।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको संयोजकत्वमा बसेको बैठकले जिल्लामा खाद्यवस्तुको पर्याप्त मौज्दात कायम राख्दै सहज आपूर्ति र सहुलियत मूल्यमा बिक्री गर्ने निर्णय गरेको हो । बैठकले साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत झापाका २५ भन्दा बढी विक्रेतामार्फत थोक रूपमा नुन उपलब्ध गराउने निर्णय गरेको छ । यसबाट जिल्लाका विभिन्न बजारमा नुनको नियमित आपूर्ति तथा वितरण सहज बनाउने लक्ष्य राखिएको छ । त्यस्तै, चाडपर्वका बेला उपभोक्तालाई राहत दिने उद्देश्यले चामल, चिनी र नुन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.